समाचार

  • शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो

    साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.४९ बिन्दु अर्थात् करीब एक प्रतिशतले घटेर २४९.७१ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत ओरालो लागेको छ […]

  • बालकोटको कपास उद्योगमा आगलागी

    सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा आगो लागेको कामदारले बताएका छन् । के कारणले आगलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा […]

  • राजधानीमै छैन ‘सिंहदरबार’

    काठमाडौँ, ४ असोज । ‘गाउँ गाउँमै सिंहदरबार’ पुगेपछि सहजै सेवा सुविधा पाउने आशामा बसेका नागरिकले सामान्य कामका लागि पनि हैरानी व्यहोर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकामा चार महिनादेखि सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सूचना माग गर्दासमेत पाउन नसकिएको पीडित लालकृष्ण मिश्रले बताउनुभयो । गत जेठ २१ गते वडा […]

  • समय साकोसको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

    भक्तपर, ४ असोज । भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीको प्रमुख अतिथ्यतामा समय बचत तथा ऋण सहकारी संस्था लि. को नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भयो । सभामा उद्घाटन मन्तव्य राख्दै उपप्रमुख रजनी जोशीले भनपाका सम्पूर्ण सहकारी संस्थाले स्थानीय तथा सदस्यहरूलाई केन्द्रित गरी सदस्य संस्था र नाफा कमाउनेभन्दा पनि सामूहिक हितलाई ध्यान दिएर […]

  • जिरो इमिसन दिवसमा प्रदूषणमुक्त सवारीको ¥याली

    भक्तपुर,४ असोज । सेप्टेम्बर २१ अर्थात् अन्तर्राष्ट्रिय जिरो इमिसन दिवस (प्रदूषण न्यूनीकरण) को अवसरमा इनिसियटिभ रिसर्च ग्रुप (आई.आर.जी.) को आयोजनामा वातावरण मैत्री सवारी ¥याली (साइकल तथा विद्युतीय सवारी ¥याली) सम्पन्न गरिएको छ । सो ¥यालीको मुख्य उद्देश्य वातावरणीय प्रदूषण तथा यसको न्यूनीकरण बारे जनचेतना जगाउनु रहेको छ । आई.पी.सी.सी.इन्टर गभर्मेन्टल पाय्नल अन क्लाइमेट चेन्ज) का अनुसार […]

  • बढी शुल्क फिर्ता गर्ने सहमति

    भरतपुर, ४ असोज (रासस) : चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । आज दिनभर जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने वा साविककै शुल्कमा समायोजन गर्ने सहमति भएको हो । विद्यार्थीले सञ्चालन गरेका सबै विरोधका कार्यक्रम भोलिदेखि नै स्थगन गरेर पठनपाठन सञ्चालन […]

  • आजबाट नेमकिपाको सातौँ महाधिवेशन

    काठमाडौँ, २ असोज । शुक्रबारबाट सुरु हुने नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सन्दर्भमा बिहीबार पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रेस वक्तव्य जारी गर्नुभएको छ । वक्तव्यको पूर्ण पाठ प्रस्तुत छ ः नेपाल मजदुर किसान पार्टीको सातौँ महाविधेशन यही असोज ३ गते शुक्रबार बिहान ११ बजे भक्तपुरको च्याह्मासिंह, बोडे र काठमाडौँको कोटेश्वरसमेत तीन ठाउँबाट जुलुस […]

  • सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट

    काठमाडौँ, २ असोज (रासस) : सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा हुने टी ट्वेन्टी सिरिजका लागि आज नेपालले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित टोलीले पारस खड्काको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरेको […]