समाचार

  • मोफसलमा तेइस प्रतियोगिता, एन्फाद्वारा तालिका सार्वजनिक

    –कुमार चौलागाईं  काठमाडौँ, २६ मङ्सिर : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका निर्धारण गरेको छ । मोफसलमा हुने प्रतियोगिताहरूलाई व्यवस्थित बनाउन एन्फाले प्रतियोगिता हुने मितिसमेत तय गरेको हो । विभिन्न जिल्ला तथा प्रतियोगिता आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै एन्फामा अनुरोध […]

  • जैविक विविधता संरक्षण र प्रजनन शिक्षा सँगसँगै

    काठमाडौँ, २६ मङ्सिर  : जैविक विविधता संरक्षण र यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रम एक साथ सञ्चालनले ती दुवै क्षेत्रमा उल्लेखनीय परिवर्तन देखाएको छ । फिनल्याण्ड सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा जनसङ्ख्या, स्वास्थ्य र वातावरण परियोजना चितवन, रुपन्देही, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वनमा आएका थिए । यहाँस्थित विश्व संरक्षण सङ्घ र नेपाल […]

  • बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा

    ब्रसेल्स, २५ मंसिर (एएफपी) । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारेमा पुनः छलफल गर्न युरोपेली नेतासँग भेटघाटका लागि ब्रसेल्सतर्फ लाग्नुभएको छ । उहाँले ब्रेक्जिट योजनामा युरोपेली नेताहरूको समर्थन खोज्नुहुनेछ । युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करले ब्रेक्जिटका बारेमा अझै छलफल बाँकी रहेकोमा आश्चर्य व्यक्त गर्नुभयो । “म आश्चर्यचकित भएको छु किनभने हामीले नोभेम्बर २५ मै […]

  • जर्मनीका राष्ट्रपति चीनमा

    पेकिङ, १० डिसेम्बर । चीनको भ्रमणमा रहनुभएका जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टिनमियर र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई देशबीच समग्र रणनीतिक सहकार्य थप बलियो बनाउने विषयमा सोमबार सहमति भएको छ । उहाँहरूबीच दुवै देश, दुवै देशका जनता र विश्व शान्ति तथा समृद्धिको लागि फलदायी नतिजाको लागि द्विपक्षीय सहकार्यलाई विस्तार गर्ने सहमति भएको छ । विश्वको जटिल बन्दै गएको […]

  • ‘ट्रान्जिट पर्मिट’ का कारण जडीबुटी निर्यातमा समस्या

    बाँके, २६ मंसिर । ‘ट्रान्जिट पर्मिट’का नाममा भारतले अनावश्यक झमेला गर्न थालेपछि जडीबुटी निर्यातमा समस्या उत्पन्न भएको छ । भारत उत्तर प्रदेशका वन विभागले लगाएको ट्रान्जिट पर्मिट, कस्टम, खाद्य प्रयोगशाला र प्लान्ट क्वारेन्टाइनलगायत जाँचका नाममा व्यवसायीलाई अनावश्यक झमेलामा पार्न थालेपछि जडीबुटी निर्यातमा समस्या उत्पन्न भएको नेपाल जडीबुटी व्यवसायी सङ्घ नेपालगञ्जले जनाएको छ । सरकारले जडीबुटी व्यवसायलाई प्रोत्साहन गर्ने […]

  • बहुस्वामित्व भएका घरमा परिवारपिच्छे अनुदान दिने

    – सञ्चिता घिमिरे ललितपुर, २५ मंसिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बहुस्वामित्व भएका घरमा जति परिवारको बसोबास छ उति नै लाभग्राही मानेर अनुदान दिने भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका नगर क्षेत्रमा बहुस्वामित्वका घरहरूमा पुनःनिर्माण अघि बढ्न नसकेपछि कार्यकारी समितिले यस्तो निर्णय गरेको हो । यसअघि प्राधिकरणले एउटा घरमा जतिवटा परिवारको बसोबास भए पनि एक जनासँग मात्रै अनुदान […]

  • पुनर्निर्माणसम्बन्धी अभिमुखीकरण

    भक्तपुर, २५ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा जिल्लास्तरीय निजी आवास पुनःनिर्माणसम्बन्धी दुईदिने अभिमुखीकरण तथा समीक्षा गोष्ठी भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्रस्थित विद्यालय तथा सरकारी कार्यालयलगायतका सङ्घ–संस्थाहरूलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभयो । पुरातात्विक क्षेत्रभित्र सम्पदा अनुकूलका नक्सा प्रस्तावमा जोड दिनुपर्ने बताउँदै प्रमुख प्रजापतिले नगरभित्रका घरको संरचना प्राधिकरणकै मापदण्डमा निर्माण गराउन नगरपालिकाले ध्यान दिएको […]

  • सरकारी पार्टीको झण्डामा कर्मचारीबाटै अनियमितता

    काठमाडौँ उपत्यकालगायत देशको मुख्य सहरमा भूमाफिया र कर्मचारीको मिलेमतोमा राज्यको नीति तथा नियमविपरीत काम भइरहेको समाचार पुरानो हो । मंसिर २५ गतेको कान्तिपुर दैनिकमा समाचार प्रकाशित भयो–“जग्गा कारोबारी, मालपोत र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा राज्यको नीतिविपरीत जग्गा कित्ताकाट भइरहेको छ । कलङ्की र ललितपुर मालपोत कार्यालयमा जग्गा कित्ताकाटको अध्ययन गर्दा कर्मचारीले बद्नियत राखी काम गरेको टोलीले भेटाएको […]