गतिविधि

  • नेमकिपा टोखाको दोस्रो नगर सम्मेलन सम्पन्न

    काठमाडौँ, १८ साउन । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको दोस्रो नगर सम्मेलन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो । कार्यक्रम उद्घाटन गर्दै केन्द्रीय सदस्य प्रजापतिले नेपाल सरकार नवउदारवादको चङ्गुलमा फस्दै गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी लगानी भित्याउने भन्दै नेपाल सरकारले विदेशीहरूको अनुकूल कानुन निर्माण गरको छ […]

  • देशभक्ति भावना नभई देशको सेवा गर्न सकिंदैन

    भक्तपुर, १८ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) र नेमकिपा भनपा–७ वडा गोल्मढी एकाइ समितिमा आबद्ध कार्यकर्ता र कार्यकर्ताका परिवारजनबीच शुक्रबार परिचयात्मक कार्यक्रम भयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले पार्टी कार्यकर्ताहरूले आफ्ना छोराछोरीहरूलाई ‘जनताको सेवा गर्नुपर्छ’ भन्ने भावना विकास गराउन मेहनत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पार्टी कार्यकर्ता तथा कार्यकर्ताका परिवारहरूको स्वास्थ्यलगायत अन्य पारिवारिक […]

  • नयाँ पुस्तालाई किसान आन्दोलनबारे शिक्षित बनाउन जोड

    भक्तपुर, १६ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले नयाँ पुस्तालाई विगतका गौरवमय किसान सङ्घर्ष र आन्दोलनको उपलब्धिबारे शिक्षित पार्नुपर्ने औँल्याउनुभएको छ । नेपाल क्रान्तिकारी किसान सङ्घको ५१ औँ स्थापना दिवसको अवसरमा सङ्घको भक्तपुर नगर समितिद्वारा आयोजित किसान भेलामा अध्यक्ष रोहितले किसान सङ्घर्ष नै नेमकिपाको आधार भएको बताउनुभयो । उहाँले विगतमा क्रान्तिकारी […]

  • जुम्लामा क्रान्तिकारी युवा सम्मेलन

    जुम्ला, १५ साउन । नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला कार्य समिति जुम्लाको छैटौँ जिल्ला सम्मेलन मङ्गलबार र बुधबार जिल्ला सदरमुकाम जुम्लामा सम्पन्न भयो । सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले समाजवादी आन्दोलनको नेतृत्व नेमकिपाले गर्ने बताउँदै यस आन्दोलनलाई युवाहरूले नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादलाई समाजवादी गणतन्त्रको आन्दोलनले […]

  • देश र जनताको सेवा नै हाम्रो उद्देश्य

    भक्तपुर, १४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा सङ्घको ५१ औँ स्थापना दिवसको अवसरमा जिल्लास्तरीय किसानहरूको मङ्गलबार भेला भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वर्गीय समाजमा वर्गसङ्घर्ष हुन्छ, कामदार वर्गलाई समाजवादी शिक्षा आवश्यक छ, किसानहरूबीच पनि वर्ग रहने भएकोले गरिब कामदार किसानहरू राजनैतिकरूपले सचेत र […]

  • परिचयपत्र वितरण गर्दै भनपा उपप्रमुख रजनी जोशी

    भक्तपुर, १० साउन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले शुक्रबारदेखि भक्तपुर नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई रातो र निलो रङ परिचय–पत्र वितरण सुरू गरेको छ । भक्तपुर नगरपालिकाले शुक्रबार आयोजना गरेको परिचयपत्र वितरण कार्यक्रममा बोल्दै भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई समान ढङ्गले हेर्दै आएको […]

  • ‘बहुमत जनताको हित गर्ने नीतिले अर्थतन्त्र बलियो हुन्छ’

    भक्तपुर, १० साउन । ‘चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्ध’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भयो । विज्ञान र प्रविधिको विकासले देश चाँडै विकास हुने भएकोले विद्यालयस्तरदेखि नै विज्ञान शिक्षामा जोड दिनुपर्ने आवश्यकता आँैल्याउँदै अध्यक्ष रोहितले देशको विकास गर्न देशको अर्थतन्त्र बलियो हुनुपर्छ भन्नुभयो । बहुमत जनताको फाइदा […]

  • क्युवा पुँजीवादतिर गएको प्रचार झूटो

    काठमाडाँै, ७ साउन । क्युवा ऐक्यबद्धता समिति नेपालको आयोजनामा मङ्गलबार यहाँ ‘क्युवाको वर्तमान परिस्थिति’ विषयक विचार गोष्ठी सम्पन्न भयो । गोष्ठीमा अन्तर्राष्ट्रिय जनतासित मित्रताका लागि क्युवाली प्रतिष्ठानकी एसिया प्यासिफिक क्षेत्रकी निर्देशक लेइमा मार्टिनेज फेरेले ६ दशक लामो संरा अमेरिकी नाकाबन्दीको सामना गरेर पनि क्युवा प्रगतिको मार्गमा अघि लम्किरहेको र क्युवाली जनता क्रान्ति र समाजवादमा अडिग […]