समाचार

  • महिलाको निधनबारे भक्तपुर अस्पतालको वक्तव्य

    भक्तपुर अस्पतालमा जेठ २५ गते एक जना महिलाको निधन भएको सम्बन्धमा अस्पतालले सोमबार एक औपचारिक वक्तव्य जारी गरेको छ । वक्तव्यमा भनिएको छ ः भक्तपुर अस्पतालमा जेठ २५ गते साँझ ६ः१५ बजे डेलिभरी गराउनको लागि भर्ना भएकी हाल चाँगुनारायण नपा झौखेल, भक्तपुर(स्थायी ठेगाना लिशंखुपाखर गाउँपालिका वडा नं ३ सिन्धुपाल्चोक) बस्ने ३६ वर्षकी सन्तमाया लामाको अस्पताल […]

  • आदित्यनाथको भनाइ भारतीय विस्तारवादको धम्की हो र ?

     भारतीय शासक वर्गको दक्षिण एसियामा आक्रामक र शत्रुतापूर्ण नीति रहेको पुनः पुष्टि भयो । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले धम्की दिए, “नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा पनि सोच्नुपर्छ । विगतमा तिब्बतमा के भएको थियो, तिब्बतले के गल्ती गरेको थियो भन्ने नेपालीले सम्झनुपर्छ ।” आदित्यनाथले जेठ २१ […]

  • कोभिड सङ्क्रमितको शल्यक्रिया गरिएको मध्यपुर अस्पतालका चिकित्सक क्वारेन्टिनमा

    भक्तपुर, २४ जेठ । शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएकी भक्तपुरकी भनिएकी महिलाको सुत्केरीको शल्यक्रिया गरिएको मध्यपुर अस्पतालले शनिबार एक वक्तव्य जारी गरेको छ । जारी वक्तव्यमा सङ्क्रमित महिलाको प्रत्यक्ष सम्पर्कमा आएका ६ जना चिकित्सक, १२ जना नर्सिङ्ग स्टाफ, ११ जना हेल्पर र १ जना ल्याब स्टाफलाई क्वारेन्टिनमा राखिएको बताएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. […]

  • भक्तपुरमा कोभिड सङ्क्रमित महिला शिक्षिका

    भक्तपुर, २४ जेठ । शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका ३१ वर्षीया महिला भक्तपुर जिल्ला चा“गुनारायण नपाको एक सामुदायिक विद्यालयका शिक्षिका भएको खुलेको छ । भक्तपुर नपा वडा नं ९ चोफलमा कोठा लिएर बसेका शिक्षिकाको जेठ २२ गते मध्यपुर अस्पतालमा सुत्केरी भएको उनका श्रीमानले जानकारी दिनुभएको छ । सुत्केरी भएयता उनको परिवार कोटेश्वरमा बस्दै आएको […]

  • “अन्धराष्ट्रवाद र सङ्कीर्ण राष्ट्रवादको विरोध गरौँ”

                काठमाडौँ, २३ जेठ । संरा अमेरिकाको मिनिसोटा राज्यको मिनियापोलिस सहरमा गत मे २५ मा जोर्ज फ्लोड नामका एक जना अफ्रिकी–अमेरिकी नागरिकको स्थानीय प्रहरीबाट भएको निर्मम हत्यापछि उठेको अमेरिकी जनताको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन शुक्रबार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले अनलाइन ऐक्यबद्धता कार्यक्रम आयोजना गर्‍यो ।              कार्यक्रममा अमेरिकी कामदार जनताको चालू आन्दोलनप्रति ऐक्यबद्धता […]

  • काठमाडौँ उपत्यकामा स्मार्ट सिटी होइन उपत्यकाबाहिर स–साना सहर बनाउनुपर्छ

    काठमाडौँ, २२ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आवास योजना सञ्चालन स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने हुँदा उपत्यका विकास प्राधिकरणबाट स्थानीय तहको अनुमतिविना उपत्यकामा ठुला सहर विकास गर्ने योजना स्थानीय तहको अधिकारमाथि हस्तक्षेप हो भन्नुभयो । काठमाडौँ उपत्यका विकास प्राधिकरण सञ्चालक समितिको बिहीबार बसेको बैठकमा उहाँले स्मार्ट सिटीको नाउँमा उपत्यकामा ठुलठुला सहरहरू निर्माणले काठमाडौँ उपत्यकाको सांस्कृतिक […]

  • जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारी

    काठमाडौँ, २२ जेठ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजेन्सी) घोषणाको तयारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था दिनानुदिन बढेपछि ‘कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ अनुसार विपद् अवस्था घोषणा गर्नका लागि मन्त्रिपरिषद्बाट अनुमोदन गर्ने तयारी छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आपत्कालीन योजनाअनुसार सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेपछि विपद् अवस्था घोषणाको तयारी रहेको […]

  • भक्तपुरको सडकमा वृक्षरोपण नै नगरी ७५ लाखको बिल पेश

    भक्तपुर, २२ जेठ । कोरोना महामारीको सङ्कटमा पनि भ्रष्टाचार कुन रूपमा मौलाउँदै गएको छ भन्ने एउटा दृष्टान्त बनेको छ, भक्तपुरको राधेराधे चोकदेखि सूर्यविनायक चोकसम्मको सडक खण्डमा भएको वृक्षरोपण कार्यक्रम । यस भ्रष्टाचार काण्डमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापासँगको मिलेमतोमा भक्तपुर क्षेत्र नं. २ सांसद् एवं पूर्व मन्त्री महेश बस्नेतले करिब ७५ लाख रूपैयाँ घोटाला गर्ने प्रपञ्च रचेको […]