शिक्षा

  • गणित विषयको विवाद उठेपछि अध्ययन कार्यदल

    काठमाडौँ, २९ फागुन । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को साधारण शिक्षातर्फ कक्षा ११ र १२ को विज्ञान विषयमा गणित विषय अनिवार्य हुनुपर्ने माग बढेपछि सोबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । केन्द्रले विषयगत संरचनामा भौतिक विज्ञान, प्राणी विज्ञान र रसायन विषय अध्ययन गर्ने विद्यार्थीका लागि कम्प्युटर विज्ञान तथा गणित विषय अतिरिक्त ऐच्छिकरूपमा अध्ययन […]

  • सामुदायिक विद्यालयहरूलाई पूर्वाधारसम्पन्न बनाउनतिर किन नलाग्ने ?

    निभा श्रेष्ठ शिक्षा क्षेत्रको निजीकरणसँगै व्यापारीकरण भइरहेकोमा धेरैले असन्तुष्टि जाहेर गरेका छन् । तर, उनीहरूमध्ये धेरैले आफ्ना छोराछोरीहरूलाई निजी जिद्याालयहरूमा पढाइरहेका छन् । त्यसमा उनीहरू सामाजिक प्रतिष्ठा, पारिवारिक दबाब, साथीभाइको करकाप आदिलाई कारण देखाउने गर्छन् । हुन पनि हिजोआज विद्यार्थीसित बढीभन्दा बढी शुल्क लिने निजी विद्यालयहरूको भौतिक प्रगति दिनप्रतिदिन बढ्दै गएको छ भने विद्यार्थीसित किञ्चित शुल्क पनि उठाउन […]

  • अब त्रिविको सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट

    शरद शर्मा काठमाडौँ, २८ फागुन (रासस) । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको ट्रान्सक्रिप्ट उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी उक्त ट्रान्सक्रिप्ट […]

  • त्रिविको परीक्षा यथावत् सञ्चालन गरिने

    काठमाडौँ, २७ फागुन । त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । आगामी चैत ७ गतेदेखि सुरु हुने विभिन्न विभिन्न सङ्कायका परीक्षाको तयारी परीक्षा नियन्त्रण कार्यालयले पूरा […]

  • ख्वप कलेज अफ इन्जिनियरिङमा कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा कुनै अन्योल छैन

    काठमाडौं, २३ फागुन । ख्वप कलेज अफ इन्जिनियरिङले शुत्रबार एक वक्तव्य जारी गरी त्रिविले कम्प्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रम सञ्चालनको सन्दर्भमा केही सञ्चारमाध्यममा प्रकाशित समाचार र केही संगठनका वक्तव्यप्रति ध्यानाकर्षण गरेको छ । कलेजका प्राचार्य ई सुनिल दुवालले जारी गर्नुभएको वक्तव्यमा लेखिएको छ, “सर्वसाधारण जनताका छोराछोरीलाई सस्तोमा गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै आएको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित […]

  • किन प्रवद्र्धन गरिनुपर्छ ख्वपका इन्जिनियरिङ्ग कलेजहरू

    सुनिल दुवाल सर्वसाधारण जनताका छोराछोरीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिने अभिप्रायले भक्तपुर नगरपालिकाले सातवटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको छ । २०५६ सालमा तत्कालीन ख्वप उच्च माविको स्थापनापछि २०५८ सालमा ख्वप कलेज र ख्वप इन्जिनियरिङ्ग कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान र २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ्गको स्थापना गरेर विभिन्न विधामा उच्च शिक्षा प्रदान […]

  • बाल विकासमा सत्न्दा बढी ज्येष्ठ नागरिक सम्मानित

    भक्तपुर, १७ फागुन । बाल विकास इङ्गलिश सेकेन्डरी स्कूलको ३२ औँ वार्षिकोत्सव समारोहमा सयजना भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित भएका छन् । उक्त स्कूलले हजुरबुबा–हजुरआमा सम्मान कार्यक्रममा शिक्षासेवी, समाजसेवी एवं नेमकिपाका पूर्व केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईलगायत विद्यार्थीका ७५ वर्षमाथिका १०१ जना हजुरबुबा–हजुरआमाहरूलाई दोसल्ला ओढाई उपहारसहित सम्मानित गरेको हो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं बाल विकास इङ्गलिश सेकेन्डरी […]

  • साम्राज्यवादविरोधी आवाज ः ‘हाम्रो अमेरिका र तिनीहरूको’

    समा अर्थतन्त्र र राजनीति एक अर्कासँग जोडिएको हुन्छ । कुनै देशमा अर्को देशको आर्थिक प्रभाव अत्यधिक छ भने कालान्तरमा त्यो राजनीतिक प्रभावमा फेरिन्छ । त्यसकारण आर्थिकरूपमा स्वतन्त्र र आत्मनिर्भर नरहेको देश स्वतन्त्र बन्न सक्दैन, सार्वभौम रहन सक्दैन । आफ्नै खुट्टामा उभिएको अर्थतन्त्रविना आर्थिक सहयोग र भिक्षाटनले देश समृद्ध बन्दैन । त्यसैले देशको स्वाधीनताको निम्ति आर्थिक आत्मनिर्भरता महत्वपूर्ण विषय हो । […]