पाठक विचार

  • राम्रो अध्ययनविना हचुवा टिप्पणी

    – पी. ग्वाछा नयाँ पत्रिका २८ फागुन ०७६ मा ‘साना दललाई छैन महाधिवेशनको हतारो’ शीर्षक लेख पढ्ने अवसर दिनुभएकोमा लेखकद्वय नवीन झा र शुरोजंग पाण्डेलाई साधुवाद छ । भनिन्छ नि, साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ । त्यस्ताहरुले झँै लेखकद्वयले नेमकिपालाई बुझ्न सके जस्तो लागेन । पत्रिकामा नियमित लेख्नेहरुले नै राम्रो अध्ययनविना कलम चलाउँछन् भने […]

  • सामुदायिक विद्यालय खस्किनु, जिम्मेवारीमा लापरबाही

    – पि.एस.कृष्ण हुन त शिक्षा समाज परिवर्तनको द्योतक हो । शिक्षाले मानिसको विचारमा पनि परिवर्तन ल्याउँछ । शिक्षाकै कारणले मानिसको जीवनस्तरमा फेरबदल ल्याउँछ । जस्तोसुकै अनपढ व्यक्तिमा मानसिक रूपमा तयार भएमा उनको सकारात्मक सोच आउँछ । समस्या कहाँनेर छ भने नसिकेकालाई सिकाउन सकिन्छ । नबनेकालाई बनाउन सकिन्छ । तर, बनेर पनि कुम्भकर्णजस्तै निदाएको अभिनय गर्नेको केही लाग्दैन । यो यथार्थ सत्य सामुदायिक […]

  • फेरि स्वयम्सेवक शिक्षक नियुक्ति गरिनु गलत

    देशका कुना–कन्दरा, गाउँ–ठाउँ जहाँ स्थायी–अस्थायी शिक्षक जान मानेका छैनन् र जान सकेका छैनन् । शिक्षक अभाव भएका यस्ता दुर्गम ठाउँमा गएर देशमा निकै कम जनशक्ति भएका विषयहरू इन्जिनियरिङ, कृषि–विज्ञान, कानुन, विज्ञान, गणित र अङ्ग्रेजी आदि विषयहरू पढाएर उर्वर र ऊर्जाशील उमेर राज्यको सेवामा खर्चेर फेरि पनि अस्थायी करार राहतलाई जस्तै म्याद थप–थप गरी लामो समय स्वयंसेवा […]

  • बढ्दो मानव बेचबिखन नियन्त्रणमा के सरकार गम्भीर छ ?

    –माया लामा, काभ्रे नेपालमा वैदेशिक रोजगारलगायत विभिन्न नाममा मानव बेचबिखन हुने गरेको र त्यसरी बेचबिखन हुने घटना दिनप्रतिदिन बढ्दै गएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अनुसार २०७५÷०७६ सालमा १७५ वटा मानव बेचबिखनसम्बन्धी उजुरीहरू प्रहरीमा दर्ता भएका थिए । तर, सोही समयावधिमा नेपालका समस्याग्रसित ४२ जिल्लामा ५ हजार १७३ जना हराए । यस अवधिमा देशभरिबाट १ हजार २५७ […]

  • शिक्षामा व्यापारीकरणको कुप्रभाव विद्यार्थीमाथि अत्याचार

    – आरोही श्रेष्ठ  काठमाडौँको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षागत परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ र ७ का ३४ विद्यार्थीको हातमा ब्लेडले चिर्न लगाएको समाचार सार्वजनिक भयो । कर्माचार्य १२ वर्षदेखि उक्त विद्यालयमा सोसल साइन्स पढाउँदै आएकी शिक्षिका हुन् । उनले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । पीडित विद्यार्थीहरूका […]

  • महिलाले बोक्सीको आरोप कहिलेसम्म खेप्ने ?

    – रास, भक्तपुर आज आइतबार विश्वले महिला दिवस मनाउँदै छ । देशमा राजनीतिक परिवर्तन त भयो, मानिसको चेतनास्तर भने उठ्न सकेको छैन । लोकतन्त्र र गणतन्त्र भएर पनि पुरानो दृष्टिकोणमा बदलाव आएको छैन । सामन्ती संस्कार र संस्कृतिको जरा हल्लिए पनि चुँडिएको छैन । नेपाली गरिब तथा श्रमजीवी महिला बोक्सीको आरोपबाट प्रताडित हुने क्रम रोकिएको छैन । बोक्सीजस्तो नेपालीलाई नै […]

  • दुई प्रसङ्गः केही प्रश्न

    यो हप्ता नेपाली जनतामाझ दुईजना नेपाली व्यक्तित्वद्वारा प्रकट अभिव्यक्ति सचेत नेपालीहरूको गम्भीर ध्यानाकर्षण गराउने खालका रहे । तीमध्ये पहिलो हो, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि मिर्गौला दान गर्ने पात्र समीक्षा सङ्ग्रौलाको अभिव्यक्ति । ३२ वर्षीय समीक्षा सङ्ग्रौला नाताले ओलीकी भाञ्जी रहिछन् । उनले आफ्नो मामाका लागि मिर्गौला दान गरिन्, यस हिसाबले यो कुनै ठूलो […]

  • सरकारको नेतृत्व गर्नु नै कम्युनिस्ट आन्दोलनको नमुना !

    गौरव प्रधान नेपालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार छ, यो यथार्थ हो । तर, सरकारको शासन शैली कम्युनिस्टको सिद्धान्त र विचारअनुसार छैन, यो अर्काे यथार्थ हो । नेपालमा अहिले खासै कम्युनिस्ट आन्दोलन भइरहेको छैन । तर, नेमकिपालगायतका केही दलहरूले कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गरिरहेका छन्, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरिरहेका छन् । पुँजीवाद र […]