गतिविधि

  • एमसीसीको विरोधमा जनता सडकमा

    काठमाडौँ, १६ असार । देश हितविपरीतको अमेरिकी सहस्राब्दी चुनौती परियोजना (एमसीसी) को विरोधमा नेपाल मजदुर किसान पार्टी तार्केश्वर नगर समितिको आयोजनामा मङ्गलबार विरोध जुलुस तथा जनसभा भयो । जनसभाअघि तार्केश्वर नपाको फुटुङ नागपोखरीबाट ‘एमसीसी सम्झौता खारेज गर’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ लगायतका नारासहित विरोध जुलुस भएको थियो । जुलुसपछि लोकतान्त्रिक चोकमा आयोजित सभामा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले एमसीसी […]

  • भक्तपुर नगरपालिकाको सातौँ नगरसभा सुरु

    भक्तपुर, ७ असार । भक्तपुर नगरपालिकाको सातौँ नगरसभा आइतबारदेखि प्रारम्भ भएको छ । नगरसभाको समुद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सासद प्रेम सुवालले गर्नुभयो । कोभिड–१९ महामारीको कारण थोरै आमन्त्रित व्यक्तिको सहभागितामा सामाजिक दुरी कायम गर्दै ख्वप इन्जिनियरिङ कलेजको सभाकक्षमा कार्यक्रमको आयोजना गरिएको थियो । उद्घाटन समारोहमा सचिव सुवालले आम्दानीका स्रोतहरू जुटाएर जनताको सेवा गर्न सके नगरलाई […]

  • हो चि मिन्हको सम्झना

    काठमाडौँ, ६ जेठ । भियतनामी क्रान्तिकारी नेता हो चि मिन्हको १३० औँ जन्म दिवसको अवसरमा मङ्गलबार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा अनलाइन प्रशिक्षण कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भियतनामी जनताका नेता हो चि मिन्हबाट सादा जीवन, क्रान्तिकारी विचार र लगातार अध्ययन गर्ने बानीबाट सिक्न जरुरी भएको बताउनुभयो । “हो चि […]

  • कोभिड १९ बारे नगरप्रमुखहरूको आकस्मिक बैठक

    काठमाडौं कोभिड १९ सम्बन्धी नेपाल सरकारले गरेको काम र प्रयासहरुबारे जानकारी दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा सोमबार काठमाडौं उपत्यकाभित्रका महानगरपालिका तथा नगरपालिकाका प्रमुखहरुसँग छलफल कार्यक्रम सम्पन्न भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा सम्पन्न उक्त छलफल कार्यक्रममा उपत्यकाका प्रमुखहरुले कोभिड १९ को संक्रमणबाट बच्न आ–आफ्नो स्थानीय तहहरुले गरिरहेको कार्य […]

  • सिपमूलक तालिमहरू सम्पन्न

    भक्तपुर, २५ फागुन । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको तेखापुखुस्थित सेवा केन्द्रमा २ दिने अरगन्जी कपडाको फूल बनाउने तालिम र १ दिने स्यानिटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । प्रशिक्षार्थीहरूलाई प्रमाण–पत्र वितरण गर्दै समापन कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष राजन लाखाजुले सदस्यहरूलाई स्वावलम्बी बनाउन वित्तीय सेवाहरूका साथै क्षमता अभिवृद्धिका तालिमहरू संस्थाले सञ्चालन गर्ने उद्देश्य […]

  • एमसीसीबारे विचार गोष्ठी

    भक्तपुर, २१ फागुन । बाल विकास सेकेन्डरी स्कूल लिबालीका शिक्षकहरूमाझ मङ्गलबार सहश्राब्दी चुनौती परियोजना एमसीसी र हिन्द–प्रशान्त सैन्य रणनीतिको विषयमा विचार गोष्ठी सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अमेरिकी साम्राज्यवादले विश्वलाई आफ्नो अधीनमा राखी हैकम जमाउन खोजिरहेको र त्यसमा एसिया मुख्य चुनौती बनेकोले आफ्नो प्रभाव कायम राख्न एमसीसी परियोजना अघि […]

  • कीर्तिपुरमा नगर भेला

    कीर्तिपुर, २१ फागुन । नेपाल मजदुर किसान पार्टी कीर्तिपुरको नगर भेला मङ्गलबार भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टीका कार्यकर्ताले पार्टीको विधान र कार्यक्रमलाई नियमित अध्ययन गर्न अनुरोध गर्नुभयो । पार्टीको विधान र कार्यक्रम पार्टीको मार्ग निर्देशन हो, विधानविपरीत कार्य गर्ने अनुशासन पालना नगर्ने कार्यकर्ताहरूलाई आलोचना गरी सजग बनाउनुपर्छ, उहाँले बताउनुभयो । उहाँले फागुन २३ र २४ […]

  • कोरोना भाइरस सङ्क्रमणबारे सचेतना अभियान सञ्चालन गर्नेबारे छलफल

    भक्तपुर, २१ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा नगरका विद्यालयका विभिन्न परीक्षा समितिका सरोकारवाला पक्ष तथा प्रधानाध्यापकहरूबीच बुधबार नपाको सभाकक्षमा छलफल भयो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले विश्वव्यापीरूपमा सङ्क्रमण भइरहेको कोरोना भाइरस रोगबाट बच्न सम्बन्धित सङ्घ–संस्थाहरूले आवश्यक सावधानी र सुरक्षा अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । विद्यार्थीमा भएको त्रासबाट मुक्त पार्न विद्यालयहरूले मनोचिकित्सक र स्वास्थ्यकर्मीको समन्वयमा मनोपरामर्शसम्बन्धी चेतनामूलक […]