गतिविधि

  • टोखामा १३ औँ जनसाहित्य सम्मेलन

    काठमाडौँ, ७ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा १३ औँ जनसाहित्य सम्मेलन बुधबार टोखामा सम्पन्न भयो । जनसाहित्य समाज टोखाको आायोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै सांसद सुवालले जनसाहित्य सम्मेलन कामदार वर्गको दबु भएकोले यो दबुमा प्रतिक्रियावादी साहित्यको खण्डन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दलका, नेता र कार्यकर्ताहरू सिद्धान्तनिष्ठ हुनु […]

  • आत्मरक्षा तालिम सम्पन्न

    भक्तपुर, ६ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा भनपा वडा नं. ९ मा भएको आत्मरक्षा तालिमको समापन कार्यक्रम नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मङ्गलबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रजापतिले आफूमा भएको कुनै पनि सीप अनावश्यक प्रयोग भए खतरा हुने र सही सदुपयोग भए निकै फलदायी हुने बताउनुभयो । कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले […]

  • भक्तपुर महोत्सवको तयारीमा होटल व्यवसायी भेला

    भक्तपुर, ५ फागुन । नेपाल भ्रमण वर्ष सफल पार्न भक्तपुर नगरपालिकाको आयोजनामा चैत ४–८ गतेसम्म सञ्चालन हुने पाँचदिने ‘भक्तपुर महोत्सव’ को तयारीस्वरूप सोमबार नगरभित्रका होटल व्यवसायीहरूको भेला भयो । भेलामा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको भविष्य पर्यटन क्षेत्रको विकास भएको उल्लेख गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि होटल व्यवसायीहरूले गुणस्तरीय सेवा–सुविधा प्रदान गर्न आग्रह गर्नुभयो । चीनमा हाल […]

  • भक्तपुर नगरपालिकाको छैटौँ नगरसभा चालू

    भक्तपुर, ४ फागुन । भक्तपुर नगरपालिकाको छैटौँ नगरसभाको बैठक आइतबार पनि बस्यो । नगरसभाको विशेष समयमा १९ जना नगर सभासद्हरूले नगरको समसामयिक विषयवस्तुमा आ–आफ्नो धारणा व्यक्त गरे । सभामा शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका संयोजक रवीन्द्र ज्याख्व, निर्माण समितिका संयोजक उकेश कवां, युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, खानेपानी समितिका संयोजक महेन्द्र खायमलीले नगर सभासद्हरूद्वारा व्यक्त जिज्ञासामाथि […]

  • सकियो पुस्तक प्रदर्शनी

    भक्तपुर, ४ फागुन । आरम्भ नेपालको आयोजनामा भएको तीनदिने पुस्तक प्रदर्शन आइतबार सकियो । प्रदर्शनमा झन्डै २५ हजार सहभागीले अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनमा सहभागी प्रकाशकहरूले तीन दिनमा ६ लाखभन्दा बढीको पुस्तक बिक्री गरेको आयोजक समितिका अध्यक्ष बालकृष्ण बनमालाले बताउनुभयो । आइतबार आयोजित समापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले पुस्तक प्रदर्शनीले […]

  • महोत्सव तयारीमा संस्कृतिकर्मीसँग परामर्श

    भक्तपुर, ३ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा आगामी चैत ४ देखि ८ सम्म हुने भक्तपुर महोत्सवको तयारी तीव्र पारिएको छ । यसै क्रममा शनिबार नगरपालिका क्षेत्रभित्रका सांस्कृतिक गुरु तथा संस्कृतिकर्मीहरूको भेला सम्पन्न भयो । भेलामा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवलाई सम्पूर्ण भक्तपुरवासीको साझा महोत्सवको रूपमा अघि बढाउने तयारी भइरहेको बताउनुभयो । भक्तपुर नगरपालिका देशभरिका अन्य स्थानीय तह तथा […]

  • बुटवलमा ‘हजुरबुबाको चिट्ठी’ बारे अन्तरक्रिया

    बुटवल, ३ फागुन । नेपाल मजदुर किसान पार्टी रूपन्देहीले ‘हजुरबुबाको चिट्ठी’ पत्रसाहित्य कृतिबारे शनिबार तिलोत्तमामा अन्तरक्रिया कार्यक्रम ग¥यो । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले ‘हजुरबुबाको चिट्ठी’ बाट नयाँ पुस्तालाई देशप्रति जिम्मेवार बनाउन खोजेको स्पष्ट पार्नुभयो । कृतिमा सङ्कलित ४० वटा चिट्ठीहरूले तात्कालीन घटनाबारे विश्लेषणमात्र दिएको नभई अवकाश […]

  • एभरेष्ट इङ्गलिस स्कूलको ३७ औँ वार्षिकोत्सव समारोह

    भक्तपुर, १ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा एभरेष्ट इङ्गलिस स्कूलको ३७ औँ वार्षिकोत्सव समारोहको अवसरमा पुरस्कार वितरण तथा पुस्तक हस्तान्तरण कार्यक्रम बिहीबार सम्पन्न भयो । विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर शैक्षिक क्षेत्रमा अगाडि बढिरहेको जिल्ला भएको बताउँदै भक्तपुरको एउटै परिवारमा ६ जनासम्म इन्जिनियर उत्पादन भएको बताउनुभयो । भक्तपुरलाई शैक्षिक गन्तव्यस्थलको […]