प्रदेश

  • ‘सरकार पुँजीवादी प्रजातन्त्रप्रति समेत इमानदार छैन’

    हेटौडा, २८ साउन । लामो समयदेखि अवरुद्ध प्रदेश नं ३ को प्रदेश सभा बैठक सोमबार सुरु भयो । बैठकमा ‘प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरियो । प्रदेश प्रशासकीय कार्यविधि विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग […]

  • तीन विधेयकमाथि छलफल

    हेटौँडा, २८ साउन ः प्रदेशसभाको आजको बैठकमा तीन वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश दुग्ध बोर्ड स्थापना गर्न बनेको विधेयकमाथि छलफल भएको थियो । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा प्रदेश दुग्ध विकास बोर्डको स्थापना […]

  • प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

    बैतडी, २७ साउन  । प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका पदाधिकारी र सर्वसाधारणले प्रदेशको नाम […]

  • के गणतन्त्र लूटतन्त्र हो ?

    काठमाडौं, २४ साउन । तराईका सम्पूर्ण स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए । निर्वाचितहरूको कार्यशैली हेर्दा निरङ्कुशता अनुभव हुन्छ । मनपरी काम हुँदैछ । सेवाग्राहीहरू सानो काम गराउन पनि निर्वाचितहरूको घर–घरमा दौड्नु परिरहेका छन् । जनताको काम समयमा भइरहेको छैन । वृद्धहरूको सामाजिक सुरक्षा भत्ता र बालबालिकाहरूको पोषण भत्ता समयमा वितरण भइरहेको छैन । नगर बोर्डको बैठक नबसी बैठक भत्ता खाइरहेको जनगुनासो […]

  • प्रदेशको नाम शासक नेताको कोटको बगलीबाट आउनु गलत

    भारत त्यत्तिकै विभाजन भएको थिएन । बेलायती उपनिवेशवादको फूट गर र राज गर नीति यसमा जिम्मेवार थियो । तर भारतको तात्कालीन नेतृत्वका अदुरदर्शी र सतही अभिव्यक्तिका कारण पनि भारत दुई भागमा विभाजित बन्न पुग्यो । राजनीतिक नेतृत्वको बोली हचुवा वा अदूरदर्शी बन्दा लाखौं लाख जनताले दुःख कष्टमात्र भोग्नुपरेनन् बरु देश नै दुई टुक्रामा विभाजित भयो । प्रसङ्ग नेकपा […]

  • प्रदेश नम्बर ३ ः योजना पुस्तिका सार्वजनिक

    हेटौँडा, २२ साउन (रासस) ः प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा योजना आयोगले आफ्नो प्रदेशका लागि योजना पुस्तिका आज सार्वजनिक गरेको छ । पुस्तिका सार्वजनिक गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले योजनाविनाको विकास दिगो नहुने भन्दै समग्र प्रदेशको अवस्थाबारे अवगतसहित विकासको योजना बनाउन पुस्तिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “किताब छापिनु ठूला कुरा होइन तर […]

  • प्रदेश नं. २ को शिक्षाबारे

    – सरोजकुमार साह देश सङ्घीय लोकतन्त्रात्मक व्यवस्थामा गए पनि काम गरी खाने जनताका समस्याहरू ज्यूँका त्यूँ छन् । देशलाई सात वटा प्रादेशिक संरचनामा विभाजित गरिए पनि त्यसबाट सर्वसाधारण जनताभन्दा टाढाबाठाहरूको व्यक्तिगत स्वार्थ पूरा गर्नमा केन्द्रित देखिन्छ । सातवटा प्रदेशमध्ये प्रदेश नं. २ को शिक्षाको अवस्था नाजुक छ । प्रदेश नं. २ भौगोलिक हिसाबले सुगम भए पनि यहाँको शैक्षिक […]

  • प्रदेशको नामाकरणका लागि सुझाव दिन गठित समितिको म्याद थप

    धनगढी, २१ साउन (रासस) ः प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र प्रदेशको नामाकरणका लागि सुझाव दिन गठित ‘विशेष सुझाव समिति’को म्याद एक हप्ता थपिएको छ । समितिले छलफल तथा परामर्शका लागि थप समय माग गरेकाले सो प्रयोजनका लागि एक हप्ता समय थपिएको प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो । प्रदेश […]