समाचार

  • गाउँभरि गाई फार्म

    – तारानाथ आचार्य  बलेवा, २७ मङ्सिर  ः बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडा सदस्य रुद्रनाथ शर्मा हरेक बिहान र साँझको समयमा सडकमा देखिन्छन् । हातमा ठूलो सिल्टेको भाँडो बोकेका शर्माको हिँडाइको गति कुनै सवारी साधनको भन्दा कम हुँदैन । दूध बोकेर बिक्रीका लागि डेरीमा हिँडेका शर्माले फर्केपछि गर्नुपर्ने कैयौं काम साँचिएका हुन्छन् । त्यसैले उनको […]

  • प्रधानन्यायाधीशमा राणा सिफारिश

    काठमाडौँ, २७ मङ्सिर  ः प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ । सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिनुभयो । न्याय परिषद्को बैठकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र राणालाई सिफारिश गरेको थियो । परिषद्ले सिफारिश गरेपछि राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ अनुसार […]

  • मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने

    काठमाडौँ, २७ मङ्सिर  ः एशियन गेम्सका पदाधिकारी एवं पूर्व बक्सिङ खेलाडी दीपक महर्जनको आमा इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको छ । बोसीगाउँ स्पोर्ट्स क्लबको आयोजनामा आगामी पुसको २५ र २६ गते ‘इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटान मैत्रीपूर्ण बक्सिङ’ प्रतियोगिता हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

  • साना किसानको ऋण मिनाहाः द्रुतमार्गमा परेका १०१ लाई क्षतिपूर्ति

    काठमाडौँ, २७ मङ्सिर  ः सरकारले तत्कालीन साझा सहकारी संस्थाबाट साना किसानले लिएको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकमा ती ऋणको व्याज मात्र रु एक अर्बमाथि पुगेको छ । यसबाट विभिन्न जिल्लाका ६५० भन्दा बढी परिवार लाभान्वित हुने बताइएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २४ गते बसेको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता […]

  • जाडोले विद्यार्थीलाई कठिनाइ

    हुम्ला, २६ मंसिर । मंसिरको दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको छ । स्थानीय तहले बुधबारदेखि परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । खार्पुनाथ गाउँपालिकास्थित मानधारा माविका विद्यार्थीलाई परीक्षामा सहभागी हुन कठिन भएको प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिनुभयो । “चिसोका कारण विद्यार्थीलाई लेख्न र बस्न समस्या भएको […]

  • सि चिनफिङको नयाँ पुस्तक

    पेचिङ, ११ डिसेम्बर । क्षेत्र र बाटो परियोजना (बेल्ट एण्ड रोड इनिसियटिभ) बारे चीनका राष्ट्रपति सि चिनफिङले दिएका मन्तव्य र भनाइ सङ्कलन गरी चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत केन्द्रीय पार्टी साहित्य प्रेसले नयाँ पुस्तक प्रकाशन गरेको छ । पुस्तकमा सिले बितेका पाँच वर्षमा सो परियोजनाबारे दिएका अभिव्यक्तिको सङ्कलन गरिएको छ । क्षेत्र र बाटो परियोजनाबारे सीले सुरूमा सन् २०१३ को […]

  • जहाज खरिदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन

    काठमाडौं, २६ मंसिर । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिदका सम्बन्धमा उठेको प्रश्नको छानबिन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ । समितिले वाइड बडी विमान खरीद सम्बन्धमा १५ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न सांसद राजेन्द्र केसीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको सभापति भरतकुमार शाहले जानकारी दिनुभयो । उपसमितिमा […]

  • ख्वप इन्जिनियरिङ कलेज र गोर्खा इको प्यानलबीच समझदारी

    काठमाडौँ, २६ मंसिर । इन्जिनियरिङको अध्यापनका साथै अनुसन्धानलाई पनि थप प्राथमिकतामा राख्ने लक्ष्यका साथ बुधबार ख्वप कलेज अफ इन्जिनियरिङ र इन्टरनेसनल ग्रीन डेभलपर्स नेपाल प्रात्ेट लिमिटेडबीच एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा कलेजका प्राचार्य इन्जिनियर सुनिल दुवाल र गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले हस्ताक्षर गर्नुभएको छ । कलेज सञ्चालक समितिका […]