भर्खरै :

स्वर्ण पदक विजेता बस्नेत सम्मानित

भक्तपुर, १ भदौ । आइटिएफ कोरियन ओपन इन्टरनेशनल फÞेस्टीवल तथा चौंथो एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएकी सस्मन बस्नेतलाई आज यहाँ पुरस्कारसहित सम्मान गरिएको छ ।
कोरियाको इन्चोकमा गत साउन १७ देखि २१ सम्म भएको प्रतियोगितामा स्वर्ण पदक विजेता बस्नेतलाई रू दस हजार नगद पुरस्कारसहित पूर्ण छात्रवृत्ति प्रदान गरेर सम्मान गरिएको हो । उनी सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोडर्न ईङ्लिस स्कुलमा कक्षा ११ मा अध्ययनरत छिन् ।
सो स्कुलका संस्थापक निर्देशक बाबुकाजी कसपाल तथा मोडर्न स्कुल र कलेजका प्रचार्य अनिल कसपालले संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।
बस्नेतले एशियन च्याम्पियसिपअन्तर्गत जुनियर ब्लैक बेल्ट स्पारिंगतर्फ ७० के.जी. तौल समूहमा अमेरिकी खेलाडी नाथन डेनियललाई सातका विरुद्ध १२ अंकले पराजित गरी उक्त पदक हात पार्नुभएको थियो ।
उहाँले राष्ट्रका लागि २०१६ मा पनि बेलायतमा भएको विश्व च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *