अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि अस्ट्रेलियाको सीमा भनेको ‘गाई मारी गधा पोस्ने’ कार्य हो
- आश्विन १८, २०८१
चाडपर्व भन्नासाथ अझै धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन् । त्यहीअनुसार तयारी गरिएको हुन्छ । पहिला–पहिला वर्षभरि मिठो परिकार खान पाउनेको सङ्ख्या कम हुन्थ्यो । नयाँ लुगा किन्न पनि दसैँ नै कुर्नुपर्ने हुन्थ्यो । तर, समयान्तरसँगै अहिले लुगा पनि जहिल्यै किनेर लगाउन सकिन्छ भने खानेकुराको उपलब्धता र पहुँच पनि केही हदसम्म वर्षैभरि हुन थालेको छ ।
चाडपर्वमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफुल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ । अनि बिदामा रमाइलो गर्नुपर्छ भन्दै बिहानैदेखि खाना पकाउने र खाने कार्यक्रम सुरु हुन्छ । चिल्ला मासुका परिकारसँगै विभिन्न किसिमका रक्सीहरू पिउने धेरै हुन्छन् ।
बियर, वाइन, ह्विस्कीले अहिलेको समाजमा राम्रै पकड जमाइसकेको छ । कहिल्यै रक्सी नपिउनेले पनि यो दसैँमा त पिउनुपर्छ भन्दै सुरु गर्छन् । कोही, चाडपर्व त हो नि भन्दै महँगा विदेशी रक्सी भित्याउन थाल्छन् । कतिपयले त मदिरा नै उपहार दिने र लिने गर्छन् । अरु समयमा भन्दा दसैँमा अत्यधिक रक्सीको खपत हुन्छ, जुन स्वास्थ्यको दृष्टिकोणले नराम्रो हो ।
चाडपर्वमा तास खेल्ने, फिल्म हेर्ने, कम्प्युटर, मोबाइलमा गेम खेल्ने, इन्टरनेट खोलेर सोसल मिडियामा व्यस्त हुने पनि धेरै नै हुन्छन् । यी कार्यहरूले हामीलाई खाना अत्यधिक र व्यायाम कम गराउँछ । सजिलै तौल बढाउन मद्दत गर्छ ।
चाडपर्वमा हामी ६ हजारदेखि ७ हजार क्यालोरी एकै दिनमा खान्छौँ । तर, केही पनि कसरत नगरी बसी–बसी खायौँ भने त २ हजार क्यालोरी पनि खर्च हुँदैन । अनि त्यो ४ हजार देखि ५ हजार बढी क्यालोरी के गर्ने ?
क्यालोरी भन्नाले खानामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो खाद्यान्नबाट प्राप्त हुने शक्ति हो । १ ग्राम कार्बाेहाइड्रेट वा प्रोटिनले ४ क्यालोरी दिन्छ भने १ ग्राम चिल्लोले ९ क्यालोरी दिन्छ । १ ग्राम रक्सी पियौँ भने ७ क्यालोरी पाइन्छ भने ३३० एमएल कोक पियौँ भने १४० क्यालोरी शक्ति पाइन्छ ।
ती क्यालोरी प्रदान गर्ने मासु, दूध–दही, मिठाइ, पनिर वा एनिमल फ्याट (बोसो) राम्ररी प्रयोग हुन पाएन भने हाम्रो कलेजोमा वा रक्तनलीमा जम्न थाल्छ । रक्तनलीको चिल्लो पदार्थ बढ्दै जाँदा रक्तनली बन्द हुने खतरा हुन्छ र हृदयाघात, मस्तिष्काघात हुने खतरा हुन्छ । अतः चाडपर्वमा रमाइलो गर्नुपर्छ, खानुपर्छ तर आवश्यकताअनुसार मात्र । सबैभन्दा महत्वपूर्ण कुरा त खानाअनुसार यथेष्ट व्यायाम गर्नुपर्छ ।
व्यायामको लागि यसो गरौँ
धेरैजसो बिहान मन्दिर दर्शन गर्न त गई नै रहेका हुन्छन् । त्यो समयमा गाडी, मोटरसाइकल प्रयोग नगरी बिहान २÷३ घण्टा साथीभाइ तथा परिवारजनसँग गफ गर्दै हिँड्दा रमाइलो पनि हुन्छ र व्यायाम पनि हुन्छ ।
घरमा बसेर खाना बनाउने, गफिने बेलामा पनि मेचमा सोफामा बस्नुको सट्टा उभिएर नै सबै काम ग¥यो भने पनि व्यायाम हुन्छ ।
तास खेल्ने, टीभी हेर्नेभन्दा घर–आँगनमै ब्याडमिन्टन खेल्ने, टेबलटेनिस खेल्ने, बल खेल्ने भयो भने अर्को व्यायाम हुन्छ ।
कतिपय ठाउँमा आफू पहिले कहिल्यै गएको छैन भने दसैँ बिदामा त्यो ठाउँमा पैदल नै किन नपुग्ने ? ३/४ घण्टा पैदलै गएर विभिन्न नौलो ठाउँ वा आपूmलाई मनपर्ने ठाउँको रमाइलो बटुल्यौँ भने व्यायाम पनि भयो, रमाइलो पनि ।
बेलुका पनि खानापश्चात् एक घण्टा स–परिवार नै घर बाहिर पैदल घुमेर आयौँ भने अर्काे आनन्द लिन सकिन्छ ।
बालबालिकालाई पनि सकेसम्म शारीरिक व्यायाम हुने खेलहरूमा समावेश गराऔँ । फुटसल, साइक्लिङ, क्रिकेट, दौड वा अन्य कुनै ।
चाडपर्वमा बाहिर धेरै नै मोटर–गाडीहरू नगुड्ने हुनाले पैदल यात्रा सँगसँगै साइक्लिङ, जगिङ, रनिङ पनि पनि उत्तिकै सम्भव भएको हुनाले यो चाडपर्वमा काठमाडौँवासीले किन रिङरोड पूरै साइक्लिङ नगर्ने ? वा स्वयम्भूदेखि पशुपतिसम्म किन रनिङ नगर्ने ? वा सबै देवीको मन्दिर पैदलै किन नभ्याउने ? वा नारायणथान, गोदावरी, टोखा, गोकर्ण, चोभार आदि ठाउँ किन पैदलै अनुभव नगर्ने ? काठमाडौँ बाहिरकाले पनि आफ्नो ठाउँको रमाइलोपना किन पैदलै डुलेर नगर्ने ?
जसरी भए पनि आफ्नो शरीरलाई एकै ठाउँमा मात्र नराखेर चलायमान राख्यौँ भने हामीले अरु ३ हजार क्यालोरी जति प्रयोग गर्न पाउँछौँ । त्यसैले यो चाडपर्व रमाइलो गरी मनाउने बेला खानाको साथै हिँड्ने कामलाई पनि तिव्रता दिन सक्यौँ भने चाडपर्व मङ्गलमय हुनाका साथै स्वस्थकर पनि हुनसक्छ ।
(लेखक धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक हुनुहुन्छ ।)
Leave a Reply