महिला अधिकार : संविधान र व्यवहारबारे एक विश्लेषण
- आश्विन ३, २०८१
कुनै पनि राजनीतिक दलको उद्देश्य सिद्धान्त र विचार जनतामाझ पु¥याएर जनतालाई सचेत र सङ्गठित गरी परिवर्तन गरेर बहुमत जनताको सेवा गर्ने हुनुपर्छ । दलको सिद्धान्त र विचार जनतामाझ पु¥याएर जनतालाई सङ्गठित र सुसूचित पार्न कुनै दलको सम्मेलन र चुनाव पर्खेर बस्नुपर्दैन । राजतन्त्रको अन्त्यपछि स्थापना भएको पुँजीवादी व्यवस्था अन्त्य गर्न कम्युनिस्ट पार्टीहरूले समाजवादी प्रचार अभियान गर्नुपर्ने हो; कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार प्रचार गरेर जनतालाई सिद्धान्तनिष्ठ बनाउनुपर्ने हो । तर, आफूलाई कम्युनिस्ट भनिने शासक र ठुला दलका नेताहरू परिवर्तन गरेर देश र जनताको सेवा गर्न होइन अर्को निर्वाचनमा जसरी भए पनि जितेर एकल सरकार बनाउने या अझ ठुलो दल बनाउने अभियानमा जुटेका छन् । एमालेले ‘समृद्धिको लागि सङ्कल्प यात्रा’ र माओवादी केन्द्रले ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ थालेका छन् । त्यस्तै सिद्धान्त र विचारको मार्गदर्शक नभएका अन्य दलहरू दल ठुलो बनाउने अभियानमा छन् । नेकाले यसअघि ‘समुदायमा काङ्ग्रेस’ अभियान सञ्चालन गरेको थियो । सारमा ती सबै दलहरूको अभियान सत्तासित सम्बन्धित छ या ती दलका नेताहरू सत्तामुखी राजनीतिमा अभिप्रेरित छन् ।
देशमा परिवर्तन गरेर बहुमत जनताको सेवा गर्ने हो भने सबै कम्युनिस्ट पार्टीले समाजवादी प्रचार अभियान छेड्नुपर्छ । पुँजीवादी गणतन्त्र फालेर समाजवादी गणतन्त्र स्थापना गर्न सङ्घर्ष नगरी सम्भव छैन । पुँजीवादी व्यवस्थामा जुनसुकै दलले सरकारको नेतृत्व गरे पनि समाजवादी गणतन्त्र स्थापना हुँदैन । पुँजीवादी निर्वाचनमा जुनसुकै दलको बहुमतको एकल सरकार बने पनि त्यो पुँजीवादी व्यवस्था नै हुन्छ । कम्युनिस्ट भनिने पार्टीको नेतृत्वमा पटकपटक सरकार बने पनि त्यो सरकारले पुँजीपतिवर्गको सेवाकै निम्ति ग¥यो । एमाओवादी र एमालेको नेतृत्वमा पटकपटक सरकार बनेकै हो । तर, श्रमजीवीवर्गको हितमा नीति बनेन, निर्णय भएन । अतः हरेक कम्युनिस्ट पार्टी जसरी भए पनि बहुमत ल्याएर सत्तामा जानुभन्दा व्यवस्थै बदल्न अघि सर्नुपर्छ । त्यसको निम्ति कम्युनिस्ट पार्टीहरू लाग्नुपर्छ ।
कम्युनिस्ट पार्टीले के कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार प्रचार गर्नुपर्दैन ? पार्टीको मार्गनिर्देशक माक्र्सवाद – लेनिनवाद हो भने त्यसअनुसार पार्टीले नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्दैन ? देश, काल र परिस्थितिअनुसार यहाँ माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा लागु गर्न अघि बढ्नु पर्दैन ? समाजवादी व्यवस्था र समाजवादी सिद्धान्तको प्रचार गर्न ती दलहरू जनतामाझ पुग्नु पर्दैन ? तर, ती दलका नेताहरूको ध्यान खालि सरकारमा रजाइँ गर्ने र आफ्ना नेता तथा कार्यकर्ता पाल्नेबाहेक अर्को देखिएको छैन । सत्तारुढ दलका नेता र मन्त्रीहरूले सरकारलाई आ–आफ्नो पार्टी चलाउने धन्धा बनाइरहेका छन् । देश र जनताको ख्याल नगरी खालि व्यक्तिगत र दलगत स्वार्थमा लागेर के देश समृद्ध बन्छ; जनता सुखी हुन्छन् ?
शासकहरूले न आ–आफ्नो दलको सिद्धान्त र विचार प्रचार गरेका छन् न त देश र जनताप्रति जिम्मेवार भएर शासन नै गरेका छन् । राजनीति जनताकेन्द्रित भएन भने त्यो दलको राजनीति कसरी प्रजातान्त्रिक हुन्छ ? भागबन्डाको राजनीतिमा लागेर त्यसले कसरी निश्चित मार्गनिर्देश गर्नसक्छ ? सरकारको दम्भ देखाएर, ठुलो दलको अभिमानी गरेर देश विकास हुने हो र ? शासकीय दम्भबाट गणतन्त्र संस्थागत हुँदैन । आज ठुला दलहरूकै कारण देशमा अन्योल र सङ्कट देखिएको छ । देश पराधीन बन्दै जानु पनि ठुलो दलको नेतृत्वमा बनेको सरकारकै कारण हो । सरकारहरू विदेशीको भरमा बस्दा देशमा विकासको कुनै पूर्वाधार बनेन; बनाइएन । सरकारले गरेको निर्णय पनि लागु भएन । यसकारण, देश साक्षर मुलुक पनि बनेन । आत्मनिर्भरको कुरा त परै जाओस् । उनीहरू सरकारमा जानु भनेको देश र जनताको सेवा गर्न होइन अकुत सम्पत्ति कुम्ल्याउन रहेछ, नेता, कार्यकर्ता पाल्न रहेछ । यस्तो राजनीति अन्त्य हुनुपर्छ ।
Leave a Reply