प्रदेश

  • भारतको फासीवादी नीति र सैन्य महत्वाकाङ्क्षाको विरोध आवश्यक

    सुरेन्द्रराज गोसाई पहाडमा पहिरोले बस्ती बगाइरहँदा र बाटो तथा सडक भत्काइरहँदा, तराईमा छिमेकी भारतको कारण वस्तीहरू डुबानमा परिरहँदा, भारतकै कारण कोशी ब्यारेजले नेपाली गाउँवस्ती जलमग्न बनाइरहँदा काठमाडौंको सरकार बिम्स्टेक सम्मेलनको नाउँमा हिलोमाथि कालोपत्रे गर्न, खाल्डाखुल्डीमा टालटुल गर्न र जीर्ण भित्ताहरूमा रङ्गरोगन गर्न व्यस्त रह्यो । अति विशिष्टहरूको सवारीको नाउँमा ३–४ दिनसम्म काठमाडौं उपत्यकाको जनजीवन अस्तव्यस्त रह्यो । […]

  • प्राकृतिक विपत्तिमा परेका जनतालाई निष्पक्ष राहत वितरण गर्न माग

    हेटौंडा । प्रदेश नं ३ को प्रदेश मामिला समितिको बैठक सोमबार सम्पन्न भयो । बैठकमा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्राकृतिक विपत्तिमा परेका जनतालाई निष्पक्ष ढङ्गमा राहत वितरणको प्रत्याभूति दिइनुपर्ने बताउनुभयो । उहाँले राहत वितरणमा गरिने पक्षपात र धाँधलीकै कारण जनता असन्तुष्ट हुने गरेको प्रस्ट पार्नुभयो । सांसद गोसाईले भन्नुभयो – ‘‘एनजीओ […]

  • भीमदत्तनगर तनावग्रस्त

    कञ्चनपुर, ६ भदौ (रासस) ः कञ्चनपुर सदरमुकाम भीमदत्तनगर आज पनि तनावग्रस्त रहेको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले सडकमा विरोध प्रर्दशन गरेका छन् । बजार बन्द गरिएको छ । भीमदत्त बजार क्षेत्रमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन भइरहेको छ । प्रहरीले सोमबार मानसिक सन्तुलन गुमाएका […]

  • प्रदेश नं. ५ मा आज इदको बिदा

    बुटवल, ५ भदौ । प्रदेश ५ को सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा) का अवसरमा सो बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल (ज्ञवाली) ले एक सूचना जारी गरीे त्यस्तो निर्णय सार्वजनिक गरेका हुन् । मुस्लिम समुदायका अगुवा तथा संस्थाका प्रमुखले […]

  • प्रदेश नं ३ बाट चार विधेयक पारित

    हेटौँडा, १ भदौ (रासस) ः प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो बैठकमा प्रदेश मामिला समितिबाट दफावार छलफल गरी प्राप्त प्रतिवेदन प्रस्तुत हुँदा प्रदेश नं ३ का मुख्यमन्त्री र मन्त्रीको लागि पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक २०७५, प्रदेशसभा पदाधिकारी र सदस्यको लागि पारिश्रमिक र सेवा […]

  • आत्मनिर्भरताको बाटोमा प्रदेश नं ७

    – प्रकाश सिलवाल  धनगढी, ३० साउन (रासस) ः अघिल्लो आर्थिक वर्षको पूरक बजेटका लागि जिल्लागत प्रस्ताव माग्दा डेढ सयवटा मन्दिर बनाउने प्रस्ताव आएको थियो । प्रदेश नं ७ को सरकारले त्यसका लागि रकम विनियोजन गरेन । यस्ता कार्यक्रमले प्रदेशमा उत्पादकत्व नबढाउने भएकाले रकम विनियोजन नगर्ने बरु अध्ययन अनुसन्धानमा अनुदान दिने सूत्र प्रदेश सरकारले लगायो । […]

  • ‘सरकार पुँजीवादी प्रजातन्त्रप्रति समेत इमानदार छैन’

    हेटौडा, २८ साउन । लामो समयदेखि अवरुद्ध प्रदेश नं ३ को प्रदेश सभा बैठक सोमबार सुरु भयो । बैठकमा ‘प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरियो । प्रदेश प्रशासकीय कार्यविधि विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग […]

  • तीन विधेयकमाथि छलफल

    हेटौँडा, २८ साउन ः प्रदेशसभाको आजको बैठकमा तीन वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश दुग्ध बोर्ड स्थापना गर्न बनेको विधेयकमाथि छलफल भएको थियो । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा प्रदेश दुग्ध विकास बोर्डको स्थापना […]