पाठक विचार

  • सलाम ! सफाइ मजदुर र प्रहरी

    – दीर्घराज, भक्तपुर विश्वव्यापी कोभिड–१९ महामारीको कारण सबै मानिस घरमा बसेका छन् । अति जरुरी काममा बाहेक कोही घरबाट निस्केका छैनन् । केही अटेरी र ठेस नलागी चेत नआउने लट्ठकहरूले मात्र ‘लकडाउन’ को उल्लङ्घन गरिरहेका छन् । यस्तो प्रतिकूल परिस्थितिमा पनि सफाइ मजदुरहरू हरेक दिन सफाइ कार्यमा व्यस्त छन् । नगरलाई सफा राख्न, नगरवासीको स्वास्थ्यलाई सुरक्षित राख्न, कोरोना […]

  • श्रमिक नेपालीलाई नेपाल छिर्न किन रोक ?

    – झनकबहादुर सरकार जनताको अभिभावक हो । तर, वर्तमान सरकारले यो भनाइलाई असत्य सावित गरिदिएको छ । आफ्नो देशमा प्रशस्त रोजगारीको बन्दोबस्त भएका जनता विदेशमा श्रम गर्न जानुपर्ने अवस्था आउने थिएन । प्रसङ्ग लकडाउनको कारण स्वदेश फिर्ता भएका नेपालीहरूको हो । भारत सरकारले २१ दिन लकडाउन घोषणा गर्दा भारतमा गएर काम गर्ने नेपालीहरू २ देखि ६ दिनसम्म हिँडेर नेपाल फर्कनुपरेको […]

  • किस्ताबन्दीमा ‘लकडाउन’ पार होला ?

    दिवाकर, भक्तपुर रेडियो सुनिरहँदा कतिपयले सरकारको आलोचना भएकोमा अरुचि प्रकट गरेको भनाइ प्रसारण हुने गरेको छ । सरकारको आलोचना र विरोध गर्न नपरे धेरै राम्रो हुने थियो । आलोचना र विरोध कसैको रहर नहोला तर, आवश्यकताले बाध्य हुनुपरेको छ । ‘लकडाउन’ हुँदा विपन्न, दैनिक ज्यालादारी मजदुरलगायतको डुकुभातको समस्या आउने कुरा सरकारलाई पूर्वजानकारी नै भएन । ‘लकडाउन’ को एक अवधि […]

  • भक्तपुर नपालाई धन्यवाद

    – के. श्रेष्ठ कोरोना भाइरसको सङ्क्रमण रोक्न भक्तपुर नपाले बाहिर निस्कने अनुमतिपत्र, एउटा साबुन र अपिल वितरण गरेको छ । प्रत्येक घरमा गएर परिवार सङ्ख्या टिपोट गर्दै सचेतना जगाउन गरिएको यो कार्य स्तुत्य छ । त्यसैले भक्तपुर नपालाई धन्यवाद ¤ आशा छ, प्रत्येक नगरवासीले ‘लकडाउन’ लाई सफल बनाउन कोभिड–१९ सङ्क्रमण हुन नदिन, महामारीबाट आफू बच्न र अरुलाई […]

  • कुनै अस्पतालमा स्वास्थ्य सेवा उपकरण र जनशक्तिको अभाव नहोस्

    – मेरिना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित मुलुकमा सङ्क्रमितको सङ्ख्या बढेको बाहेक घटिरहेको छैन । सङ्क्रमित र मृतकहरूको सङ्ख्या बढिरहेको दिनदिनैको तथ्याङ्कले त्यो सङ्ख्या अझै बढ्ने स्थिति छ । हावासरि फैलिएको त्यो रोग नियन्त्रण गर्न संसारका सबै मुलुकका देशहरु प्राप्त स्रोत र साधनको अधिकतम प्रयोग गरी नियन्त्रण गर्ने प्रयासमा छन् तर पनि नियन्त्रण गर्न सकिरहेको छैन । विश्वका अन्य […]

  • स्वास्थ्य परीक्षण गर्ने व्यवस्था आवश्यक

    – दानबहादुर कपाली कोरोना भाइरसको सङ्क्रमित र मृत्युको सङ्ख्या दिन दुगुणा रात चौगुणा बढिरहेको छ । यस्तो बेला संसारका नागरिकहरू सुरक्षित हुनुपर्छ । यसबाट कुनै नागरिक सुरक्षित हुन राम्रो स्वास्थ्योपचार हुनुपर्छ । स्वास्थ्योपचारको लागि सरकारले आवश्यक स्रोत र साधन पर्याप्त व्यवस्था गर्नुपर्छ या सहज बनाउनुपर्छ । तर, अहिले रुघाखोकी लागेका, ज्वरो आएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गर्न पनि कति चिकित्सक […]

  • नेपाली भन्दैमा कोरोना सङ्क्रमितलाई देशमा भित्र्याउनु मूर्खता

    – आरोही श्रेष्ठ कोरोना भाइरसको सङ्क्रमणबाट आज विश्व नै त्राहिमाम बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका १८६ देशमा कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ३ लाख ५० हजारभन्दा माथि पुगेको छ भने सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ हजार ८ सय नाघेको छ । कोरोना भाइरस सङ्क्रमण भएर उपचारबाट पूर्ण स्वस्थ हुनेको […]

  • ग्यास आपूर्ति अझै सहज भएको छैन

    – आकाश भडेल सरकारले अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेको फुके पनि ग्यास आपूर्ति अझै सहज भएको छैन । ग्यास पसलहरूमा ग्यास देखिंदैन । एक दुई हप्तादेखि ग्यासको क्युमा राखे पनि उपभोक्ताले ग्यास पाइरहेका छैनन् । आवश्यकभन्दा बढी ग्यास उपभोक्ताले सञ्चय गरेकोले बजारमा ग्यास अभाव भएको बताइएको छ । ग्यास अभाव यथावत भएकोले नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ता […]