समाचार

  • लोकेश्वरको प्राङ्गारिक मल बनाउने तालिम

    भक्तपुर, २३ मंसिर । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक उत्सवको अवसरमा संस्थाको कृषि उपसमितिको आयोजनामा एकदिने प्राङ्गारिक मल बनाउने तालिम सम्पन्न भयो । प्राङ्गारिक मल रासायनिक मल युरिया र डि.ए.पी. मलको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । सो मल बनाउन गाई, भैंसी तथा अन्य जनावरको मल, काठको धुलो, खरानी, पिना, जनावरको हड्डीको धूलोमा […]

  • जय भिमसेन साकोसको ११ औं साधारणसभा

    भक्तपुर, २३ मंसिर । जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । उक्त सभामा प्रदेश नं ३ का सभासद एवं नेमकिपाका वैकल्पिक सदस्य सुरेन्द्रराज गोसाईले सहकारी संस्था व्यावसायिकरुपमा भन्दा सामुदायिक रुपमा चिनिनुपर्ने र सहकारी संस्थाकै माध्यमबाट सामाजिक, आर्थिक, राजनैतिक र सामुदायिक भावना र ज्ञान हासिल गर्न अघि बढ्नुपर्ने […]

  • बैठक बहिष्कार अव्यवस्था अन्त्यको लागि होला त ?

    काठमाडौं, २३ मंसिर । एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल प्रम भएको बेला एमालेका तत्कालीन वरिष्ठ नेता केपी ओलीलाई बालुवाटारको गेटमै रोकिएको थियो । केपी ओली एमालेको अध्यक्ष एवं पहिलोपटक प्रधानमन्त्री भएपछि झलनाथ खनाललाई बालुवाटारको गेटमा रोकिएको थियो । अहिले केपी ओली दोस्रोपटक प्रधानमन्त्री छन् । माओवादीसँग एमालेको एकता भएर नेकपा पनि गठन भयो । नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डले […]

  • रारा तालमा साइकल मार्ग

    –कृष्णराज गौतम  रारा , २३ मङ्सिर : कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ । रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै उनीहरुलाई भ्रमणमा सहजता ल्याउन उक्त मार्गको परियोजना ल्याइएको छ । साइकल मार्ग निर्माण भएपछि रारालाई साइकलबाट परिक्रमा गरी पर्यटकले त्यहाँको मनमोहक […]

  • गड्डाचौकी नाकाबाट सय महिलाको उद्धार

    कञ्चनपुर, २३ मङ्सिर  : पश्चिमी नाका गड्डाचौकीबाट सय महिला तथा बालबालिकाको उद्धार गरिएको छ । माइती नेपालका अनुसार एक वर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको छ । संयोजक महेश्वरी भट्टले सन् २०१८ को अवधिमा माइती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालकबालिका र महिलाको उद्धार गरी घरपरिवारको जिम्मा […]

  • थन्किए भक्तपुरका दमकल

    –रमेश गिरी  भक्तपुर, २३ मङ्सिर : जुद्ध बारुणयन्त्र भक्तपुरका चार जना चालकले एकैपटक छाडेपछि भक्तपुरको दमकल चालकविहीन बन्न पुगेको छ । जुद्ध बारुणयन्त्र भक्तपुरका प्रमुख लक्ष्मण गुरागार्इंले शनिबार सबै चालकलाई छाडेर जान निर्देशन दिएपछि २४सै घण्टा ‘ड्युटी’ गरेर बस्ने चालक राजकुमार श्रेष्ठ, राजकुमार गिरी, विकास वनमाला र राज कपालीले कार्यालय छाडेपछि दमकल चालकविहीन बन्न पुगेको […]

  • जाउलाखेललाई हराउँदै थ्रिस्टार लिगको दोस्रो स्थानमा

    काठमाडौँ, २३ मङ्सिर  : थ्रीस्टार क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा थ्रिस्टारले जाउलाखेल माथि २–० को जित निकाल्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो । थ्रिस्टारको जितमा रञ्जीत धिमाल नायक बने । उनले खेलको दोस्रो […]

  • इपिएल–भैरहवाद्वारा पोखरा पराजित

    काठमाडौँ, २३ मङ्सिर  ः एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजलाई पराजित गर्दै सुखद शुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा भैरहवाले पोखरालाई चार विकेटले पराजित गर्दै प्रतियोगितमा सुखद शुरुआत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले भैरहवालाई २१६ रनको लक्ष्य दिएको […]