समाचार

  • मच्छिन्द्रनाथको रथ तान्ने कुरा टुङ्गो लागेन

    ललितपुर, १९ साउन । रातो मच्छिन्द्रनाथको रथ तानेर पुल्चोकबाट गाःबहाल लग्ने कुरा टुङ्गोे लागेको छैन । मुलुकमा दिनानुदिन कोरोना महामारी बढेसँगै उक्त रथ तान्ने कुराको यकिन जानकारी आउन नसकेको हो । विगतका वर्षमा मच्छिन्द्रनाथलाई रथारोहण गराएको चार दिनमा पुल्चोकबाट गाःबहालसम्म रथ तानेर लगिन्थ्यो । यस वर्ष कोरोना त्रासका साथै मानिसमा यसको लक्ष्य देखिन थालेकाले अब कुन दिन तानिन्छ भन्नेबारे […]

  • गाईजात्रा सामान्यरूपमा मनाऔँ, कोरोनाबाट सतर्क होऔँ

    गाईजात्रा सापारु या प्रतिपदाको दिन भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, धुलिखेललगायत नेवार बाहुल्यता रहेको नेपालको विभिन्न सहर, गाउँठाउँमा आ–आफ्नै तरिकाले मनाइँदै छ । गाईजात्रामा विभिन्न भेषभूषामा सजिएर नातेदार, आफन्त, छिमेकीलगायत अन्य इच्छुक मानिसहरू नाच्ने, गाउने गर्दछन् । यो जात्रा काठमाडौँ उपत्यका अझ भक्तपुरमा मनाइने गाईजात्रा सबभन्दा राम्रो र लोकप्रिय मानिन्छ । यो जात्रामा भक्तपुरका जनताले उत्साहका साथ मनाइरहेका छन् । […]

  • भदौमा परीक्षा अव्यवहारिक

    काठमाडौँ, १९ साउन । विश्वद्यालयहरूको भदौदेखि परीक्षा सञ्चालन गर्ने निर्णयप्रति ध्यानाकर्षण गर्दै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिले सोमबार प्रेस विज्ञप्ति जारी गरेको छ । सङ्घका अध्यक्ष सविन ख्याजूको हस्ताक्षरसहित प्रकाशित विज्ञप्तिमा भनिएको छ – “सरकारको उचित बन्दोबस्तको अभाव भएकोले कोभिड–१९ सङ्क्रमित र मृतकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । सरकारले साउन ७ गतेबाट लकडाउन अन्त्य भएको घोषणा गरेयता […]

  • भक्तपुर नगरभित्रका आधारभूत विद्यालय अवलोकनबारे प्रतिवेदन

    भक्तपुर, १८ साउन । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिले भक्तपुर नगरपालिकाभित्रका आधारभूत विद्यालय अवलोकनको क्रममा समष्टिगतरूपमा प्राप्त विद्यालय र शिक्षकहरूको विवरण, भौतिक अवस्था, लकडाउनमा शिक्षक हाजिरी र शिक्षण सिकाइ, शिक्षकहरूको तालिम विवरणलगायत विषय समाविष्ट प्रगति प्रतिवेदन आइतबार भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण ग¥यो । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गणेशराम थुसाले […]

  • पञ्चदान पर्व पनि स्थगितपञ्चदान पर्व पनि स्थगित

    भक्तपुर, १८ साउन । कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी भक्तपुरमा हरेक वर्ष हुँदै आएको पञ्चदान पर्व यो वर्ष स्थगित गर्ने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जनप्रतिनिधिहरू एवम् पञ्चदान पर्व सञ्चालन गर्ने दीपङ्कर बुद्ध विहारका प्रतिनिधिहरूबीच आइतबार बसेको बैठकले यही भदौ १ गते हुने भक्तपुरको ऐतिहासिक सांस्कृतिक पञ्चदान पर्व स्थगित गर्ने निर्णय गरेको […]

  • हङकङमा राजनीतिक कारण चुनाव स्थगित नगरिएको प्रष्टीकरण

    हङकङ, २ अगस्ट । चीनको हङकङ प्रशासकीय क्षेत्रका प्रमुख कार्यकारी केरी लामले त्यहाँको संसदीय निर्वाचन स्थगित गर्ने निर्णयको प्रतिरक्षा गरेकी छिन् । उनले कुनै राजनीतिक कारण नभई कोरोना महामारीको बढ्दो अवस्थालाई ध्यानमा राखी निर्वाचन पछाडि सार्ने निर्णय गरेको बताइन् । सरकारले महामारीको कारण विदेशमा फसेका मतदाताको अधिकारलाई पनि ख्याल राख्नुपर्ने भएकोले निर्वाचन स्थगनको निर्णय गरेको लामले बनाइन् । “दसौँ […]

  • स्वास्थ्य चौकी सार्ने निर्णयविरुद्ध छालिङ्गवासीको विरोधपत्र

    भक्तपुर १८ साउन । चाँगुनारायण नपा वडा नं. ५, छालिङ्ग वडा कार्यालयले सँगै रहेको स्वास्थ्य चौकी अन्यत्र सार्ने निर्णय गरेपछि स्थानीयवासी आन्दोलित भएका छन् । हाल स्वास्थ्य चौकी रहेको स्थानमा पर्याप्त जमिन रहे पनि वडा कार्यालयले केही व्यक्तिको दबाबमा जमिन अपुग भएको भन्दै स्वास्थ्य चौकी सार्ने निर्णय गरेको हो । हाल भइरहेको छालिङ्ग वडा कार्यालय र स्वास्थ्य चौकी […]

  • देशभर २४६, उपत्यकामा ३१ जनामा कोरोना

    काठमाडौँ, १८ साउन । देशभरमा आइतबार थप २४६ जनामा कोभिड–१९ सङ्क्रमित पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा आठ हजार ८६१ जनाको पीसीआर नमुना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित पुष्टि भएको […]