पाठक विचार

  • अन्तर्राष्ट्रियकरण नै सीमा विवादको विकल्प

    लिम्पियाधुरा लिपुलेक, कालापानी र सुस्तालगायतका अन्य भूमि नेपालको भएको हुँदा छोड्नुपर्ला भनेरै भारत वार्ता गर्न चाहँदैन । उक्त सीमा समस्या समाधान गर्न नेपाल सरकारले वार्ताको प्रयास गरे पनि भारतले चासो राखेको छैन । वार्ता गर्न भारतले तत्परता देखाएको छैन । भारत वार्ताप्रति सकारात्मक नभएको हुँदा नेमकिपालगायत अन्य दलका नेताहरूले नेपाल–भारत सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने सुझाएका हुन् । तर, सत्तारूढ […]

  • मेलम्चीको पानी ‘हात्ती आयो… फुस्सा’ नहोस्

    झन्डै आकाशको फल ठानिएको मेलम्चीको पानी अन्ततः आउने भएको छ । सरकार मेलम्ची उद्घाटनको तयारीमा रहेको बताइन्छ । बहुदल पुनः स्थापनालगत्तैको मेलम्ची योजना प्रतिगमन, लोकतन्त्रपछि गणतन्त्रमा सम्पन्न हुने भएको छ । यसले हाम्रो विकासको गतिलाई स्पष्ट गर्छ । मेलम्चीको पानी भक्तपुर नगरमा पहिलो चरणमै ल्याउन भक्तपुर नपाका प्रमुखले गरेको प्रयासको निम्ति धन्यवाद ¤ यदि उहाँले जोड बल नगर्नुभएको भए […]

  • नेपाली भूमि कायम गरौँ र भारतीय सेना फर्काऔँ

    आफ्नो दलको माग सुनुवाइ भएपछि मात्र सरकारले पेश गरेको नेपाली भूमि कायम गर्नेसम्बन्धी संविधान संशोधनमा समर्थन गर्ने सर्त कुनै हालतमा सही होइन । समयको गतिसँगै संविधान परिवर्तन हुन्छ, हुनुपर्छ । तर, नेपालको भूमि जोगाउने सरकारको संविधान संशोधनसित आ–आफ्नो दलको संविधान संशोधनको माग जोड्नु उचित या अनुचित ! बहसको विषय बनेको छ । भारतद्वारा अतिक्रमित नेपाली […]

  • एमसीसीबारे सरकारको झूट

    एमसीसीको सहयोगमा विगत ३ वर्षदेखि नेपाल सरकारले आफ्ना कार्यक्रमहरू सञ्चालन गरेको खुलेको छ । अर्थमन्त्री खतिवडाले सोमबार प्रतिनिधिसभाको बजेटमाथि उठेको प्रश्नको जवाफ उक्त कुरा बताउनुभएको हो । नेपाल सरकारलाई संरा अमेरिकाको पैसा किन यति धेरै माया भयो ? ५५ अर्ब त हो । सरकारले भ्रष्टाचारलाई न्यूनीकरण गर्ने हो भने खर्बौँ रकम ढुकुटीमा जम्मा गर्नसक्छ । सरकारको लागि यो कुनै […]

  • सुविधाभोगीहरूको सुविधामा व्यापक कटौती गर्नु आवश्यक

    कोरोनाको विश्वव्यापी महामारीका कारण विश्वकै अर्थतन्त्र चौपट भएको छ । त्यसमा पनि एसियामै गम्भीर आर्थिक क्षति नेपालमा हुने कुरा समाचारमा आइसक्यो । कोरोनाकै कारण आर्थिक क्षतिलाई सामान्य बनाउन इटालीजस्तो धनी देशले आफ्नो सांसदको सङ्ख्या ‘लोअर हाउस’ मा ६३० बाट ४०० र ‘सिनेट’मा ३१५ बाट २०० मा झारेको छ । यतिखेरै, भारतद्वारा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर […]

  • online majdoor logo

    भक्तपुर नगरमा लकडाउन खुकुलो भएको हो ?

                कोभिड–१९ भाइरसका सङ्क्रमितहरूको सङ्ख्या भक्तपुरका विभिन्न स्थानमा देखिन थाल्दा पनि सर्वसाधारण भने अझै पनि घरबाहिर विभिन्न बहानामा आउने–जाने क्रम रोकिएको छैन । बरू तुलनात्मकरूपमा अझ बढिरहेको देखिन्छ । सडकमा तरकारी किन्न, किनमेल, मर्निङ र इभिनिङ वाक्को नाममा सर्वसाधारणको चहलपहल निकै बढेको छ । भक्तपुर नगरपालिकाले केही समयअघि स्वयम्सेवक परिचालन गरी मानिसको आवतजावत कम गर्ने प्रयास पनि क्रमशः […]

  • लकडाउनमा जुलुस गर्नेलाई जन कारबाही

    – राम महर्जन, कीर्तिपुर कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण देश लकडाउनमा छ । लकडाउनको मुख्य मर्म कोही पनि नागरिक अति आवश्यक काममा बाहेक कोही पनि बाहिर ननिस्कनु भन्ने हो । राहत वितरणको निहुँमा स्थानीय सरकारको कमजोरीको फाइदा उठाउँदै लकडाउन र एकद्वार प्रणालीको उल्लङ्घन गर्दै विद्यार्थी र विभिन्न सङ्घ संस्थाले राहत सामान वितरण गर्न भ्याए । वितरण […]

  • प्रमलाई दल फुटाउने अध्यादेश किन प्यारो ?

    – गौरव प्रधान एकजना राजनीतिज्ञले भनेका थिए, “प्रधानमन्त्रीको हातमा गोली भरेको बन्दुक हुन्छ र कुनै पनि बेला पड्काउन सकिन्छ ।” गोली भरेको बन्दुक रहेछ भन्ने कुरा राजनीतिक दल फुटाउन सक्ने अध्यादेश एकाएक ल्याएर व्यवहारले देखाइसकेको छ । प्रमुख प्रतिपक्षी र अरू दलको त के कुरा आफ्नै दलका अध्यक्ष, प्रवक्ता र वरिष्ठ नेताहरूसँगको परामर्श र त्यो अनुमतिविना प्रम […]