भर्खरै :

ग्राम्स्की–एक जना वोल्शेविक–२

३) हामीले देख्यौं, ‘अनुकूलताको लडाई’(war of position) को आधारभूत लक्ष्य भनेको सोभियत सत्ताको रक्षा र समाजवादको विकास थिए । यो अन्तिम सन्दर्भमा पनि निकै गम्भीर समस्याहरु आएका थिए । सबभन्दा रोचक कुरा त ग्राम्स्कीले आफ्नो निकै चर्चित कृति ‘जेलका नोटबुक’को चौथौ खण्डको शुरुमा त्यसको आलोचना गरेका छन् ।
‘अमेरिकावाद र फोर्डवाद (फोर्डवाद–Fordism एउटा पूँजीवादी उत्पादन सिद्धान्त हो जसको प्रतिपादन संरा अमेरिकी पूँजीपति हेनरी फोर्डले गरेका थिए । यो सिद्धान्त मूलतः गाडी उत्पादनबाट शुरु भएको थियो । फोर्डका अनुसार सबै उत्पादन मानिसले नभई प्रविधिको प्रयोगबाट गरिनुपर्दछ । अर्धदक्ष कामदारहरुलाई उत्पादनको अन्तिम चरणमा समापन कार्यका लागि मात्र प्रयोग गरिनुपर्दछ । उत्पादन व्यापक मात्रामा गरिनुपर्दछ । अर्धदक्ष मजदुरहरुको तलब उसले उत्पादन गरेका वस्तु खरिद गर्न सक्ने स्तरको हुनुपर्दछ । अनि मात्र उत्पादनको बिस्तार हुनसक्दछ–अनु.) । लेभ डेभिडोवीच(त्रोत्स्की)ले प्रतिनिधित्व गरिरहेको विचार यी समस्याहरुसँग नजिक रुपमा गाँसिएको छ । मेरो बुझाईमा यो तथ्यका सबै कुरा बाहिर ल्याइएको छैन । यो दृष्टिकोणबाट हेर्दा यसका गुडी अन्तर्विषयभित्र ‘अति’दृढ (त्यसकारण अतर्कसङ्गत) चाहना लुकेको छ । जसले राष्ट्रिय जीवनमाथि उद्योग र औद्योगिक पद्धतिलाई सर्वोच्चता दिन चाहेको छ । बाहिरी शक्तिको हस्तक्षेपमार्फत् उत्पादनलाई गति दिन चाहेको छ, उत्पादनमा अनुशासन र व्यवस्थापनको विकास र उत्पादकको आवश्यकताअनुसार भन्सार लगाउन चाहेको छ । यो विचारसँग जोडिएका सबै समस्याहरु बुझ्ने तरिकालाई हेर्दा यसको अन्तिम नियति बोनापार्टवाद(Bonapartism)मा गएर सकिने देखिन्छ । (बोर्नापार्टवाद क्रान्तिकारी शक्तिबाट प्रतिक्रान्तिकारी शक्तिले सत्ता हत्याएर क्रान्तिकारीहरुका परिवर्तनकारी मुद्दालाई छायाँमा पार्न केही सुधार गर्ने राजनीतिक चिन्तन हो ।–अनु.) तसर्थ यो विचारलाई निर्ममतापूर्वक दबाउन जरुरी छ ।’
बीसौं शताब्दीको बीसको दशकमा रुसी कम्युनिष्ट पार्टी(वोल्शेविक) र कम्युनिष्ट अन्तर्राष्ट्रियबीचको विवादका अति महत्वपूर्ण प्रश्नमध्ये एक प्रश्नमाथि ग्राम्स्कीको ध्यान गएको देखिन्छः ‘औद्योगिकीकरणको रुप र गतिको प्रश्न तथा नयाँ आर्थिक नीति(NEP) ।’

