समाचार

  • कङ्ग्रेस राजस्थान र छत्तिसगढमा अगाडी, मध्यप्रदेशमा भाजपासँगसँगै

    याँ दिल्ली, भारत, २५ मङ्सिर  ः भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ । कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ । त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक […]

  • आँखा अस्पताललाई रु ५० लाख

    तुलसीपुर, २५ मङ्सिर  ः नेपाल नेत्रज्योति सङ्घ दाङको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम विनियोजन भएको छ । उक्त संस्थाको विकास तथा विस्तारका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक देखिएकाले सो रकम विनियोजन गरिएको प्रतिनिधिसभाका सदस्य मेटपणि चौधरीले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र पूर्वाधार […]

  • सत्तरी जिल्लामा छनोट सम्पन्न

    काठमाडौँ, २५ मङ्सिर  ः प्रदेश नं ५ को दाङ, नेपालगञ्जलगायत स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूदको जिल्ला छनोट प्रतियोगिता ७७ मध्ये ७० जिल्लामा सम्पन्न भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार सोलुखुम्बु, रामेछाप, ललितपुर, अछाम, गुल्मी, पाल्पा र बाग्लुङमा जिल्ला छनोट जारी रहेको आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयले जनाएको छ । आठौँ राष्ट्रिय खेलकूदमा समावेश […]

  • चार गाउँपालिका जडीबुटीको पकेट क्षेत्र

    गोरखा, २५, मङ्सिर : गोरखाका चार गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएकोे छ । गण्डकी प्रदेश डिभिजन वन कार्यालयले अजिरकोट, धार्चे, बारपाक सुलीकोट र आरुघाट गाउँपालिकालाई जडीबुटी खेतीका लागि जिल्लाको पकेट क्षेत्र घोषणा गरेको हो । जिल्लाको उच्च हिमाली भेकमा जडीबुटी खेतीको राम्रो सम्भावना रहेकाले तिनको विस्तार र प्रशोधन गर्ने उद्देश्यले पकेट क्षेत्र छनोट गरिएको […]

  • मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु

    – नारायण अधिकारी  मलेसिया, २५ मङ्सिर : धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३२२ […]

  • पोखरा पराजित

    काठमाडौँ, २५ मङ्सिर (रासस) ः एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाई ८५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा विराटनगर १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८४ […]

  • नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गरिने

    काठमाडौँ, २५ मङ्सिर  ः ट्याक्सी चालकको लापरवाही नियन्त्रणका लागि प्रहरीले चालक अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारवाही थालेको छ । नियम उल्लङ्घन गर्ने ट्याक्सी चालकको अभिलेख राख्न शुरु गरिएको र पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो […]

  • सय थान राहदानीसहित एक पक्राउ

    काठमाडौँ, २५ मङ्सिर ः महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग १०० थान राहदानी लिने दाङ घोराही–८ का २९ वर्षीय राकेश थारूलाई सोमबार राति पक्राउ गरी आज सार्वजनिक गरिएको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक […]