प्रदेश

  • सुर्खेतमा एमसीसीविरूद्ध प्रदर्शन

    सुर्खेत, १२ असार । देश हितविपरीतको ‘अमेरिकी सहस्राब्दी चुनौती परियोजना’ (एमसीसी) को विरोधमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार विरोध प्रदर्शन तथा सभा भयो । नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिको आयोजनामा भएको सभामा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले एमसीसी नेपालको सार्वभौमिकता र स्वतन्त्रताविपरीत भएको चर्चा गर्दै देशलाई साम्राज्यवादी हस्तक्षेपबाट जोगाउन सम्पूर्ण देशभक्त नेपालीले एमसीसीको विरोध गर्नुपर्ने […]

  • online majdoor logo

    भक्तपुर नगरपालिकाको सातौँ नगरसभा चालू

    भक्तपुर, १२ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सातौँ नगरसभाको बैठक शुक्रबार बस्यो । सभामा नगर प्रमुख प्रजापतिले नागरिकता विधेयक, एमसीसी सम्झौता, नेपाली भूमि अतिक्रमण र कोरोना भाइरसको जोखिमलगायतका राष्ट्रिय- अन्तर्राष्ट्रिय विषयबारे छलफल हुनु सकारात्मक भएको बताउँदै देश सङ्कट परेको समयमा जनप्रतिनिधि तथा कर्मचारीहरूले इमानदारीपूर्वक जनताको सेवा गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको […]

  • online majdoor logo

    कर्णाली प्रदेश कोरोना भाइरस सङ्‍क्रमणको उच्च जोखिममा

    -गोविन्दनाथ योगी, सुर्खेत कोरोना भाइरसको सङ्‍क्रमणका कारण विश्व महामारीको अवस्थामा छ । नेपालसमेत हाल लकडाउनको अवस्थामा छ । सङ्क्रमित सङ्ख्या ६ बाट ९ पुगेसँगै नेपाल सङ्‍क्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । त्यसैगरी लकडाउनको समयसमेत चरणबद्ध वृद्धि गर्दै २०७७ वैशाख ३ सम्म पुर्‍याइएको छ । संसारमा डढेलो फैलिएझैँ फैलिएको कोरोना महामारी नियन्त्रणको अर्को कुनै भरपर्दो उपाय फेला नपरेको अवस्थामा […]

  • भित्री शहरमा कामपाले छर्कियो कीटनाशक औषधि

    काठमाडौंँ, १२ चैत (रासस) ः विश्वभर फैलिएको कोभिड–१९ को नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले मानिसको अत्यधिक भीडभाड हुने स्थानमा भित्री स्थानमा कीटनाशक औषधि छर्कन थालेको छ । लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको कामपाले आजदेखि महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा कोरोना भाइरसको सङ्क्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर […]

  • सुदूरपश्चिमबाट रगत नमूना पठाउन समस्या

    कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाडाँै पठाउन समस्या भएको छ । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले हालसम्म परीक्षणका लागि काठमाडौँ १४ रगत नमूना पठाइसकेको जानकारी दिएको छ । “लकडाउनअघि पठाएकामध्ये नौ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ”, प्रयोगशालाका ल्याव टेक्निसियन तथा कोभिड–१९ […]

  • रुपन्देहीमा लक डाउन प्रभाव

    रूपन्देही रूपन्देहीको बेलहिया सुनौली सीमा नाका हुँदै बिहीबारदेखि आइतबारसम्म हजारौ“ हजारको सङ्ख्यामा भारतबाट फर्केकाहरूलाई अव्यवस्थितरूपमा आआफ्नो घरमा पठाएपछि यस क्षेत्रमा त्रास बढेको हो । एकतर्फीरूपमा नेपाल सरकारले सोमबार बिहान १० बजेदेखि सीमा नाका बन्द ग¥यो । सोमबार पनि बिहान १० बजेसम्ममा साढे छ सय व्यक्ति आएका थिए भने त्यसपछि बा“की भएका २४० जनालाई व्यक्तिगत अभिलेख […]

  • online majdoor logo

    रौतहटमा कोभिड–१९ को प्रतिरोध

    –कुसुम रौतहट, ११ चैत । विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइसबाट बच्न उच्च सतर्कता अपनाउन नेपालीहरूले विभिन्न सुरक्षाका उपायहरू अपनाइरहेका छन् । तराई क्षेत्रका अधिकांश युवा–पिँढीहरू रोजगारीको लागि नेपाल र भारतका विभिन्न ठाउँमा छन् । कोरोना भाइरस सहर–बजारमा तुरून्तै फैलिने सम्भावना भएकोले ती ठाउँमा गएका अधिकांश युवाहरू आ–आफ्नो गाउँ–ठाउँमा फर्केका छन् । गाउँ–घरमा स्वच्छ हावापानी, […]

  • सुदूरपश्चिम प्रदेशका सबै नाका बन्द, कैलालीमा निषेधाज्ञा जारी

    -लक्ष्मी पोखरेल धनगढी विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि संघीय सरकारको निर्णय अनुुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भईसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा पनि उच्च जोखिम रहेको भन्दै कैलाली जिल्लामा निषेधाज्ञा जारी गरीएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा (कफ्र्यु ) जारी […]