समाचार

  • शहीद स्मारक ए डिभिजन फुटबल–पुलिसद्वारा फ्रेन्डस पराजित

    काठमाडौँ, २८ मङ्सिर  ः शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फ्रेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पुलिसका लागि पहिलो गोल अभिषेक […]

  • पर्यटक लोभ्याउँदै सत्खलुवा ताल

    – काशीराम शर्मा  बाँके, २८ मङ्सिर : धान र तोरी मनग्य फल्ने फाँटहरु, वनजङ्गल, जीवजन्तु, नदी र तालहरुले जो कोहीलाई लोभ्याउँछ । नेपालकै बढी अन्न फल्ने, थारु बहुल, जातीय र जैविक विविधताले धनी बर्दियालाई प्रकृतिले अनेकौं उपहार दिएको छ । यस्तै उपहारमध्येको एक हो, बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल । कुनै समय माछापालन र […]

  • भक्तपुरका दुई घरमा आगलागी

    भक्तपुर, २८ मङ्सिर  ः आज भक्तपुरको दुई घरमा आगलागी हुँदा रु २२ लाख ५७ हजार मूल्य बराबरका धनमाल क्षति भएको छ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे सुशीला भैरवस्थित रमेशनाथ ढुङ्गेलको तीनतले कच्ची घरमा आज अचानक करेन्ट सर्ट भई आगलागी हुँदा रु २१ लाख मूल्य बराबरका धनमाल क्षति भएको छ । आगलागीबाट नगद, गरगहना, स्कुटर, कम्प्युटर, टेलिभिजन, […]

  • मनाङको उपाधि यात्रा सहज, आर्मी क्लब कमजोर

    –कुमार चौलागाईं  काठमाडौँ, २८ मङ्सिर ः मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार आठौँ जित निकाल्दै उपाधि यात्रा सहज बनाएको छ । आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतिष्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै गर्दै मनाङ्ले अपराजित यात्रा कायमै राखेको हो । मनाङका लागि विजयी गोल विशाल राईले खेलको ३१औँ मिनेटमा […]

  • आगलागीबाट १३ घर जले

    सप्तरी, २८ मङसिर । तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टी टोलमा आज साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आगलागीबाट एक एक बाछी र बोका, रु एक लाख, भाँडाबर्तन, चामललगायत जलेर नष्ट हुँदा करीब रु ४० लाख मूल्य बराबरको क्षति भएको बताउनुभयो । बिन्देश्वर साफीको घरबाट सल्केको आगोले […]

  • इपिएल टि–२० क्रिकेट ः पोखरा बाहिरियो

    काठमाडौँ, २८ मङ्सिर  ःपोखरा राइनोज यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल)प्रतियोगितामा लगातार चार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको चौथो खेलमा काठमाडौँ किङ्ग्स–११ सँग पाँच विकेटले पराजित हुँदै पोखरा प्रतियोगिताबाट बाहिरिएको हो । पोखराले दिएको १६६ रनको लक्ष्य काठमाडाँैले चार बल बाँकी छँदा पाँच विकेटको […]

  • ख्वप बास्केटकल प्रतियोगिता सुरु

    भक्तपुर, २७ मंसिर । ख्वप बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । भक्तपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरका विद्यालय तथा कलेज तहका विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगिता ख्वप कलेजका प्राचार्य रुपक जोशीले उद्घाटन गर्नुभएको थियो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज र शारदा क्याम्पसको वार्षिकोत्सवको अवसरमा आयोजित बास्केटबल प्रतियोगिता तेस्रो पटक भइरहेको छ । प्रतियोगिता कक्षा ८ […]

  • चुहावट नियन्त्रण र बक्यौता असुली गर्ने कर्मचारीलाई भत्ता

    –रमेश लम्साल काठमाडौं, २७ मंसिर (रासस) । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य पूरा गर्ने कार्यालयका प्रमुखलाई थप भत्तासहितको प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ । प्राधिकरणले विद्युत् माग बढाउन, चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता भए असुली गर्न देशव्यापी रुपमा नै कार्य सम्पादन करार सम्झौता सुरु गरेको छ । सोही सम्झौताअनुसार चुहावट […]