प्रदेश

  • प्रदेशसभाको हिउँदे अधिवेशन

    हेटौंडा, १८ चैत । नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ को प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले सोमबारको प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठकमा बारा र पर्सा जिल्लामा विनाशकारी हावाहुरीको कारण धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्नुका साथै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पीडित जनताको निम्ति आवश्यक बन्दोबस्त गर्न सरकारको गम्भीर ध्यानाकर्षण […]

  • हेटौँडालाई नै स्थायी राजधानी गर्न माग

    हेटौँडा, १२ चैत (रासस) ः हाल अस्थायी राजधानी रहेको हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य गर्न मकवानपुरस्थित जनसरोकार केन्द्रले जोड दिएको छ ।मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त केन्द्रका संयोजक धुव्रप्रसाद चौलागाईंले केन्द्रीकृत मानसिकता त्याग्न सम्बन्धित सबैमा आग्रह गर्दैे राजधानीको विषयमा रहेको अन्योल हटाउन सुभाव दिनुभयो । हेटौँडा सबै दृष्टिकोणले […]

  • प्रदेशसभामा चार विधेयक दर्ता

    हेटौँडा, ११ चैत (रासस) : प्रदेश नं ३ को प्रदेशसभाको यही चैत १७ गते आइतबार बस्ने हिउँदे अधिवेशनमा छलफलका लागि चार वटा नयाँ विधेयक प्रदेशसभा सचिवालयमा आज दर्ता गरिएको छ । प्रदेश भित्रका बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, कर तथा गैरकर राजश्वसम्बन्धी ऐन, २०७५ को संशोधन गर्न बनेको विधेयक २०७५, प्रदेशस्तरका केही […]

  • प्रदेशको नामाकरण गर्न अन्तरक्रिया

    रुकुम (पूर्व), ११ फागुन (रासस) : प्रदेश सरकार गठन भएको एक वर्ष वितीसक्दा पनि प्रदेशको नामकरण र राजधानीको टुङ्गो लाग्न नसकेपछि जनतासँग सुझाव लिन शुरु गरिएको छ । प्रदेश नामकरण र स्थायी राजधानी तोक्न प्रदेश नं ५ सरकारले प्रदेशसभा विशेष समिति गठन गरी रुकुम (पूर्व)बाट सुझाव सङ्कलन एवं अन्तरक्रिया शुरु गरेको हो । स्थायी राजधानी […]

  • गोदावरी स्थायी राजधानी तोक्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

    काठमाडौँ, १७ मङ्सिर  : प्रदेश नं ७ को स्थायी राजधानी अध्ययनविना नै कैलालीको गोदावरीमा प्रदेश राजधानी राख्ने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई अधिवक्ता मनिषकुमार श्रेष्ठले आज दायर रिटमा अध्ययनविना प्रदेशसभाले गत असोज १२ गतेको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्नुभएको छ । स्थायी […]

  • स्थायी राजधानी र नामकरण छिट्टै टुङ्गो लाग्ने

    हेटौंडा, २४ कार्तिक । प्रदेश नं ३ का प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुङ्गो लाग्ने जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार तिहार र छठको बिदापश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण र स्थायी राजधानीको टुङ्गो लाग्ने बताइएको छ । प्रदेशको राजधानी र नामकरणसम्बन्धी गठित आयोगबाट तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइ सकिएकोले त्यसबारे अब छिट्टै टुङ्गो […]

  • प्रदेश नं ७ : राजधानी गोदावरी र नाम सुदूरपश्चिम

    धनगढी, १२ असोज  : प्रदेश नं ७ को नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिकाको तेघरी भएको छ । आज बसेको दोस्रो बैठकले प्रदेशको स्थायी राजधानी रहने उक्त स्थान र नामाङ्कनसम्बन्धी प्रस्तुत प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको हो । दोस्रो बैठकमा राजधानी र नामकरण सम्बन्धमा सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङको प्रस्तावलाई […]

  • सत्ता पक्ष र प्रमुख प्रतिपक्ष नै अनुपस्थित

    हेटौंडा, ३१ भदौ । प्रदेश नं. ३ को प्रदेशसभा नियमावली संशोधन समितिको आइतबार बिहानको लागि तय गरिएको बैठक सत्ता पक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेकांका सदस्यहरूको अनुपस्थितिका कारण हुन सकेन । ती दुई वटै दलका सदस्यहरू काठमाडौंस्थित याक एण्ड यति होटलमा आयोजित एक कार्यक्रममा भाग लिन गएकाले बैठक स्थगित भएको हो । बैठकमा गम्भीर आपति जनाउँदै नेमकिपाका सांसद […]