समाचार

  • भारतीय सुरक्षाकर्मीद्वारा सडक निर्माणमा रोक

    कञ्चनपुर, १८ मङ्सिर  ः भीमदत्तनगरपालिका–१० जिमुवामा निर्माण हुँदै गरेको सडकमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । गड्डाचौकी, जिमुवा हँुदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेका हुन् । नेपाली भूमिमै नगरपालिकाले सडक बनाउन ल्याएको जेसिभी एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन नपाइने भन्दै फर्काइदिएको स्थानीयवासीले बताएका छन् । “चलनभोग गर्दै आएको जग्गामा […]

  • गोदावरी स्थायी राजधानी तोक्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

    काठमाडौँ, १७ मङ्सिर  : प्रदेश नं ७ को स्थायी राजधानी अध्ययनविना नै कैलालीको गोदावरीमा प्रदेश राजधानी राख्ने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई अधिवक्ता मनिषकुमार श्रेष्ठले आज दायर रिटमा अध्ययनविना प्रदेशसभाले गत असोज १२ गतेको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्नुभएको छ । स्थायी […]

  • प्रेमसागरले गरे, १५६औँ पटक रक्तदान

    काठमाडौँ, १८ मङ्सिर : नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५६औँ पटक रक्तदान गर्नुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीका लागि आज उहाँले रक्तदान गर्नुभएको हो । सो अवसरमा अस्पतालका निर्देशक डा जागेश्वर गौतमले रक्तदानको निरन्तरताका लागि रक्तदाता कर्माचार्यलाई बधाई दिँदै रक्तदानका लागि समाजमा अझै जनचेतनाको आवश्यकता रहेको […]

  • औषधि पसलमा लापर्वाही, किराना पसलमा म्याद गुज्रेका सामग्री

    भक्तपुर, १८ मङ्सिर  ः भक्तपुरको विभिन्न औषधि पसलमा गरेको अनुगमनका क्रममा औषधि पसलले व्यापक लापरवाही गरेको पाइएको छ । भक्तपुर नगरपालिका, अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर अस्पताल, मानव अङ्ग, क्यान्सर अस्पताल रहेको दूधपाटी क्षेत्रमा सञ्चालित १० वटा औषधि पसलमा गरिएको अनुगमनका क्रममा औषधि पसल सञ्चालकले मानवीय स्वास्थ्यमाथि […]

  • बजार अनुगमन जारी, म्याद नाघेका सामान जफत

    भक्तपुर, ३२ असार । भक्तपुर नगरपालिकाले बजार अनुगमन जारी राखेको छ । सोमबार अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा दूधपाटीका २० वटा पसल अनुगमन ग¥यो । तीमध्ये आठ पसल दर्ता नभएको पाइयो । अनुगमनका क्रममा म्याद नाघेको सामानहरू मिठो गुडपाक, क्याडबरी कोका, हर्लिक्स पाकेट, बेसन, पापाया वास र काजू जफत गरिएको थियो । व्यवसायीलाई […]

  • सम्पदा नै देशको परिचय

    भक्तपुर, १७ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कला, संस्कृति र सम्पदाले भरिएको भक्तपुर नगरलाई इटालीको रोमजस्तै मानिन थालेको बताउनुभयो । भनपा ९ वडा नंंस्थित वाकुपतिनारायण मन्दिर परिसरमा गएको शनिबार आयोजित एक कार्यक्रममा प्रमुख प्रजापतिले पुर्खाले सिर्जेका सम्पदाहरू संरक्षणमात्र गर्नसके नेपाललाई संसारसामु चिनाउने महत्वपूर्ण क्षेत्र भक्तपुर बन्ने विश्वास व्यक्त गर्नुभयो । चतुर्मास कथा वाचन कार्यक्रमको समापनमा उहाँले […]

  • भुजु पाटी शिलान्यास

    भक्तपुर, १७ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार भक्तपुर नगरपालिका वडा नं. ३ बाराहीस्थानस्थित भुजु पाटी पुनःनिर्माणको शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा प्रमुख प्रजापतिले सम्पदा संरक्षण र लोप भएका सम्पदाहरूको उत्खनन गर्ने कार्यमा नपा लागिरहेको बताउनुभयो । सम्पदा पुनःनिर्माण कार्य गुणस्तरीय हुनुपर्ने भएकोले सो कार्य ठेक्कापट्टाभन्दा जनश्रमदान र अमानतबाट गरिनुपर्ने उहाँले बताउनुभयो । उहाँले सार्वजनिक […]

  • शरणार्थीलाई स्वदेश फिर्तीको पहल गरिदिन माग

    दमक, १७ मंसिर । भुटानी रिकन्सिलेसन कमिटीले भुटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्तीको पहल गरिदिन नेपाल सरकारसँग माग गरेको छ । कमिटीले सोमबार पूर्वी झापा र मोरङका दुई शिविरमा बस्दै आएका शरणार्थीलाई स्वदेश फिर्ता गरिदिन माग गरेको हो । भुटानी शरणार्थीको स्वदेश फिर्ती मुद्दा भुटानी शरणार्थीको मात्र सम्बन्धित नभएको जनाउँदै विश्वका शरणार्थी समुदाय, विश्वव्यापी मानव अधिकारको घोषणा, आत्मसम्मान र […]