धूर्तले बुनेको जाल एक दिन तोडिने छ
- आश्विन २८, २०८१
हर्टअट्याक (हृदयाघात) अकस्मात् हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्षयणहरू पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाब भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्षयणसहित पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिङ्गटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ । यस्ता लक्षयण देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल उल्लेखित कुनै पनि कारण तपाईसँग मिल्दोजुल्दो छ भने तपार्इँ हर्टअट्याकको जोखिममा हुनुहुन्छ ।
हर्टअट्याक हुने ८ कारण :
–उच्च कोलेस्टेरोल
उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाउँछ । रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ । युवा अवस्थामा देखिने हर्टअट्याकको प्रमुख कारणमा उच्च कोलेस्टेराल र धूमपान मानिन्छ ।
–धूमपान
धूमपानले हर्टअट्याकको सम्भावना २ देखि ४ गुणा बढाउछ । जति धेरै पटक धूमपान गर्यो त्यति नै हर्टअट्याकको सम्भावना बढ्दै जान्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्टेरोल भएका व्यक्तिलाई धूमपान अत्यन्तै खतरा मानिन्छ ।
–उच्च रक्तचाप
उच्च रक्तचाप भएको व्यक्तिमा हर्टअट्याकको सम्भावना २ गुणा बढी हुन्छ ।
–मधुमेह
मधुमेह भएका व्यक्तिमा हर्टअट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ । लामो समयदेखि मधुमेह छ भने हर्टअट्याकको सम्भावना झन् बढी हुन्छ । मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोल नियन्त्रण नगरे हर्टअट्याक हुने सम्भावना धेरै हुन्छ ।
–मोटोपना
मोटोपना र पेट ठुलो भएका मानिसमा हर्टअट्याकको सम्भावना हुन्छ ।
–वंशाणुगत
परिवारमा कसैलाई हर्टअट्याक (पुरुषलाई ४५ र महिलालाई ५५ वर्षभित्र) भएको छ भने अन्य सदस्यलाई पनि हर्टअट्याक हुने सम्भावना हुन्छ ।
–अत्याधिक मदिरा सेवन
नियमित अत्याधिक मदिरा सेवन गर्ने र एकैपटक धेरै मदिरा सेवन गर्ने मानिसलाई पनि हर्टअट्याकको सम्भवना हुन्छ ।
–मानसिक तनाव
मानसिक तनाव वा डिप्रेसन भएका मानिसलाई पनि हर्टअट्याकको सम्भावना हुन्छ ।
हर्टअट्याकबाट जोगिने १५ तरिका
१. शरीरको तौल नियन्त्रण गर्ने ।
२. सामान्यतया अत्यधिक नूनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने भएकोले खराब मानिन्छ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । तर, अत्यधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाईसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको पनि नियन्त्रण गर्नुपर्छ ।
३. स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको सट्टा मोनो अनस्याचुरेटेड फ्याटको प्रयोग गर्ने । ओलिभ आयललाई सलादसँग नियमितरूपमा उपयोग गर्ने मेडिटेरीयन क्षेत्रका बासिन्दामा हृदयाघात तथा मुटुका अन्य समस्या कम पाइन्छ । गुणस्तरीय एक्स्ट्रा भर्जिन ओलिभ आयलको उपयोग गरौँ ।
४. खानामा माछालाई हप्तामा कम्तीमा तीनपटकसम्म सेवन गरौँ । मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गरौँ । प्राकृतिकरूपमा पाइने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन् ।
५. ओलिभ ओइल ओमेगा ३ फ्याट्टी एसिडको स्रोत हो । तर, प्रमुखतया भेजिटेवल आयलमा ओमेगा ६ फ्याट्टी एसिड हुन्छन् जसले शरीरमा आन्तरिक सूजनलाई बढाएर हृदयाघात तथा अन्य दीर्घरोग निम्त्याउँछन् । ओमेगा ३ ले असल कोलेस्ट्ररोल एचडीएल कोलेस्टेरोलको मात्रा बढाउछन् । तसर्थ ओमेगा ३ फ्याट्टी एसिडयुक्त खानाको नियमित सेवन गरौँ र ओमेगा ६ को मात्रा नियन्त्रण गरौँ ।
६. तनाव नियन्त्रण गरौँ । किनभने तनावले आन्तरिक सुजनलाई बढाइदिन्छ । नियमित ध्यान गर्ने मान्छेको आयु लम्बिने कुरा विज्ञानले पनि पुष्टि गरेको छ ।
७. भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरूजस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सी, भिटामिन ई आदिको उपभोग गर्ने । साथै कोइन्जाइमक्यु १०, सेलेनियम आदिले पनि हृदयाघातबाट रोकथाम गर्छ ।
८. दैनिक आधा घण्टादेखि पैतालीस मिनेटसम्म हल्का ब्यायाम गर्ने । हल्का व्यायामले असल कोलेस्टेरोललाई बढाउँछ तथा इन्सुलिन सेन्सिटिभिटीलाई बढाउँछ । यस्तै, टाइप २ डाईबिटिजलाई नियन्त्रण गर्छ र मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ ।
९. महिलाले दिनमा एक ड्रिङ्क रेड वाइन र पुरुषले दुई ड्रिङ्कसम्म उपभोग गर्दा एचडीएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ । तर, जथाभावीरूपमा रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाइलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन् । तसर्थ वाइन कम सेवन गर्दा फाइदा हुन्छ भने अत्यधिक सेवनले धेरै हानि पु¥याउँछ ।
१०. गाढा हरियो सागसब्जी, ब्रोकाउली , फर्सी, राज्मा, गेडागुडी, सोया, तोफुवलगायतका सबै प्रकारका फलफुल दैनिक कम्तीमा तीन–चारपटक खानुपर्छ । खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्टेरोल नियन्त्रण गर्छ ।
११. काचो वा हल्का तेलमा भुटेर २–३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ । यदि पहिले नै रगत पातलो बनाउने औषधिको उपभोग गर्नुहुन्छ भने चिकित्सकसँग परामर्श लिनुहोस् किनभने लसुनले रगतलाई पातलो बनाउँछ ।
१२. कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफुलको मात्रा बढाउने ।
१३. यदि उच्च रक्तचाप तथा मधुमेहको रोगी हुनुहुन्छ भने बेला बेलामा चिकित्सककहाँ गएर सल्लाह, सुझाव लिने गरौँ ।
१४. शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ ।
१५. शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिष्कघातको समस्या बढ्छ । यो समस्या या त जन्मजातरूपमा देखिन्छ या भिटामिन बी ६ तथा भिटामिन बी १२ को कमीमा देखिन्छ । तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ ।
Leave a Reply