समाचार

  • चिनियाँ पक्षले बुझायो केरुङ–काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदन

    –रमेश लम्साल काठमाडौं, २४ मंसिर । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई सोमबार बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई चिनियाँ […]

  • साना सम्पदा निर्माणले ठूला सम्पदा निर्माणमा टेवा पु¥याउने

    भक्तपुर, २४ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा निर्माणमा जनताको उत्साहजनक सहभागिता गराउन उपभोक्ता समितिको आवश्यकता औँल्याउनुभयो । भक्तपुर नपा वडा नं. ७ मा अवस्थित हनुमानघाट सत्तलसँगैको पाटी पुनःनिर्माण शिलान्यास गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले जनश्रमदान र जनसहभागितामा जोड दिइरहेको बताउनुभयो । हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुने बताउनुहुँदै प्रमुख प्रजापतिले स–साना संरचना निर्माणले […]

  • विश्वव्यापी पहलकदमीबिना पुरस्कार अर्थहीन ः नोवेल पुरस्कार विजेताद्वय

    ओस्लो, (एजेन्सी) । यस वर्षको नोवेल शान्ति पुरस्कार विजेताहरू डा. डेनिस मुक्वेगे र नादिया मुरादले विश्वका नेताहरूलाई यौनिक हिंसा अन्त्यका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । नर्वेको राजधानी ओस्लोमा नोवेल पुरस्कार लिनु एक दिनअगाडि पत्रकारहरूसित कुराकानी गर्दै मुक्वेगे र मुरादले विश्वव्यापी पहलकदमीबिना नोवेल पुरस्कारलगायत कुनै पनि पुरस्कार अर्थहीन भएको बताए । “यो पुरस्कार, एउटै पुरस्कारले सबैखाले […]

  • कर्मचारी अध्यादेश प्रजातन्त्रविपरीत

    काठमाडौँ, २४ मंसिर । रुपान्तरित संसद्ले कर्मचारी समायोजन ऐन २०७४ बनायो । त्यसपछि मंसिर १० र २१ गते प्रतिनिधिसभाको चुनाव भयो । यसको पहिलो र दोस्रो अधिवेशन भयो । सरकारले कर्मचारी समायोजन ऐन ०७४ संशोधन विधेयक दुवै अधिवेशनमा पेश गरेन । पुसको दोस्रो हप्ताबाट संसदको तेस्रो अधिवेशन सुरु हुँदैछ । सरकारले मंसिर १७ गते कर्मचारी समायोजन अध्यादेश, २०७५ मन्त्रिपरिषद्बाट पारित गरायो । […]

  • सामुदायिक वनमा नीलगाई

    गौशाला, २४ मङ्सिर  ः महोत्तरी जिल्लाको दक्षिण पश्चिमवर्ती क्षेत्रको आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई देखिएको छ । भारतसँग सीमा जोडिएका मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, शम्सीलगायत गाउँमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको नीलगाई १०० भन्दाबढीको सङ्ख्यामा देखिएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका हुन् । उनीहरुले यसअघि कहिले नदेखिएको गाईजस्तै तर नीलो रङको ती जनावर एक्कासि […]

  • काठमाडौँद्वारा चितवन पराजित

    काठमाडौँ, २४ मङ्सिर ःतेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १६१ रनको चुनौतीलाई काठमाडौँ किंग्सले १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । काठमाडौँ किंग्सका लागि भारतीय खेलाडी सुब्रमण्यम आनन्दले […]

  • निर्मला हत्याको अनुसन्धान साँघुरिँदै गएको छः महानिरीक्षक खनाल

    काठमाडौँ, २४ मङ्सिर ः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताउनुभयो । महानिरीक्षक खनालले भन्नुभयो, “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, […]

  • ‘ए’ डिभिजन लिग : मनाङको लागातार सातौँ जीत

    काठमाडौँ, २४ मङ्सिर  ः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबले लगातार सातौँ जीत निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा मछिन्द्र युथ क्लबलाई १–० गोलले पराजीत गर्दै मनाङले लगातार सातौँ जीत निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मनाङ्ले ८४औँ मिनेटमा ओवावाले अफिजको गोलमार्फत अग्रता कामय […]