पाठक विचार

  • कोरोनाभन्दा डरलाग्दो फैलिँदो भ्रमको खेती

    – गोमा सापकोटा, काठमाडौँ कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बनेको अवस्थामा अनेकौँ भ्रमको खेती भइरहेका छन् । तीमध्ये एउटा हो गाईको गोबर र गहुँतले कोरोना भाइरस रोकथाम गर्छ र लागिहालेमा निको पार्छ भन्ने पनि हो । तर, यसबारे अझैसम्म कुनै वैज्ञानिक अध्ययन भई सत्यतथ्य स्थापित भएको छैन । बरु कोरोना भाइरसको रोकथाम गर्छ भनी भारतमा गहुँत पिउँदा मानिसहरू बिरामी […]

  • शिष्ट र सभ्य व्यवहार आवश्यक

    राजेश जोशी, भक्तपुर भक्तपुर–काठमाडौँ चल्ने एउटा मिनिबसमा यात्रुलाई ‘ड्रात्र साहेब’ भनी शिष्ट व्यवहार गर्न सूचना टाँसिएको छ । तर, थुप्रै बस–मिनिबसका ड्रात्र र खलासीको व्यवहार अशिष्ट, असभ्य, अभद्र र अव्यवहारिक छ भने यात्रुले कसरी शिष्ट र सभ्य व्यवहार गर्नसक्छ ? यात्रु चढाउने बेलामा खलासीले भित्र जाऊ भनी घचेट्छ, साँघुरो ठाउँमा हावा पनि नछिर्ने गरी दोहोरो लाइन […]

  • आफ्ना लागि आफैँ खाडल खन्ने हामी मुला

    – बोधबहादुर नेपाली, भक्तपुर नेपाली भाषामा एउटा आहान छ, मुलाले आफ्नो खाल्टो आफैँ खन्छ । नेपालको परिदृश्यमा आज यो नेपाली जनता वा उपभोक्तामाथि लागू भइरहेको छ । विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसको महामारी नेपालमा पनि फैलिन सक्ने समभावनाको समाचारसँगै नेपाली उपभोक्ताहरूले बजारमा रहेको उपभोग्य वस्तु आवश्यकताभन्दा बढी जम्मा गर्न थालेको देखिएका छन् । खाना पकाउने ग्यास, पेट्रोल, […]

  • यो सरकारको लुट होइन भने के हो ?

    –बोधबहादुर नेपाली हो कुनै पनि राज्य व्यवस्था र सरकारहरू चलाउन तत्तत् देशका जनताले कर वा राजस्व तिर्ने गर्छन् । कर वा राजस्वको सम्बन्धमा प्रचलित सिद्धान्त हो – कर उठाउँदा तिर्नेलाई धेरै बोझ नलागोस् र राज्यले कर उठाउन गर्ने खर्चभन्दा केही गुणा बढी होस् । तर अहिले नेपालको अवस्था त यस्तो भइसकेको छ कि कर तिर्नकै लागि मानिसले […]

  • राष्ट्रपति ट्रम्प ! मनपरी नबोल

    – वस्तुराज ‘शीतल’ संसारका राष्ट्रप्रमुखहरूमध्ये विचारै नगरी मनपरी बोल्ने नेताहरूमध्ये एक हुन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । यथार्थ नबुझी ह्चुवा टिप्पणी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको मन स्थिर नभएको टिप्पणी आफ्नै देशका राजनीतिज्ञहरूमात्र होइन अन्य मुलुकका राजनीतिक विश्लेषकहरूले पनि गरे । तर पनि ट्रम्पको ह्चुवा टिप्पणी गर्ने बानीमा कुनै सुधार भएको छैन । पछिल्लो पटक हचुवा टिप्पणी गर्दै उनले […]

  • कोरोना प्रकोप राज्यकोष लुट्ने बहाना नबनोस्

    – प्रतिभा महर्जन नोवेल कोरोना भाइरसको महामारीबाट विश्वका विभिन्न देश प्रताडित भइरहेको बेला नेपालले पनि उच्च सतर्कता अपनाउन जरूरी छ । कोरोना भाइरस सङ्क्रमणबाट बच्न नेपालमा भइरहेका प्रतिरोधका तयारीका समाचार सुन्दा हाँसो पनि लाग्छ र रोष पनि उब्जन्छ । कोरोना भाइरस सङ्क्रमण फैलिएका देशबाट यात्रु आउजाउ भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कको नाममा केही थान थर्मल गन […]

  • प्रधानमन्त्रीको डिस्चार्जको नाटक मञ्चन किन ?

    –आरोही श्रेष्ठ, काठमाडौँ मिर्गौला प्रत्यारोपणका लागि करिब दुई सातादेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जबरजस्ती प्रधानमन्त्री निवास बालुवाटार फर्काइएका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली स्वस्थ भएको र घरमै बसेर आराम गर्दा हुन्छ भन्ने चिकित्सकको सुझावपछि घर ल्याइएको बताए । तर, मिर्गौलाका दीर्घरोगी, भर्खरै मात्र दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएका, गणतन्त्र नेपालका […]

  • ऐतिहासिक सम्पदा म्हास्ने कार्य निन्दनीय

    कल्पना कार्की, सूर्यविनायक मठ, मन्दिर, सत्तल, पाटीपौवा, ढुङ्गेधारा, इनार आदि हाम्रा पुर्खाका नासो हुन् भने हाम्रा ऐतिहासिक सम्पदा हुन् । तिनले हामीलाई हाम्रो सामाजिक इतिहास स्मरण गराई राख्छन् । त्यतिमात्र होइन, ती सम्पदासँगै इतिहासको कुनै कालखण्डका जानकारी दिने शिलालेख, ताम्रलेख आदि पनि हुनसक्छन् । त्यसैले हामीले ती ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको जगेर्ना र प्रवद्र्धन गर्नुपर्छ । जसले आफ्नो […]