भर्खरै :

उत्तर कोरियासँग सम्बन्ध तोड-संरा अमेरिका

 
दक्षिण अमेरिका भ्रमणमा गएका संरा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ल्याटिन अमेरिकी देशहरूलाई प्रजग कोरियासँग सबै सम्बन्ध तोड्न भनेका छन् ।
‘हामी चिलीलाई आज आग्रह गर्दैछौं, हामीले ब्राजिल, मेक्सिको र पेरुलाई पनि उत्तर कोरियासँगै सबै कुटनीतिक व्यापारिक सम्बन्ध तोड्न आग्रह गरेका छौं ।’, पेन्सले भने ।
‘अब उत्तर कोरियाको सन्दर्भमा रणनीतिक धैर्यताको युग सकेको छ । सबै विकल्प तयारी अवस्थामा छन् ।’
अमेरिकी रिपब्लिकन उपराष्ट्रपतिले चिलीका राष्ट्रपति मेचेली बाचेलेटसँगको भेटवार्ता पश्चात आयोजित पत्रकार भेटघाटमा भने ।
प्रजग कोरियाको सबभन्दा ठूलो व्यापारिक साझेदार चीन हो भने ल्याटिन अमेरिकासँग प्रजग कोरियाको थोरै मात्रामा मात्र व्यापार हुने गरेको छ ।
प्रजग कोरियालाई आगो र आक्रोशले ध्वस्त बनाउने भनी संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको सार्वजनिक अभिव्यक्ति लगत्तै उपराष्ट्रपतिले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘संरा अमेरिकाले उत्तर कोरियालाई आणविक हतियार भएको अभद्र राज्य बन्न दिने छैन ।’, पेन्सले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *