अन्तर्राष्ट्रिय

  • कोभिड–१९, पहिलो विश्व युद्ध र भविष्यको सम्भावना

    ग्लोबल मोबाइल इन्टरनेट सम्मेलन (जीएमआईसी) को सन् २०२० को संस्करण कोभिड–१९ महामारीविरुद्धको युद्धबीच हुँदै छ । जीएमआईसी सबभन्दा बढी सहभागिता हुने ठूलो इन्टरनेट सम्मेलनमध्ये पर्दछ । विश्वव्यापी महाव्याधिको कारण यो वर्ष पूर्णतः अनलाइनमार्फत हुने भएको छ । यो वर्षको सम्मेलन एकातिर चालू युद्धका चुनौतीको प्रतीक हो भने अर्कोतिर अहिलेको ऐतिहासिक द्वन्द्वबीच स्थापित मान्यताको पुनः गठनको लागि कसरी प्रविधिले […]

  • चीनबाट कोरोना भाइरसको क्षतिपूर्ति खोज्नु राजनीतिक धूर्तताबाहेक केही होइन

    –सीजीटीएनको टिप्पणी जब संरा अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको स्थिति झन्झन् गम्भीर हुँदै आयो तब संरा अमेरिकाका मिसौरी र मिस्सिसीपी राज्यका महान्यायाधिवक्ताहरू इरिक स्मिट र लीन फिचले कोरोना भाइरसले पु¥याएको क्षतिको क्षतिपूर्ति माग गर्दै चीनविरुद्ध मुद्दा दायर गरे । तिनीहरूको बदनियतपूर्ण मुद्दा हाल्ने र बदनाम गर्ने प्रक्रिया कुनै कानुनी तथा तथ्यगत छैन । तिनीहरूका क्रियाकलापले – चोरले चोर […]

  • कोरोना भाइरसले अमेरिकी राजनीतिक प्रणालीका कमजोरीहरू उदाङ्गो

    ‘मिचिगन मुक्त गर’ र ‘भर्जिनिया मुक्त गर’ भनी १७ अप्रिल २०२० का दिन अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै ती क्षेत्रमा लागू गरिएको लकडाउन र घरमै बस्नू भन्ने आदेश तोड्न आम जनतालाई उक्साए । आज, हजारौँ जनता अमेरिकाभर विभिन्न स्थानमा अधिकारीहरूद्वारा आफ्ना संवैधानिक अधिकार हनन गरिएको भन्दै, भाइरसले पार्न सक्ने असरलाई बेवास्ता गर्दै केही निषेधाज्ञाहरू हटाउने मागसहित […]

  • कोभिड–१९ महामारीमा चीन–भारत सम्बन्ध

    ल्यु झोङयी कोरोना भाइरसले लगभग संसारका सबै देशलाई प्रभावित बनाएको छ । यो विपद्पछिको विश्व व्यवस्थाबारे आज संसारका प्रमुख राजनीतिक नेता र विद्वानहरूबीच छलफल भइरहेको छ । महाव्याधिले वास्तवमा धेरै कुरामा परिवर्तन ल्याएको छ । यद्यपि, राजनीतिक र आर्थिक क्षेत्रमा यो महाव्याधि विद्यमान तर सतहमा नदेखिएको राजनीतिक र आर्थिक प्रक्रियालाई गति दिने उत्प्रेरक बनेको छ । अप्रिल १८ मा […]

  • अमेरिकाले चीनको विरोध होइन सहकार्य गर्न आवश्यक

                काठमाडौँ, १५ वैशाख । कोभिड–१९ सङ्‍क्रमण विश्वमै महामारीको रूपमा फैलिरहेको बेला संरा अमेरिकाले चीनको दक्षिण सागरमा युद्धपोतहरू पठायो । तर, अमेरिकी विदेशमन्त्री पोम्पेओले बिहीबार एसियाली देशहरूसँगको भिडियो कन्फरेन्समा दक्षिण चीन सागरमा ड्रयागन (चीन) को आक्रामक गतिविधि बढेको झूटो आरोप लगाए ।             पोम्पेओले चीनद्वारा मेकङ नदीको पानीको बहाव बदल्दा थाइलैन्ड, लाओस, भियतनाम र कम्बोडियाको भूमि सुख्खा भएको […]

  • भारतमा नोवेल कोरोना भाइरसको सङ्क्रमण र मुसलमान समुदायमाथि विभेद

     अपूर्वानन्द भारतमा कोभिड–१९ को महामारी मुसलमान समुदायमाथि नयाँ हमलाको अर्को ‘अवसर’ बनेको छ । भारतीय मुसलमान समुदायविरुद्ध भौतिक, मौखिक र मनोवैज्ञानिक युद्ध छेडिएको छ । जसले भारतीय समाजमा मुसलमान समुदायलाई थप बहिष्करणमा पारिएको छ । मुसलमानहरू भाइरस सङ्क्रमित भएको भन्दै भारतका विभिन्न भागमा उनीहरूमाथि हिंसात्मक कुटपिट भएको समाचार आइरहेका छन् । मुसलमानहरूलाई आफ्नो टोल छिमेक र बस्तीमा पस्न नदिने […]

  • अमेरिकाको बन्दुक राजनीति र हत्याको सिलसिला  – १

    -राजा नेपाल              अमेरिकाका धेरै शैक्षिक संस्थाहरूको हाताभित्र घटिरहने अति अप्रिय हृदयविदारक आम नरसंहारका गोली काण्ड, व्यक्तिगत रिसइवीका कारण हुने  हत्या हिंसा, गुण्डागर्दी, बलात्कार, दङ्गाफसादजस्ता आपराधिक क्रियाकलापले प्रत्येक विद्यालय, कलेज र विश्वविद्यालयका अमेरिकी प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा बालबालिकाहरू विगत २० वर्षदेखि त्रसित छन् । विद्यालयको सवारी साधनमाथि गोली प्रहार गरी निर्दोष चञ्‍चल बालबालिकमा गरिने अमानवीय […]

  • कोभिड–१९ को महामारीबाट राजनीतिक मतभिन्नताबीच सहयोग आवश्यक रहेको प्रमाणित

    क्युवाली विदेश मामिला मन्त्रालयको वक्तव्य कोभिड–१९ को असर अहिले नै मापन गर्नु चाँडो हुनेछ र त्यस्तै सङ्क्रमित मानिसहरूको बढ्दो सङ्ख्याले भविष्यको सङ्ख्या सहजै अनुमान गर्न सकिन्छ । अस्वीकार्य (ठूलो) सङ्ख्यामा मानिसहरूको मृत्यु, विश्व अर्थतन्त्र, उत्पादन, व्यापार, रोजगारी र करोडौँ मानिसको व्यक्तिगत आम्दानीमा अपूरणीय क्षति भएको छ । स्वास्थ्य क्षेत्रको हिसाबले यो ठूलो सङ्कट हो । अधिकांश देशभित्र र […]