समाचार

  • मिखाइल लुकासको अनलाइन शोकसभा

                काठमाडौँ, २६ वैशाख । क्यानाडाबाट प्रकाशित हुँदै आएको ‘द नर्थस्टार कम्पास’ पत्रिकाका सम्पादक तथा समाजवादी आन्दोलनका योद्धा मिखाइल लुकासको शुक्रबार अनलाइन शोक सभा भयो । पत्रकार समाज, नेपालको आयोजनामा भएको अनलाइन शोक कार्यक्रममा सहभागीहरू अनलाइनमार्फत आ–आफ्नो घरबाटै सहभागी बनेका थिए भने अरु सयौँ जनाले विभिन्न सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण हेर्नुभएको थियो ।             कार्यक्रममा नेपाल मजदुर किसान […]

  • अनलाइन प्रवचनमार्फत मार्क्सको सम्झना

                काठमाडौँ, २३ वैशाख । विश्व सर्वहारा वर्गमा गुरु कार्ल मार्क्सको २०२ औँ जन्म दिवसको अवसरमा मङ्गलबार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्‍घ केन्द्रीय समितिको आयोजनामा अनलाइन प्रवचन कार्यक्रम भयो । कोभिड–१९ को विश्वव्यापी महामारी प्रतिरोध गर्न घोषित लकडाउनबीच आयोजित सो कार्यक्रमका प्रमुख वक्ता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत सबै सहभागीहरू आ–आफ्नो घरबाट सहभागी बन्नुभएको […]

  • पर्यटन क्षेत्रमा मजदुरलाई वैकल्पिक रोजगारी दिनुपर्ने

                काठमाडौँ, २३ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांस्कृतिक सम्पदा संरक्षण, आन्तरिक पर्यटनको प्रवर्द्धन र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषय सरकारको प्राथमिकतामा राख्‍नुपर्नेमा जोड दिनुभयो ।             संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमा संसद्मा भएका राजनीतिक दलहरूबीचको छलफलमा सांसद सुवालले काठमाडौँ थः वहीस्थित सार्वजनिक कमलपोखरी मासेर व्यापारिक भवन छायाँ कम्प्लेक्स […]

  • नेता गौतममा राजनीतिक नैतिकता खोइ ?

    नेकपाभित्र रहेका नेताहरूमा वामदेव गौतम सबभन्दा बढी बदनाम भएका नेतामा पर्छ । पद र पैसालाई नै राजनीतिको उद्देश्य ठान्ने नेता गौतम सरकारले ल्याएको दुई अध्यादेशपछि चर्चाका पात्र बनेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रम बनाउने प्रस्ताव राख्नु र उपयुक्त समयमा निर्वाचन गरेर प्रतिनिधिसभा सदस्य बनाउन पहल गर्ने सचिवालयको निर्णयले उनी चर्चामा आएका हुन् । नेकपाका नेता गौतमले प्रम […]

  • “कोभिड–१९ पछि शैक्षिक चुनौती र अवसर” बारे अनलाइन कार्यशाला

    वैशाख २२, भक्तपुर । इन्जिनियर समाज नेपालको आयोजनामा ‘कोभिड–१९ पश्चात् शैक्षिक चुनौती एवं अवसर’ विषयक एक अनलाइन कार्यशाला सम्पन्न भएको छ । गोष्ठीमा काठमाडाँै विश्वविद्यालयका प्रोफेसर डा. मनिष पोखरेलले कोभिड–१९ पछाडि नेपालको शैक्षिक क्षेत्रमा देखिने चुनौती तथा अवसरहरूका विषयमा आफ्नो विचार राख्नुभएको थियो । मानव जातिले प्रकृतिमाथि गरेको अन्यायको फलस्वरुप कोभिडजस्तो महामारी व्यहोर्नुपरेको बताउँदै उहाँले विपद्ले हरेक क्षेत्रमा […]

  • ट्रम्पको खुला गर्ने घोषणा प्रत्युत्पादक हुने

    काठमाडौँ, २२ वैशाख । अमेरिकी राष्ट्रपति ट्रम्पले आफूलाई गुप्तचरहरूले चीनसँग यात्रा प्रतिबन्ध घोषणा गर्नुअघि मात्र जनवरीको अन्त्यतिर कोरोना भाइरस विषय ल्याएको बताए । गुप्तचरहरूले भाइरस खतरा नभएको उल्लेख गरेको समेत ट्रम्पले बताए । ट्रम्पले चीनसँगको यात्रा प्रतिबन्ध गरी लाखौँ मानिसलाई बचाएको दाबी गरे । अमेरिकामा सोमबार साँझसम्म ११ लाख ७९ हजार २४ जना सङ्क्रमित र ६८ हजार ६०९ जनाको […]

  • ट्रम्पले डा. फाउसीलाई नियन्त्रण किन गर्छन् ?

                काठमाडौँ, २० वैशाख । संरा अमेरिकाका राष्ट्रपति ट्रम्पका वैज्ञानिक सल्लाहकार डाक्टर एन्थोनी फाउसीले शारीरिक दूरी कायम नगरी लकडाउन हटाइएमा प्रत्युत्पादक हुने बताएपछि ट्रम्पले उनलाई आफ्नो कोभिड–१९ भाइरस सङ्‍क्रमण कार्यदलबाट हटाए । ट्रम्प जस्तोसुकै विनाश निम्तिए पनि अर्थतन्त्र खुला गर्ने पक्षमा छन् । त्यसरी खुला गरिए सर्वसाधारणमा भाइरस सङ्‍क्रमण बढ्ने खतरा छ ।             विश्व स्वास्थ्य सङ्ठगनले सुरूमै सबै […]

  • किम जङ उनबारे प्रचारबाजी असत्य    मे दिवसको दिन हँसिलो मुहारका साथ औपचारिक कार्यक्रममा

                प्योङयाङ, २ मे । प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनको स्वास्थ्यबारे पश्चिमा सञ्चारमाध्यमले गरेको प्रचारबाजी झूटो प्रमाणित भएको छ । केही पश्चिमा सञ्चारमाध्यमले नेता किम गम्भीर बिरामी भएको भनी गरेको प्रचारबाजी चिर्दै गत शनिबार हँसिलो मुहारका साथ प्योङयाङ नजिकको एउटा रसायनिक मल कारखानाको उद्‍घाटन  गर्नुभएको त्यहाँको आधिकारिक समाचार संस्था केसीएनएले जनाएको छ ।             अन्तर्राष्ट्रिय श्रमिक […]