अन्तर्राष्ट्रिय

  • बोलिभियाली सिनेटकी नेतृमाथि साङ्घातिक आक्रमण

    ला पाज, १४ नोभेम्बर (टेलिसुर) । लापाजलगायत बोलिभियाका सडकमा हजारौं जनताले दक्षिणपन्थी सैनिक विद्रोहको विरोधमा प्रदर्शन जारी राख्दा बोलिभियाली माथिल्लो सदन सिनेटकी वैधानिक अध्यक्ष अद्रियाना साल्भाटेइरामाथि सङ्घातिक आक्रमण गरिएको छ । सेना र प्रहरी प्रमुखहरूको दबाबमा निर्वाचित राष्ट्रपति ते मोरालेस र उपराष्ट्रपति अल्भारो लिनेरा गार्सियालाई राजीनामा गराएपछि सिनेट अध्यक्षमाथि पनि राजीनामा गर्न दबाब दिइएको थियो । साल्भष्टिइतले […]

  • कश्मिर एक सय दिनसम्म पनि कैद अवस्थामा

    रोहन बैंकट रामकृष्ण, स्क्रोल आईएन कश्मिरका जनता र तिनका अधिकारबारेको बहस आज कतै देखिएको छैन किन ? काश्मिरलाई पूर्णतया कैद गरेको आज १ सय दिन नाघेको छ । नरेन्द्र मोदी नेतृत्वको भारतको केन्द्रीय सरकारले एकपक्षीय रूपमा त्यस राज्यका जनता वा उनीहरूका प्रतिनिधिहरूलाई यसबारेमा आफ्नो विचार राख्न नदिई जम्मु कश्मिरसितको सम्बन्धमा परिवर्तन गरेको (जमु– कश्मिरको विशेष राज्यको […]

  • नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

    २७ कात्तिक (रासस/सिन्ह्वा) : भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । प्राप्त जानकारीअुनसार बुधबार यहाँको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको […]

  • मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने

    मेक्सिको सिटी, २६ कार्तिक (सिन्ह्वा) । मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका ते मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ । विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक गर्नुभएको हो । उहाँले भन्नुभयो, “मेक्सिकोको विदेश मन्त्रालयले बोलिभियाली नेतालाई शरणार्थीका रूपमा स्वीकार गर्न तयार छ । आवश्यकतामा मानवीयता र इमानदारिता […]

  • बोलिभियामा प्रजातन्त्रविरुद्ध दक्षिणपन्थीहरू

    दक्षिण अमेरिकी देश बोलिभियामा त्यहाँका दक्षिणपन्थी राजनीतिक शक्तिहरूले संरा अमेरिकाको साथ र समर्थन तथा त्यहाँको सेना र प्रहरीको दबाबमार्फत जननिर्वाचित वामपन्थी राष्ट्रपति ते मोरालेसलाई राजीनामा गर्न लगाए । अक्टोबर २० तारिखमा भएको देशको राष्ट्रपतीय र संसदीय निर्वाचनको नतिजा अस्वीकार गर्दै देशमा हिंसा मच्चाइरहेका विपक्षी दक्षिणपन्थी राजनीतिक शक्तिहरूको समर्थनमा बोलिभियाली सेना प्रमुख र प्रहरी प्रमुखले देशमा […]

  • बोलिभियामा मोरालेसको समर्थनमा जनप्रदर्शन जारी

    ला पाज, १२ नोभेम्बर (टेलिसुर÷अल जजिरा) सेना र प्रहरीको दबाबमा राजीनामा दिएका बोलिभियाका राष्ट्रपति ते मोरालेसको राजीनामा मान्दैनाँै भन्दै उनका समर्थक र विभिन्न सामाजिक आन्दोलन आबद्ध जनताले सत्ता विप्लवको विरोधमा प्रदर्शन जारी राखेका छन् । ला पाज प्रान्तको एल अल्टो सहरमा सोमबार हजारौँ जनता सडकमा निस्केर दक्षिणपन्थी सत्ता विप्लवको विरोध र नेता मोरालेसको समर्थन गर्दै […]

  • बङ्लादेशमा रेल र्दुघटना ः १५ जनाको मृत्यु, ५८ घाइते

    ढाका, २६ कात्तिक (रासस/एएफपी) : बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् । देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । “दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्दा बढी घाइते भएका छन्,” स्थानीय प्रहरी […]

  • चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे

    शाङ्घाई, २५ कार्तिक (एएफपी) । चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उद्घाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गर्नुभएको थियो । चीनमा पछिल्ला वर्षहरूमा ‘वर्षमा एक दिन’ (सिङ्गल्स डे) नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ, र यस दिन चिनियाँ […]