गतिविधि

  • अक्टोवर क्रान्ति दिवस मनाइयो

    भक्तपुर, २५ कार्तिक । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा रूसी अक्टोवर क्रान्ति दिवस आइतबार मनाइयो । कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले मानव समाजको विकासको क्रममा निजी सम्पत्तिको व्यवस्थासँगै वर्ग विभाजन भएको विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘‘शोषक वर्गले पुँजीवादी र साम्राज्यवादी नीतिमार्फत कामदार वर्गलाई शोषण गर्दै आएको छ । पुँजीवाद र साम्राज्यवादकै कारण संसार दुःख–पीडामा […]

  • काठमाडांैमा क्रान्तिकारी विद्यार्थीहरूको भेला

    काठमाडौं, २४ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाडौं महानगर वडा ५ का विद्यार्थीहरूको भेला शनिबार सम्पन्न भयो । भेलामा पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले विद्यार्थीहरूले पाठ्यपुस्तकका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति विषयमा पनि अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘‘विद्यार्थीहरू अध्ययनशील भई देश र जनताको सेवामा योगदान गर्ने भावनाका साथ अगाडि बढ्नुपर्छ ।’’ नेमकिपा भक्तपुर जिल्ला समितिका […]

  • काभ्रेमा अक्टोबर क्रान्ति दिवस

    काभ्रे, २४ कार्तिक । नेपाल क्रान्तिकारी मजदुर सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा १०१ औं अक्टोबर समाजवादी क्रान्ति दिवस शनिबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले भन्नुभयो, ‘‘कार्ल माक्र्सभन्दा अगावै समाजवादी अवधारणा प्रतिपादन भएको थियो । काल्पनिक समाजवादी अवधारणा अव्यवहारिक र अवैज्ञानिक भएकोले कार्ल माक्र्सले त्यसको आलोचना […]

  • भाषा र संस्कृतिमा विभेद गलत

    काठमाडांै, २३ कार्तिक । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा नेपाल सम्बत ११३९, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा नेपाल भाषाको प्रचलित लिपि बारेमा प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले राजनीति र संस्कृति अलग अलग हुन नसक्ने बताउँदै राजनीति राम्रो भए मात्रै संस्कृति राम्रो बन्ने र […]

  • अक्टोवर क्रान्तिको सम्झना

    भक्तपुर, २२ कार्तिक । नेपाल संवत् ११३९ तथा शुभ दीपावली २०७५ को अवसरमा नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भनपा ४ वडा एकाइ समितिको आयोजनामा बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले काम गरी खाने मजदुर वर्गको हकाहितको लागि मजदुर सङ्घ क्रियाशील रहेको बताउनुभयो । उहाँले आजभन्दा ७० वर्ष अगाडि […]

  • नेपाल संवत्को नयाँ वर्षमा सांस्कृतिक प्रभातफेरी

    भक्तपुर, २२ कार्तिक । नेपाल संवत् ११३९ को नयाँ वर्षको अवसरमा नेपालभाषा साहित्य तः मुंज्याले बिहीबार किसान, महिला, मजदुर, शिक्षक, युवा, विद्यार्थी, कर्मचारी, उद्योगी, व्यवसायी, दाफा भजन टोली, वाद्यवादक, कलाकार, साहित्यकार, सञ्चारकर्मी आदिको व्यापक जनसहभागितामा सांस्कृतिक ¥याली ग¥यो । ¥याली भक्तपुर नगरको कमलविनायक र गःहिटीबाट सुरू भएको थियो । बजार परिक्रमापछि दरवार क्षेत्रमा आयोजित समापन समारोहमा नेमकिपाका केन्द्रीय […]

  • १०१ औं अक्टोवर समाजवादी क्रान्ति दिवस मनाइयो

    काठमाडांै, २१ कार्तिक । सन् १९१७ को नोभेम्बर ७ मा रूसमा भएको अक्टोबर समाजवादी क्रान्तिको १०१ औं वर्षगाँठको अवसरमा बुधबार नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागको आयोजनामा प्रवचन कार्यक्रम भयो । कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले रुसी क्रान्तिको इतिहासले एक–दुई जना व्यक्ति क्रान्तिकारी र राम्रो मनसायको हुँदैमा समाजमा क्रान्ति नहुने पाठ सिकाएको बताउनुभयो । रूसमा […]

  • क्रान्तिकारी विद्यार्थी भेला तथा प्रशिक्षण

    भक्तपुर, २० कार्तिक । १०१ औं ‘अक्टोबर क्रान्ति दिवस’ को अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस समितिको आयोजनामा मङ्गलबार विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका सदस्य पाण्डव सुवालले अक्टोबर क्रान्तिले संसारभरि क्रान्तिको लहर ल्याएको बताउनुभयो । नेकपाको सरकारले क्रान्तिको कुनै तयारी नगरी प्रचारबाजीमा लागेको उल्लेख गर्दै […]