जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु
- आश्विन ३, २०८१
सन् १९५१ मा सिजाङ (तिब्बत)को शान्तिपूर्ण मुक्ति चीनको लागि एक महत्वपूर्ण र ऐतिहासिक घटना थियो र १९५९ मा यस क्षेत्रको लोकतान्त्रिक सुधारको वैश्विक मुक्ति आन्दोलनको माइलस्टोन थियो । त्यसबेलादेखि सिजाङ स्वायत्त क्षेत्र आफ्नो पिछडिएको, निरङ्कुश, पृथक विगतबाट मुक्त भई समृद्धि, लोकतन्त्र र खुला भविष्यलाई अँगालेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वको सकारात्मक भूमिकाका कारण लाखौँ दासदासीहरूले आफूलाई आफ्नै मालिकको रूपमा प्राप्त गरी प्रजातान्त्रिक अधिकारहरू उपभोग गर्न सक्षम भए र समाजवादी देश निर्माणमा सबै जातीय समूहका मानिसहरूसँग मिलेर ठुलो उपलब्धि हासिल गरे ।
सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनदेखि नै स्वायत्त क्षेत्रका अधिकारी र विभिन्न जातीय समूहका जनताले सिजाङलाई अभूतपूर्व विकास र ठुलो परिवर्तनको स्थिर अवधिमा प्रवेश गर्नको लागि जनतालाई थप मूर्त लाभहरू प्रदान गर्न मिलेर काम गरेका छन् । सिजाङको सामाजिक र आर्थिक प्रगतिले विश्वको छतमा सिर्जना गरेको विकासमा राष्ट्रको उत्कृष्ट उपलब्धिहरूको प्रतीक हो ।
यातायात पूर्वाधार निर्माण र पावर ग्रिड निर्माणमा उल्लेख्य प्रगति भएको छ । यस क्षेत्रका लागि ठुलो विकासका अवसरहरू उपलब्ध भएका छन् । २०२२ को प्रारम्भमा, त्यहाँ सडकको कुल लम्बाइ ११०५ किलोमिटर उच्चस्तरीय राजमार्गसहित सडकको लम्बाइ १२१४०० किलोमिटर नाघेको छ जबकि रेलवे नेटवर्क १३५९ किलोमिटरमा विस्तार गरिसकिएको छ । सिचुआन–सिजाङ रेलवेको यान–निङ्ची खण्ड निर्माणाधीन छ र ल्हासा–निङ्ची खण्ड सेवामा प्रवेश गरेको छ । छिङहाई–सिजाङ, सिचुआन–सिजाङ, सेन्ट्रल सिजाङ र नगारी विद्युतीय प्रसारण लाइन निर्माण भइसकेको छ ।
देशले सिजाङ (तिब्बत) मा शिक्षा सुधार गर्न प्राथमिकता दिएको छ । सन् २०१२ देखि २०२२ सम्म सिजाङमा शिक्षा क्षेत्रमा कुल २५१.५१ अर्ब युआन (३४.७२ बिलियन डलर) लगानी गरिएको थियो । हाल, यस क्षेत्रमा ९,४४,००० भन्दा बढी विद्यार्थीहरू भर्ना भएका विभिन्न प्रकारका र विभिन्न स्तरका ३,४०९ वटा विद्यालयहरू छन् । अनुकूलित शैक्षिक स्रोतहरू र आधुनिक शिक्षा प्रणालीले सबै जातीय समूहका मानिसहरूको शिक्षाको अधिकारको ग्यारेन्टी मात्र गरेको छैन, बरु सिजाङ र देशका लागि ठुलो सङ्ख्यामा प्रतिभाको उत्पादन पनि गरिरहेको छ ।
