गतिविधि

  • नेक्राकिसङ्घद्वारा प्रजिअलाई ज्ञापनपत्र

    भक्तपुर, २४ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिले किसानहरूको समसामयिक समस्याको विषयमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख नारायणप्रसाद भट्टसमक्ष ज्ञापनपत्र बुझायो । प्रजिअलाई बुझाइएको ज्ञापनपत्र वाचन गर्दै नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले नेपाल सरकारले मलमा दिइँदै आएको अनुदान नदिने निर्णय फिर्ता लिनुपर्ने बताउनुभयो । उहाँले नेपालमा आयात हुने मल कमसल तथा […]

  • जनस्तरमा महाधिवेशनको तयारी

    भक्तपुर, २२ भदौ । नेपाल मजदुर किसान पार्टी भक्तपुर वडा नं. ७ इनाचो समितिको आयोजनामा चोर्चा टोलमा शनिबार स्थानीयबासीहरूको भेला भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेमकिपा स्थापनाकालदेखि शोषित–पीडित जनताको पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानहरूको मोहियानीहक सुरक्षा, भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलन गर्दै आएको पार्टी नेमकिपा हो । नेमकिपाको महाधिवेशनमा सम्पूर्ण जनताले साथ […]

  • सञ्चारमाध्यम राजनीतिको हतियार

    भक्तपुर, २१ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिकै निम्ति आस्थाको पत्रकारिता गर्नुपर्ने बताउनुभएको छ । पत्रकार समाज नेपालद्वारा शनिबार आयोजित पत्रकारहरूको भेलामा अध्यक्ष रोहितले सञ्चारमाध्यम र पत्रपत्रिकाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरी देशको सार्वभौमिकता रक्षाको निम्ति प्रचार गरिरहनुपर्नेमा जोड दिँदै देश र जनताको इमानदारीपूवर्क सेवा गरेमा जहिल्यै […]

  • जुम्लामा विद्यार्थी र मजदुर सम्मेलन

    जुम्ला, २१ भदौ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १५ औँ र नेपाल क्रान्तिकारी मजदुर सङ्घको तेस्रो जुम्ला जिल्ला सम्मेलन शुक्रबार जुम्ला बजारमा सम्पन्न भयो । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य काफ्लेले समाजवादका विभिन्न प्रकारबारे चर्चा गर्दै नेमकिपा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्ष गरिरहेको बताउनुभयो । उहाँले उत्पादनका […]

  • पुँजीवादविरुद्ध लड्न मजदुर एकता आवश्यक

    भक्तपुर, २१ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले यातायात मजदुरहरू सभ्य र सुसंस्कृत बन्नुपर्ने कुरामा जोड दिनुभयो । नेपाल क्रान्तिकारी मजदुर सङ्घको पेशागत सङ्गठन नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घको पाँचाँै भक्तपुर जिल्ला सम्मेलन उद्घाटन गर्दै उहाँले मजदुर सङ्गठनले नेपाली भाषा प्रशिक्षण कक्षाहरू सञ्चालन गर्नुपर्ने, समय–समयमा स्वास्थ्य परीक्षण तथा ट्राफिक नियमसम्बन्धी […]

  • महाधिवेशनको तयारीमा शिक्षक भेला

    भक्तपुर, २० भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन (असोज ३,४ र ५) बारे शिक्षकहरूलाई जानकारी दिने उद्देश्यले नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार शिक्षक भेला भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले माक्र्सवादी शिक्षाले कुनै पनि कुरालाई अन्ध समर्थन गर्नु वा विरोध गर्नुको साटो आलोचनात्मकरूपमा हेर्न सिकाउने बताउनुभयो । […]

  • महाधिवेशन सफल पार्न प्राध्यापक तथा कर्मचारी भेला

    भक्तपुर, २० भदौ । नेपाल प्राध्यापक समाज, इन्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा शुक्रबार नेपाल मजदुर किसान पार्टीको २०७६ असोज ३, ४ र ५ गते भक्तपुरमा हुने साताँै महाधिवेशन सफल पार्न प्राध्यापक तथा कर्मचारीहरूको भेला कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टी सङ्ख्याले सानो पार्टी […]

  • वागीश्वरी माविमा ‘जम्मु–काश्मीर र भक्तपुर क्यान्सर अस्पताल’ बारे प्रवचन

    भक्तपुर, २० भदौ । वागीश्वरी मावि÷कलेज कर्मचारी एकाइ समितिको आयोजनामा ‘जम्मु–काश्मीर र भक्तपुर क्यान्सर अस्पताल’ विषयमा शुक्रबार प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पार्टीको सातौँ महाधिवेशनको तयारी देशभरि उत्साहका साथ तीव्रगतिमा अगाडि बढिरहेको बताउनुभयो । भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे प्रस्ट पार्दै प्रमुख प्रजापतिले आर्थिक अनियमितता र […]