स्वास्थ्य

  • नगर अस्पताल निर्माण गर्दै कामपा

    काठमाडौँ, ७ साउन (रासस) : काठमाडौँ, ७ साउन (रासस) ः काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पताल बनाउने योजना बनाएको छ । न्यूनतम शुल्कमा नगरवासीलाई सबैखाले स्वास्थ्य सेवा दिने उद्देश्यले नगर अस्पताल निर्माणको योजना बनाइएको महानगरले जनाएको छ । आफूहरूले तिरेको करबापत कामपाले स्वास्थ्य सेवा दिनुपर्ने माग नगरवासीले गर्दै आएका थिए […]

  • तिलगङ्गा आँखा प्रतिष्ठानलाई डब्लुएचओ समन्वय केन्द्र मान्यता

    नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेसँगै नेपालले आँखाका ती क्षेत्रमा ऐतिहासिक उपलब्धि हात पारेको छ । आँखाका क्षेत्रमा यसरी मान्यता पाउने प्रतिष्ठान पहिलो संस्था भएको छ । डब्लुएचओका […]

  • महीनामा एक पटक कलेजो प्रत्यारोपण गरिने

    काठमाडौँ, ५ साउन (रासस): त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । “कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको […]

  • छ महीनामा ५४ एचआइभी सङ्क्रमित

    सन् २०१९ को छ महीनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उनीहरुमध्ये ८८९ ले […]

  • भोकमरी र मोटोपनका कारण मर्नेको सङ्ख्या बढ्दै

    संयुक्त राष्ट्र सङ्घ, १६ जुलाई । सन् २०१८ मा ८२ करोडभन्दा बढी मानिसले भोकमरी सामना गर्नुपरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । सोमबार सार्वजनिक प्रतिवेदनले संसारमा भोकमरीको समस्या अझ बढिरहेको देखाएको छ । लगातार धेरै दसकसम्म भोकमरीको समस्या ओरालो लागे पनि सन् २०१५ मा यो क्रम उल्टियो । कुपोषण के कति छ भन्ने आधारमा भोकमरीको अवस्थाबारे […]

  • बालबालिकाको खानामा चिनीको मात्रा धेरै ः विश्व स्वास्थ सङ्गठन

    कोपेनहेगेन, ३० असार । बालबालिकाका लागि व्यवसायिकरूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । खाद्य पदार्थमा समावेश गरिएका चिजहरूको सूची पनि अलमल पार्ने खालको रहेको डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ । सङ्गठनले खाद्य पदार्थ राखिएका झण्डै पाँच सय ठाउँका आठ हजार उत्पादनको परीक्षण गरेको अधिकारीहरूले जनाएका छन् । […]

  • अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या

    टोकियो, २४ असार (रासस/सिन्ह्वा) : जापानमा अपाङ्गता भएका व्यक्तिलाई रोजगारिका क्रममा विभिन्न समस्या सृजना हुने गरेको पाइएको छ । जापानको श्रम तथा समाजकल्याण कार्यालयले मङ्गलबार सार्वजनिक गरेको श्वेतपत्रमा रोजगारीका लागि कार्यस्थल अपाङ्तामैत्री नहुनु अत्यधिक श्रम गर्ने जापानीहरूको व्यवहारका कारण उनीहरू प्रभावित हुने गरेका हुन् । सन् २०१८ मा कार्यरत अपाङ्गता तथा विभिन्न रोगले ग्रस्त व्यक्तिमध्ये […]

  • जिल्ला अस्पताल एम्बुलेन्सविहीन

    स्याङ्जा, २३ असार(रासस) : जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स करीब एक वर्षदेखि बिग्रिएर थन्किएको छ । सदरमुकाम नजीकै रहेको जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने अवस्थामा पुगे पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । बिरामीको उपचारका लागि एक ठाउँबाट अर्का ठाउँमा लैजानका लागि सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स व्यवस्था गरिए पनि लामो समयसम्म […]