भर्खरै :

बंगलादेशबाट श्रीलंका पराजित

काठमाडौँ, २ भदौ । यहाँ आजदेखि शुरु भएको साफ पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको कृत्रिम खेल मैदानमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गरेको हो । बंगलादेशका लागि मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक पूरा गरे । उनले खेलको २८ औंँ मिनेटमा करिब १० यार्डबाट प्रहार गरेको बलले चाली चुम्यो । त्यस्तै खेलको ३२ औं थप एक गोल गर्दै उनले अग्रता दोब्बर बनाए । ।
पहिलो हाफको अत्तिरिक्त समयमा बंगलादेशका येसिन अराफातले एक गोल थप्दै अग्रता तेब्बर बनाए । खेलको पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो । फहिमले खेलको ७६ मिनेटमा थप एक गोल गर्दै ह्याट्रिक पूरा गरे ।
शनिबार अपराह्न ३ बजे समूह ‘बी’अन्तर्गत भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गर्नुभएको थियो रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *