स्वास्थ्य

  • भारतमा बढ्दै कोरोना भाइरसका सङ्क्रमित, २४ घन्टामा ४७८ थपिए

    २२ चैत  ः भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । यहाँ अहिलेसम्म २ हजार ५४७ जनामा यसको सङ्क्रमण भेटिएका छन् । प्राप्त पछिल्लो समाचारका अनुसार भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ६२ जनाको ज्यान गएको छ । त्यसैगरी यसका सङ्क्रमितहरु मध्ये १६२ जना निको भएर घर फर्किएका छन् । अरु सबैजना अस्पतालमा उपचाररत छन् […]

  • मेडिकल सामग्री खरिदमा अघि बढ्न सेनालाई निर्देशन

    काठमाडौँ, २१ चैत । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री खरिदको जिम्मेवारी दिने निर्णय गरेको पाँच दिनपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई अब कार्यान्वयनतर्फ अघि बढ्न निर्देशन दिनुभएको छ । शुक्रबार सैनिक मुख्यालयमा सरकारद्वारा गठित कोभिड–१९ ‘क्राइसिस म्यानेजम्यान्ट कमिटी’ को बैठकमा सामेल हुँदै मन्त्री पोखरेलले उक्त निर्देशन दिनुभएको हो । […]

  • कोभिड–१९, विश्व स्वास्थ्य सूचाङ्कमा नेपाल र सरकारले तय गर्नुपर्ने स्वास्थ्य रणनीति

    डा. प्रेमबहादुर शाही कोरोना भाइरस के हो ? कोरोना भाइरस एक किसिमको शुक्ष्माणु (भाइरस) हो । जसले मानव जाति र जनावरलाई सङ्क्रमित गर्नसक्छ । मानव जातिलाई सङ्क्रमण गर्ने कोरोना भाइरसले समान्यतयाः रूघाखोकी र श्वासप्रश्वासम्बन्धी समस्याहरू उत्पन्न गराउँदछ, जुन धेरैजसो तत्काल लक्षण देखानपरी केही दिनमा हुनेगर्दछ । यो सुक्ष्माणुले समय र वातावरण अनुकूल आफूलाई बदल्नसक्ने क्षमता राख्दछ, जसलाई हामी […]

  • समुदाय स्तरमा स्यानिटाइजरको उत्पादन गर्ने विधि

    – जयराम खाइजू हाम्रो वरिपरिको हावा, पानी, जमिन, घर, कोठा वा बाटो हामी जहाँ रहन्छौँ, हरेक स्थानमा सूक्ष्म जीवहरू रहन्छन् । भाइरसजस्ता जीवाणु, व्याक्टेरिया, फङ्गस (ढुसी प्रजाति) वा प्रटोजोवाजस्ता एककोषीय जीवहरू जुनसुकै बेला हाम्रो शरीरको सम्पर्कमा आउनसक्छ । तिनीहरूमध्ये केहीको असरले गर्दा हामी अचानक अस्वस्थ बन्नसक्छौँ । यस्तो नहोस् भनी हामी साबुन र सफा पानीले पटक–पटक हातमुख धोइरहन्छौँ । […]

  • ‘कोभिड–१९’ – इटालीमा भयावह कायमै, अमेरिकामा सङ्क्रमित १ लाख ४२ हजार

    १७ चैत (रासस÷एपी÷सिन्ह्वा÷एएफपी) ः कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ७५६ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ७७९ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । सोमबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म […]

  • नानीको स्वास्थ्य ख्याल गर्नू, हाम्लाई ठीकै छ

    ’ कोभिड–१९ पुष्टि भएकी बागलुङकी युवतीका घरमा आईतवार बिहान परिवारका सबै सदस्य व्यस्त थिए । युवतीकी फुपू बाहिर ड्रमबाट पानी झिक्दै हुनुहन्थ्यो । हजुरबा, हजुरआमा, बाबा र फुपूका छोराछोरी घरभित्रै थिए । उहाँका छिमेकी आआफ्ना काममा व्यस्त थिए । कोही खेतमा काम गर्दै थिए त कोही छतमा घाम तापेर बस्दै थिए । बाहिर मिडिया र […]

  • धूमपान र महिला

      सुनिता गाइसी मानिस सामाजिक प्राणी हो । समाजमा रहेका चालचलन र संस्कारसँग मितेरी साइनो जोड्दै उसको जीवन चलेको हुन्छ । समाजमा व्याप्त कतिपय नराम्रा कुराहरूमा पनि मानिस जानी नजानी फसेको हुन्छ । त्यस्तैमध्ये धूमपान पनि एक हो । अधिकांश मानिसहरू यसको कुलतमा फसेका हुन्छन् । यसको नकारात्मक असरबारे थाहा पाउँदा पाउँदै पनि यसबाट छुट्कारा पाउन सकेको हुँदैन । विश्व स्वास्थ्य […]

  • स्थानीय तहमा ज्वरोमापन यन्त्रसमेत छैन !

      – तारानाथ आचार्य बलेवा, १३ चैत । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बागलुङका स्थानीय तह व्यवस्थापनमा जुटेका छन् । कतिपय स्थानीय तहले पूर्वाधार निर्माण थालेका छन् भने कतिपयले सामान्य ज्वरो जाँच गर्ने यन्त्रको समेत व्यवस्थापन गर्न सकेका छैनन् । नेपाली सेना र प्रहरीले तयार पारेका पूर्वाधारको भरोसामा बागलुङ नगरपालिका धवलागिरि अञ्चल अस्पताल सञ्चालनमा छन् । […]