ग्राम्स्कीका अनुसार त्रोत्स्की गलत विचार प्रतिनिधित्व गर्ने सबभन्दा माथिल्लो प्रतिनिधि हुन् । त्यो गलत विचार भनेको एक प्रकारको ‘अमेरिकावाद’ हो । अमेरिकावाद निजी पूँजीको आवश्यकताअनुसार थोपरिएका उत्पादनको रुप, जीवनपद्धति र संस्कृतिले जन्माएको बन्दोबस्त र सैनिक प्रणाली हो । (ग्राम्स्कीले ‘अमेरिकावादमाथि लेभ डेभिडोवीचको चासो’ बारे बिना सुझबुझ स्मरण गराएका थिएनन् । बरु उनले त्यसबारे लेखहरु लेखेका थिए, जीवन, जीवन पद्धति र साहित्यबारे अनुसन्धानहरु गरेका थिए ।) त्यही कृतिमा ग्राम्स्कीले उत्पादन र काममा व्यवस्थापन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेपको सिद्धान्त सही भएको तर त्यसको तरिका गलत हुने गरेको लेखेका थिए । सैनिक तरिका ज्यादै पक्षपातपूर्ण हुने र श्रमको सैनिकीकरण असफल भएको उनको भनाई थियो ।’ ‘तसर्थ यो मान्यता लेनिनवादसँग मिल्दै नमिल्ने खालको छ । नयाँ आर्थिक नीतिको ‘अस्थायी स्थगन’ को विचारसँग पनि यसको कुरा मिल्दैन । यसले किसान वा ग्रँमीण जनतासँगको एकतामा दखल पु¥याउँथ्यो र सोभियत सत्ता ध्वस्त बनाउँथ्यो । सारमा त्रोत्स्कीले प्रतिनिधित्व गरेको विचारले पूँजीवादी बन्दोबस्त पुनःस्थापना गर्न मद्दत गर्ने भएकाले यसलाई बिना विलम्ब क्षतविक्षत गर्न जरुरी छ ।’ यो सन्दर्भमा ग्राम्स्कीमा कुनै द्विविधा थिएन । वास्तवमा अरु दुई ठाउँमा पनि उनले त्रोत्स्कीको विचारको विपक्षमा लेखेका थिए । चौधौं नोटबुकमा ‘वैध’ संसदको विघटनपश्चात अस्तित्वमा रहेको ‘कालो’ संसद विघटनको एक अंश’ अनि बाइसौं नोटबुकमा उनले त्रोत्स्कीको विचारलाई ‘ध्वस्त बनाउन अति जरुरी’ भएको भनी लेखेका छन् ।
४) हामी अर्को महत्वपूर्ण नोटको कुरा गरौं । ग्राम्स्कीले चौधौं नोटबुकमा स्तालिन(बेस्सारिओन) को विषयमा कुराकानी थालनी गरेका छन् ।  अन्तर्राष्ट्रियवाद र राष्ट्रिय नीतिबीचको सम्बन्धबारे प्रश्नलाई ग्राम्स्कीले गहिरो विश्लेषणका साथ लेखेका छन्ः प्रश्नोत्तरको रुपमा सन् १९२५ को सेप्टेम्बरमा जोसेफ बेस्सिराओन(स्तालिन)ले मस्कोको स्भेर्डलोभ विश्वविद्यालयमा गरेका कुराकानी (स्तालिनका सङ्कलित रचना भाग–७, इटालियाली भाषामा अनुवाद गरी सन् १९२६ मा L’Unita मा प्रकाशित भएको थियो । यो लेखबारे उद्र्धत गर्दा ग्राम्स्कीलाई मितिबारे केही अलमल भएको थियो र गल्तीवश सन् १९२७ सेप्टेम्बर भनी लेखेका थिए । सो मितिको स्तालिनको अन्तर्वार्ता भने अमेरिकी मजदुरहरुको प्रतिनिधिमण्डलसँगको अन्तर्वार्ता थियो । त्यो अन्तर्वार्ता ग्राम्स्कीले जेलमै एउटा पत्रिकामा पढेका थिए) माथि टिप्पणी– त्यसले मूलतः राजनीतिको विज्ञान र कलाका प्रमुख समस्याबारे चर्चा गरेको छ ।
