भर्खरै :

अमेरिकी नेतृत्वको हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु

बेरुत (लेवनान), १ भदौ । इश्लामिक स्टेट जिहादी समूहलाई लक्षित गरी सिरियाली शहर राकामा गरिएको अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी विगत तीन दिनमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बिहीबार जनाएको छ ।
‘सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाए अनुसार आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु भएको छ । बिहीबार पनि केही मृतशरीर हवाई आक्रमणबाट भत्केका केही भवनका भग्नाबशेषबाट निकालिएको जनाउँदै सोमबारपछि भएका आक्रमणमा जम्मा ५९ जनाको मृत्यु भएको जनाइएको हो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जिहादी समूहको तत्कालिन सिरियाली राजधानी भनेर चिनिने राकामा २५ हजार सिरियाली सर्वसाधारण विद्रोहीको नियन्त्रण क्षेत्रभित्र रहेका जनाइएको छ । रासस÷एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *