समाचार

  • खुला सीमाबाट पस्यो रुपन्देहीमा कोरोना

    बुटवल, १९ वैशाख । रुपन्देहीमा नोवेल कोरोना भाइरस (कोभिड – १९) सङ्‍क्रमण पुष्टि भएका पहिलो बिरामी २५ वर्षीय युवा वैशाख ५ गते नेपाल – भारत खुला सीमा नाकाबाट प्रवेश गरेको बताइएको छ । नेपाली भूमि डुबानमा पर्ने गरी भारतले एकतर्फी रुपमा बनाएको रसियावाल खुर्दलोटन बाँध हुँदै सम्मरीमाइको ठोटरी नाकाबाट ती युवा घर आएपछि उनका दाइले घर नलगी […]

  • अमेरिकी प्रयोगशालामा छानबिन आवश्यक

                काठमाडौँ, १९ वैशाख । अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रिल ३० को पत्रकार भेटमा नोवेल कोरोना भाइरसको उद्गमस्थल चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजी भएको दोहोर्‍याए । उनले आफूसँग त्यसको प्रमाण नै भएको दाबी गरे ।             ट्रम्पले आफ्ना वरिष्ठ अधिकारीमार्फत गुप्तचर निकायलाई उक्त भाइरस उहानको प्रयोगशालाबाट निस्केको प्रमाणित गर्न निर्देशन दिए । तर अमेरिकी वैज्ञानिकहरूले यो भाइरस मानव निर्मित नभएको […]

  • भारतमा ३१ हजारभन्दा बढी कोरोना संक्रमित, मृतकको संख्या हजार नाघ्यो

    नयाँदिल्ली, १७ वैशाख । भारतमा कोरोनाभाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये एक हजार ७ जनाको मृत्यु भएको छ । भारतमा देखिएका कोरोना पीडितमध्ये ७ हजार ६९५ जना निको भएर घर […]

  • online majdoor logo

    अतिथिले प्रधानमन्त्रीविरुद्ध बोलेको भन्दै रेडियो नेपाललाई मगाइयो माफी

                काठमाडौँ, १५ वैशाख । सोमबार बिहान प्रसारण गरिएको ‘अन्तरसंवाद’ कार्यक्रममा नवगठित जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईसँगको अन्तर्वार्ताको कारण रेडियो नेपालले विज्ञप्ति नै जारी गरी माफी मागेको छ ।             सोमबार बिहान ६३० बजे रेडियो नेपालमा प्रसारण भएको प्रत्यक्ष अन्तर्वार्तामा नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरी ‘निरङ्कुश’, ‘उद्दण्ड’, ‘भष्मासुर’ जस्ता शब्द प्रयोग गरेकोमा दुःख […]

  • त्रिवि र विद्यार्थी सङ्गठनहरूबीच अनलाइन बैठक

                काठमाडौँ, १५ वैशाख । त्रिभुवन विश्वविद्यालयको उपकुलपति र विभिन्‍न विद्यार्थी सङ्गठनहरूबीच सोमबार भिडियो बैठक सम्पन्‍न भयो । अनलाइन पठनपाठन विषयमा केन्द्रित बैठकको अध्यक्षता उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले गर्नुभएको थियो ।             बैठकमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले अनलाइन कक्षा विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीमाझ पुग्नुपर्ने बताउँदै डाटा प्याकेजलाई निःशुल्क बनाउनुपर्ने माग गर्नुभयो । उहाँले अनलाइन शिक्षण […]

  • सर्वोच्च अदालतमा वैशाख १६ गतेदेखि रिट निवेदन दर्ता र सुनुवाइ हुने

                काठमाडौँ, १५ वैशाख । सर्वोच्च अदालतको आइतबार बसेको पूर्ण बैठकले वैशाख १६ गतेदेखि सामाजिक-भौतिक दुरी कायम गर्दै अदालतको सीमित सेवा सुचारु गर्ने निर्णय गरेको छ ।             सर्वोच्च अदालतद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा सो कुरा खुलाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ – विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्‍क्रमण फैली नदिई सबैको जीवन र […]

  • यसरी ल्याउँदै छ नेपाली सेनाले स्वास्थ्य सामग्री

    – रमेश लम्साल काठमाडौँ, १४ वैशाख । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी) मार्फत प्रक्रिया अगाडि बढाएको हो । तत्कालका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री हवाई माध्यमबाट ल्याउने तयारी […]

  • औपचारिकतामा सीमित कुलदेवताको पूजा

    भक्तपुर, १४ वैशाख । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको सम्भावित सङ्क्रमणको जोखिमप्रति संवेदनशील भई हाललाई क्षमापूजासहित देवाली पूजा गर्ने सरोकारवालासहितको भक्तपुर नपाको निर्णयअनुसार आइतबार थने (माथिल्लो भेग)का प्रजापति समुदायले दिगु द्यो पूजा (कुल देवता पूजा) गरे । अक्षय तृतीयाकै दिन गर्नुपर्ने उक्त कुल देवताको पूजा उनीहरुले कुनै हिंसा (बोकाको बलि दिनुपर्ने) नगरी गरे । भीड जम्मा […]