मैले त्यसमा थप छलफल आवश्यक देखेका विषयहरु यसप्रकार छन्ः प्राक्जिस–सामाजिक परिवर्तनमुखी दर्शन ( the philosophy of praxis)अनुुसार राष्ट्रिय दृष्टिकोणबाट अन्तर्राष्ट्रिय अवस्थाको कसरी विश्लेषण गर्ने भन्ने विषयमा त्यो दर्शनका संस्थापक(माक्र्स)को तरिका अपनाउने वा त्यो दर्शनका पछिल्ला सिद्धान्तकार(लेनिन)लाई पछ्याउने ? वास्तविकतामा कुनै पनि राष्ट्रको आन्तरिक सम्बन्ध ‘मौलिक’ र (निश्चित अर्थमा) विशिष्टको गठजोड हो । यदि कोही यी सम्बन्धमा प्रभाव राख्न चाहन्छ वा निर्देशित गर्न चाहन्छ भने उनीहरुले तिनीहरुका मँैलिकता र विशिष्टतामा बुझ्न र ग्रहण गर्न जरुरी छ । जान चाहेको बाटो अन्तर्राष्ट्रियवाद नै हो तर भिन्नताको शुरुवात ‘राष्ट्र’बाट हुने गर्दछ । अनि सबैले त्यही राष्ट्रवादबाट नै शुरुवात गर्नुपर्ने हुन्छ । यद्यपि बोक्नुपर्ने विचार अन्तर्राष्ट्रवादी नै हो । परिणामतः अन्तर्राष्ट्रियवादी वर्गको नेतृत्व र विकास गर्न सक्ने राष्ट्रवादी शक्तिको गठजोडबारे सही तरिकाबाट अध्ययन गर्न जरुरी छ । यस्तो नेतृत्व र विकास भने अन्तर्राष्ट्रिय दृष्टिकोण र कामिन्र्टनको निर्देशनअनुसार हुनुपर्दछ ।(…) यहींनेर मेरो विचार लिओ डेभिदोभिसी(त्रोत्स्की) सँग आधारभूत रुपमा भिन्न छन् । अनि बहुमत पक्षधर(वोल्शेविकवाद)को व्याख्याताको रुपमा स्तालिनसँग मेरो विचार मिलेको छ । यदि प्रश्नको वास्तविक आशयलाई उनीहरुले बुझेका हुन् भने राष्ट्रवादीको आरोप मिथ्या हुनेछ । सन् १९०२ देखि १९१७ सम्मको वोल्शेविकहरुको सङ्घर्षलाई कसैले अध्ययन गरेको छ भने हरेक अमूर्त र विशुद्ध वैचारिक विषय (सारमा भन्नुपर्दा) लाई वास्तविक राजनीतिक गुढी दिन अन्तर्राष्ट्रवादको अवलम्बनले मौलिक योगदान गरेको छ ।’
दिउँसोको घाम जत्तिकै प्रष्ट कुरो के हो भने ग्राम्स्की वास्तवमा त्रोत्स्की(डेभिडोभिसी) र स्तालिन(बिस्सारिओन)का आधारभूत मतभेदका विषयलाई चर्चा गरिरहेका थिए । ग्राम्स्की स्तालिनको पक्षमा उभिएको प्रष्ट छ । स्तालिन वोल्शेविकवादका व्याख्याता थिए । ग्राम्स्कीको विश्लेषणमा विश्व साम्यवादी दृष्टिकोणमा आधारित भएर अन्तर्राष्ट्रिय वर्गलाई मार्गनिर्देशन गर्ने र विकास गर्ने राष्ट्रिय शक्तिको विकास गर्नुपर्दछ भन्ने स्तालिनको विचार सही छ र त्यसले समस्याको समाधान गर्न सक्दछ ।
एक जना उत्कृष्ट वोल्शेविक
