समाचार

  • भक्तपुरमा लकडाउनमा थप कडाइ

    भक्तपुर, ३१ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बुधबार सम्पन्न भयो । बैठकमा प्रमुख प्रजापतिले भक्तपुर जिल्लामा सङ्क्रमणको जोखिम बढ्दै गएको चर्चा गर्दै भक्तपुर जिल्लाका सीमा नाकाहरूमा प्रवेश निषेध गर्नुपर्ने र जिल्लामा रहेका उद्योगहरू सञ्चालन गर्दा उपत्यका बाहिरबाट भित्रिनेहरूको सङ्ख्या बढ्नसक्ने भएकोले उद्योग र कारखानाहरू बन्द गर्नुपर्ने विचार व्यक्त […]

  • जब जनताको चेतना बल्छ तब लुटिएको भूमि फिर्ता हुन्छ

    सामन्तको थिचोमिचो सहेर हुर्केको एकजना किसानलाई बुढेसकालमा त्यो सामन्तको हरेक दुव्र्यवहार पनि सहज भइसकेको हुन्छ । सामन्तको हरेक अपमानित व्यवहार सहन किसान मानसिकरूपमै तयार भइसक्छ । किसानलाई सामन्तको हेपाइप्रति अलिकति पनि गुनासो हुँदैन । किसान ठान्छ, “मेरो यो दुःख पूर्वजन्मको फल हो, सामन्तको कुनै दोष छैन ।” ठूलोले सानोलाई थिचोमिचो गर्नु प्राकृतिक नियमजस्तै ठान्छ, किसान । त्यसैले सामन्तको अगाडि किसान […]

  • पूर्वप्रमहरूलाई सत्तामा राखी भारत नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्दै

                काठमाडौँ, २८ वैशाख । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली भूमि पश्चिम नेपालको दार्चुलामा भारतले निर्माण गरेको सडकबारे आइतबार छलफल भयो ।             छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतले नोभेम्बर–२ मा नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर नक्सा प्रकाशित गरेको बेला नेपाल सरकार एउटा कूटनीतिक नोट पठाएर मौन बसेको र अहिले […]

  • लिपुलेक अतिक्रमणविरूद्ध जिल्ला–जिल्लामा जुलुस र सभा

                काठमाडौँ, २८ वैशाख । भारतले नेपाली भूमि लिपुलेकमाथि एकतर्फीरूपमा सडक निर्माण गरेको विरोधमा आइतबार देशका विभिन्न जिल्लामा विरोध जुलुस तथा प्रदर्शन भए । कोभिड–१९ महामारीलाई ध्यानमा राखी आपसी दुरी कायम गरी मास्क लगाएर प्रदर्शनकारीहरू विरोध कार्यक्रममा सहभागी बनेका थिए ।             नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा आइतबार भक्तपुरमा विरोध जुलुस तथा सभा […]

  • लिपुलेकमा भारतीय हस्तक्षेपको विरोध सभामा नेमकिपाका चार पक्राउ

    सुर्खेत, २८ वैशाख । भारतले नेपाली भूमि कालापानी अतिक्रमण गरी सडकमार्ग बनाएको विरोधमा नेपाल मजदुर किसान पार्टीले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा प्रदर्शनको आयोजना गरेको छ । आइतबार अपरान्ह गरिएको प्रदर्शनीमाथि प्रहरीले हस्तक्षेप गरी नेमकिपा, सुर्खेतका अध्यक्ष हरिबहादुर बोहरा, सचिव धनेन्द्र विक, सदस्य गणेश खड्का र जगत लामिछानेमगरलाई पक्राउ गरेको छ । मंगलगढीचोकबाट सुरु गरिएको […]

  • लिपुलेक अतिक्रमणविरुद्ध युवा–विद्यार्थीद्वारा जुलुस

    भक्तपुर, २८ वैशाख । भारतले नेपाली भूमि लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र कब्जा गरी चीनको मानसरोवरसम्म जाने सडक खोलेकोविरुद्ध नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले विरोध जुलुस तथा सभा सम्पन्न ग¥यो । भक्तपुरको कमलविनायकबाट सुरु भएको युवा–विद्यार्थीको उक्त जुलुस गगनभेदी नारा लगाउँदै च्याम्हासिँह–सूर्यमढी–दतात्रय–सुकुलढोका–टौमढी हुँदै सूर्यविनायक चोक खरनिको राजमार्ग सडक खण्डमा पुगेर समापन भएको थियो । […]

  • लकडाउनको मौका छोपी भारतीय हस्तक्षेप

                काठमाडौँ, २७ वैशाख । सीमा बचाउ अभियान नक्सा समितिले शनिबार वक्तव्य जारी गरी भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको बाटोको विरोध गरेको छ । समितिका संयोजक तथा वरिष्ठ पत्रकार भैरव रिसालले जारी वक्तव्यमा विश्व कोभिड -१९को सङ्‍क्रमणबाट ग्रस्त भएको र नेपाल भारत दुवै देशमा बन्दाबन्दी (लकडाउन) मा रहेको मौका छोपी भारतका रक्षामन्त्रीले सडक उद्‍घाटन गरेको प्रति […]

  • प्रतिनिधि सभाको छैटौँ अधिवेशन सुरु

                काठमाडौं, २६ वैशाख । प्रतिनिधिसभाको छैटौँ अधिवेशन शुक्रबारबाट बानेश्वरस्थित सभाभवनमा सुरु भयो ।             बजेट अधिवेशन पनि भनिने अधिवेशनको पहिलो दिनको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कोभिड–१९ नियन्त्रणको निहुँमा भएको अनियमितताको एउटा श्वेतपत्र जारी गरी सरकारले दोषीमाथि कारबाही गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।             उहाँले क्यान्सरका बिरामीको उपचारमा दिइने केमोथेरापी पीडादायी हुने र यसको सट्टा […]