देशले निरपेक्ष गरिबी उन्मूलन र सबै हिसाबले मध्यम समृद्ध समाज निर्माण गर्ने लक्ष्य हासिल गरेपछि यसले ग्रामीण जीवनलाई तीव्रता दिएको छ । २०२१ देखि सिजाङले कुल ३०० वटा सुन्दर र बस्नयोग्य गाउँहरू निर्माण गरेको छ र ५०५ नमुना गाउँहरू सिर्जना र प्रमाणित गरेको छ । सिजाङले साझा समृद्धिलाई द्रुतगतिमा बढाइरहेको छ । यस क्षेत्रका बासिन्दाहरूको प्रतिव्यक्ति डिस्पोजेबल आम्दानीको वृद्धिदर सन् २०१५ देखि लगातार आठ वर्षसम्म देशकै उच्च रहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) को नेतृत्व, चिनियाँ विशेषतासहितको समाजवाद र क्षेत्रीय जातीय स्वायत्तताको व्यवस्थालाई समर्थन गर्दै देशले विगत दशकहरूमा उपलब्धिहरू हासिल गरेको छ । यसबाहेक, सिजाङमा भइरहेको काममा गहिरो परिवर्तनहरू छन् । चिकपाले परिस्थितिको आफ्नो बुझाइको आधारमा, सिजाङका जनतालाई स्थिरता र समृद्धितर्फ डो¥याउनका लागि आफ्ना सफलताहरूको सारांश प्रस्तुत गरेको छ र नयाँ युगमा सिजाङलाई शासन गर्ने दिशानिर्देशहरू प्रस्ताव गरेको छ ।
चिनियाँ विशेषतासहितको समाजवादको अभ्यास र सिजाङको वास्तविक स्थितिमा आधारित यी दिशानिर्देशहरूले सिजाङसँग सम्बन्धित कामको गहिरो बुझाइ देखाउँछन् । तिनीहरूले त्यहाँको स्थिरता र भविष्यको विकासको लागि यसको योजनाहरूमा चिकपाको विगतका सफलताहरू समावेश गर्दछ । नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी चिनफिङ विचारलाई मूर्त रूप दिँदै यी दिशानिर्देशहरूले सिजाङको शासनमा भविष्यको दिशानिर्देश र रणनीतिमा प्रश्नहरूको श्रृङ्खलाको जवाफ दिन्छ र यस क्षेत्रसँग सम्बन्धित सबै उपक्रमहरूमा पालना गर्नुपर्नेछ ।
पहिलो, दिशानिर्देशहरूले सिजाङको शासनको विशेष ध्यानलाई स्पष्ट गरिरहेको छ र क्षेत्रको विकासको लागि मूल्याङ्कन मापदण्ड प्रस्ताव गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मूल आकाङ्क्षा र लक्ष्य भनेको चिनियाँ जनताको खुसी र चिनियाँ राष्ट्रको कायाकल्प गर्नु हो । राष्ट्रिय एकीकरण र जातीय एकता समाजवादी आधुनिकीकरण र चिनियाँ राष्ट्रको पुनरुत्थानको आधारभूत सुनिश्चितता गर्नु हो ।
चीनको लागि १.२ मिलियन वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल भएको र विश्वको छतमा अवस्थित सिजाङ एक महत्वपूर्ण राष्ट्रिय सुरक्षा किल्लाको रूपमा काम गर्दछ । यसले रणनीतिक स्रोत आरक्षण गर्ने प्रमुख आधार एक महत्वपूर्ण पारिस्थितिक सुरक्षा स्क्रिन पनि सिर्जना गर्दछ । यो चिनियाँ राष्ट्रको अद्वितीय संस्कृतिको संरक्षणको लागि घर हो । दक्षिण एसियासँग देशको आदानप्रदानका लागि ह्ष्शबलन एउटा महत्वपूर्ण च्यानल हो । यो क्षेत्र चीनको घरेलु शत्रु र पृथकतावादी शक्तिहरूविरुद्धको सङ्घर्षको अग्रभागमा रहेको छ ।
दोस्रो, स्थानीय सरकारले स्थायित्व सुनिश्चित गर्ने, विकासको सहजीकरण गर्ने, पर्यावरणको संरक्षण गर्ने र सिमानाको सुदृढीकरण गर्ने गरी चारवटा मुख्य कार्यलाई कार्यान्वयन गर्नुपर्छ । हाल, सिजाङले पृथकतावादीहरूविरुद्धको लडाइँको जोखिमलाई सम्बोधन गर्न, दीर्घकालीन सामाजिक स्थायित्व प्रवद्र्धन गर्न, उच्च गुणस्तरको आर्थिक रूपान्तरणलाई बलियो बनाउन, पर्यावरण संरक्षणलाई सुदृढ गर्न र सीमा क्षेत्रहरूलाई जीवन्त बनाउन र बासिन्दाहरूको जीवनलाई समृद्ध बनाउन जारी राख्न आवश्यक छ ।
यसरी, अधिकारीहरूले दिगो, दीर्घकालीन र व्यापक स्थिरता सुनिश्चित गर्न दीर्घकालीन संयन्त्र स्थापना गर्छन् । स्थानीय सरकारले गरिबी उन्मूलनमा सफलता हासिल गरेर, हरित विकासलाई प्रवद्र्धन गर्दै र विशेष उद्योगहरूको विकास गरी ग्रामीण जीवनलाई उन्नतितर्फ अगाडि बढाइरहेको छ ।
तेस्रो, राष्ट्रिय एकता र जातीय एकताको रक्षा गर्न र सबै जातीय समूहका मानिसहरूलाई देशको सही बुझाइ विकास गर्न मार्गदर्शन गर्न चिनियाँ राष्ट्रको समुदायको भावनालाई सुदृढ गर्ने प्रयास गर्नुपर्छ ।
समृद्ध धार्मिक संस्कृति भएको सीमावर्ती जातीय क्षेत्रको रूपमा सिजाङले सबै जातीय समूहका मानिसहरू र दलाई लामा गुटद्वारा प्रतिनिधित्व गर्ने पृथकतावादी शक्तिहरूबिचको विशेष विरोधाभासको सामना गरिरहेको छ । चिनियाँ राष्ट्रको पुनरुत्थानलाई अगाडि बढाउन अधिकारीहरूले सबै जातजातिहरूको साझा समृद्धि र विकास जातीय ऐक्यबद्धता र प्रगतिलाई सहज बनाउने, पृथकताविरुद्धको लडाइँ जारी राख्ने, धर्मलाई चीनको यथार्थमा ग्रहण गर्ने, तिब्बती बौद्ध धर्मलाई समाजवादी समाजमा ग्रहण गर्ने र एकताका लागि काम गर्न आवश्यक छ ।
सिजाङको इतिहासमा लिपिबद्ध जातीय आदानप्रदान, सञ्चार र एकीकरण, मातृभूमि, चिनियाँ राष्ट्र, चिनियाँ संस्कृति, इतिहास र धर्महरूका बारेमा सबै जातीय समूहका मानिसहरूमा चेतना अभिवृद्धि गर्नका साथै चिनियाँ विशेषतासहितको समाजवाद, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको बुझाइको प्रचारप्रसार गर्ने प्रयास गर्नुपर्छ ।
पार्टीले चीनलाई सबै हिसाबले आधुनिक समाजवादी देशको रूपमा निर्माण गर्ने दोस्रो शताब्दीको लक्ष्य पूरा गर्न र चिनियाँ राष्ट्रलाई आधुनिकीकरणको चिनियाँ मार्गमार्फत सबै मोर्चामा पु¥याउने दोस्रो शताब्दीको लक्ष्य पूरा गर्न सिजाङका सबै जातीय समूहका मानिसहरूलाई नेतृत्व गरिरहेको छ ।
(लेखक चीन तिब्बत विज्ञान अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता हुनुहुन्छ ।)
– चाइना डेलीबाट
अनुवाद : प्रकाश
Leave a Reply