ग्राम्स्कीका यी लेखाइको आधारमा उनका विचारमा त्रोत्स्कीको अनुकूलता देख्नुको कुनै आधार छैन । बरु ‘जेलका नोटबुक’मा व्यक्त ग्राम्स्कीका विचार त्रोत्स्कीको सम्झौताहीन आलोचनामा एकोहोरो व्यक्त भएको पाउँछौं । त्रोत्स्कीबारे ग्राम्स्कीले लेखेका सबै टिप्पणीहरुमा सबै कुरा निकै आलोचनात्मक छन् । उनले त्रोत्स्कीको आलोचना गर्दै गर्दा लेनिन र स्तालिनको सकारात्मक प्रशंसा गरेका छन्, वोल्शेविक नीतिलाई अनुमोदन गरेका छन् । पूँजीपति वर्ग र संशोधनवादीहरुले ‘अधिनायकवाद’को अवधारणाबारे राखेका भ्रमपूर्ण धारणाको पनि खण्डन गरेका छन् ।
वोल्शेविक पार्टीको नेतृत्व र कमरेड स्तालिनबारे ग्राम्स्कीले स्वतन्त्र हुँदा वा जेलभित्र हुँदा कुनै नकारात्मक टिप्पणी गरेको वा भत्र्सना गरेका कुनै किसिमका हस्तलिखित दस्तावेज वा छलफल कहीं भेटिएको छैन ।  तसर्थ आधुनिक संशोधनवादी, ‘एक्काइसौं शताब्दीको समाजवाद’ का जादुगर र प्रतिक्रियावादी बुद्धिजीवीहरुका भनाईहरु पूर्णतः झुठ्ठा हुन् ।
एन्टोनियो ग्राम्स्की सर्वहारा वर्गका महान् क्रान्तिकारी नेता हुन् । उनी कम्युनिष्ट विचारधाराका विज्ञ थिए । उनी लेनिनवादविरोधी भड्कावसँग लड्ने एक जना जुझारु जोधाहा हुन् । उनले सधैं सर्वहारा वर्गीय विचारको पक्ष लिए । झुठो पूँजीवादी प्रजातन्त्र र त्यसका विभिन्न सामाजिक प्रजातन्त्रवादी रुप(जस्तै आजभोलि कोही कोही सहभागितामूलक समावेशी प्रजातन्त्रको कुरा गर्ने गर्दछन्) विरुद्ध सोभियत सङ्घको कामदार वर्गीय प्रजातन्त्रको पक्षमा उनी लगातार लडे । उनले पूँजीवादी सत्ता ध्वस्त बनाएर सम्पूर्ण समाजको क्रान्तिकारी रुपान्तरणमा जोड दिए । उनी आफ्नो जीवनका अन्तिम श्वाससम्म माक्र्सवाद–लेनिनवाद र सर्वहारा समाजवादमा समर्पित रहे ।  ग्राम्स्कीको निधनमा कोमिन्र्टनले लेखेको थियो–‘जनतासँग निकै नजिकबाट गाँसिएका, जनताको विद्यालयबाट आफै दिक्षित हुन सक्षम, सामाजिक विचारका सबै पक्षबारे जानकारी राख्न सक्ने, अन्तिम श्वाससम्म पनि कम्युनिष्ट अन्तर्राष्ट्रिय र आफ्नै पार्टीका क्रान्तिकारी विचारप्रति बफादार ग्राम्स्की वोल्शेविक पुस्ताका एक जना उत्कृष्ट प्रतिनिधि हुन् र कम्युनिष्ट अन्तर्राष्ट्रियका कार्यकर्ता हुन् । कम्युनिष्ट अन्तर्राष्ट्रिय माक्र्स, एंगेल्स, लेनिन र स्तालिनका सिद्धान्तको भावनाअनुसार र वोल्शेविक भावनाअनुसार अघि बढिरहेको छ ।’
महान क्रान्तिकारी कम्युनिष्ट नेता एन्टोनिओ ग्राम्स्कीलाई पूँजीवादी, संशोधनवादी र अवसरवादीहरुका बाघेमुखबाट निकाल्ने जिम्मेवारी क्रान्तिकारी सर्वहारा वर्गको काँधमा छ ।
जुन २०१४
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *