भर्खरै :

प्राङ्गारिक उत्पादन अध्ययनको केन्द्र होलीग्रिन

प्राङ्गारिक उत्पादन अध्ययनको केन्द्र होलीग्रिन

डुम्रे (तनहुँ) । नेपाल कृषि प्रधान देश हो । यद्यपि, खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । स्वदेशमै उत्पादन वृद्धि गरी आयातलाई निर्यातमा परिणत गर्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेका छन् ।
उत्पादन वृद्धि गर्ने हेतुले अहिले कृषि र प्रविधिलाई विशेष प्राथमिकता दिए पनि तीनै तहका सरकारले प्राङ्गारिक उत्पादनलाई जोड दिएका छैनन् । प्राङ्गारिक उत्पादनलाई जोड दिने भनिए पनि रासायनिक मल, विषादी प्रयोग न्यूनीकरण गर्न सकिएको छैन । कृषिलाई प्राथमिकता दिँदै प्राङ्गारिक उत्पादनमा युवालाई परिचालन गर्न आवश्यक छ ।
प्राङ्गारिक उत्पादनलाई प्राथमिकतामा राखी खेती गर्दै आउनुभएका शुक्लागण्डकी नगरपालिका–३ स्थित होलीग्रिन एग्रो फार्मका सञ्चालक महेन्द्रकुमार श्रेष्ठ भन्नुहुन्छ, “जैविक र प्राकृतिक कृषिबाट व्यावसायिक र आत्मनिर्भर बन्नुपर्छ ।” प्राङ्गारिक र वास्तविक स्वाद रहेका खानामा पर्यटक आकर्षित भएकाले यस प्रविधिलाई जोगाउन कृषि क्षेत्रमा लाग्न आवश्यक ठानिएको श्रेष्ठले बताउनुभयो ।
पाँच वर्ष फोटोग्राफी र पर्यटन प्रवद्र्धनमा लाग्नुभएका श्रेष्ठ पछिल्लो समय कृषि क्षेत्रमा लाग्नुभएको हो । बायोडाइनामिक कृषि तरिकाले जैविक विविधता र वातावरणमैत्री बनाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । खेतीको मौसमअनुसार उहाँ प्राङ्गारिक मल तयार गरी खेतीपाती गर्दै आउनुभएको छ । जसले गर्दा खाद्यान्नको स्वाद र खपत हुने गर्दछ । वास्तविक स्वाद र खपतले नै यस फार्म स्वदेश तथा विदेशबाट अध्ययनका लागि आउने गरेको उहाँ बताउनुहुन्छ ।
प्राङ्गारिक खेतीलाई प्रवद्र्धन गर्न आवश्यक रहेको श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँको माटो र प्रकृतिसँगै उत्पादन हुने स्वादको संरक्षण आवश्यक भएकाले किसानले बढी उत्पादनभन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्छ । यसले देशलाई अध्ययनको केन्द्र बनाएर पर्यटक अझै वृद्धि गर्न टेवा पुग्नेछ । पर्यटक बढी आउनु हाम्रो देशको आयस्तर वृद्धि नै हो ।”
व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठले १२ रोपनी क्षेत्रफलको जग्गामा होलीग्रीन एग्रो फार्म सञ्चालन गरी प्राङ्गारिक उत्पादन गर्दै आउनुभएको छ । पर्यटकलाई नेपालमा बढीभन्दा बढी भित्याउने सरकारको लक्ष्यलाई पूरा गर्न प्राङ्गारिक उत्पादनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उहाँको धारणा छ । प्राङ्गारिक खाद्यान्नमा पर्यटकको आकर्षण भएकोले यसलाई सरकारले ध्यान दिनुपर्ने र यसले नेपाल नै कृषि क्षेत्रको अध्ययनको केन्द्र बन्नसक्ने उहाँको भनाइ छ ।
नेपालमा आउनु नै पर्यटक वैज्ञानिक अध्ययनअनुरूप प्राङ्गारिक कृषि उत्पादन प्रमुख हुन जरुरी रहेको श्रेष्ठको अनुभव छ । उहाँको फार्ममा समयअनुसारका विभिन्न प्रजातिका बोटबिरुवा, फलफुल, खाद्यान्न उत्पादन हुँदै आएका छन् । फलफूल, खाद्यान्नको वास्तविक स्वादलाई बचाउन प्राङ्गारिक उत्पादनलाई जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ । प्राङ्गारिक खाद्यान्न उत्पादनको लागि विभिन्न प्रविधि र रासायनिक प्रयोगभन्दा पनि प्रकृति र ग्रहहरूको चक्रीय प्रणालीअनुरूप हुने उत्पादनमा कृषिको नियमलाई किसानले बुझ्न जरुरी रहेको श्रेष्ठको बुझाइ छ ।
खाद्यान्नको वास्तविक स्वादसहितको उत्पादनका लागि ‘फोर्स ग्रोथ’ भन्दा समयानुकूल वातावरण बनाउनुपर्ने उहाँको अनुभव छ । वास्तविक स्वाद आउने गरी उत्पादनका लागि उर्वर माटो बनाउन जरुरी रहने श्रेष्ठ बताउनुहुन्छ । युरिया, पोटासलगायतका केमिकलयुक्त मलको प्रयोगबाट गरिएको उत्पादनले स्वास्थ्यलाई असर गर्नुका साथै वास्तविक स्वाद नपाइने उहाँ बताउनुहुन्छ ।
प्राङ्गारिक उत्पादनको प्रवद्र्धन गर्नुपर्छ भन्ने हेतुले कृषि क्षेत्रमा लाग्नुभएका श्रेष्ठ भन्नुहुन्छ, “मलाई स्थानीयले पढेर पनि कृषिमा लागेको भनेर पागल भन्ने गर्थे । तर, अहिले उत्पादनसँगै प्राङ्गारिक खाद्यवस्तु उत्पादनले पहिचान फेरिएको छ । आफूले उत्पादन गरेको खाद्यान्नको मागसमेत वृद्धि भएको छ । फार्मलाई प्रशिक्षण तथा अध्ययनको केन्द्र बन्दै गएको छ ।”
छिमेकका गाउँबाट किसान श्रेष्ठसँग परामर्श लिने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो फार्म अध्ययनको केन्द्र बनाउने योजना विस्तारै पूरा हुँदै गएको छ । केही देशसम्म पुगेर प्रशिक्षण दिने अवसर मिलेको छ ।” बिदाको समयमा कलेज, विद्यालयमा अध्ययनरत विद्यार्थी प्रयोगात्मक कृषि अध्ययनका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।
सीमित विद्यार्थी तथा किसानलाई फार्ममै बसेर अध्ययन गर्ने वातावरण बनाउन सफल भएको उहाँ बताउनुहुन्छ । प्राङ्गारिक उत्पादनलाई प्रवद्र्धन गर्न ग्लोबल फोरमसम्म पु¥याउने लक्ष्यका साथ विदेशसम्म पुगेर कृषि अध्ययनमा सहभागी हुने अवसर मिलेको उहाँ बताउनुहुन्छ ।
स्वदेश तथा विदेशका किसानको अध्ययनको केन्द्र
फार्ममा स्वदेश तथा विदेशबाट किसान र कृषिका विद्यार्थी अध्ययन तथा अवलोकनमा आउने गरेको श्रेष्ठ बताउनुहुन्छ । बायोडाइनामिक कृषि तरिकाले जैविक विविधता र वातावरणमैत्री माटो बनाउन विद्यार्थी, युवा तथा ग्लोबल फोरममार्फत प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ ।
श्रेष्ठ भन्नुहुन्छ, “केही समय अगाडि मात्रै यो फार्ममा विदेशबाट नेपालमा विदेशी आउने गरेका पाइन्छन् । जैविक पद्धतिबाट प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिँदै अध्ययनमा आउने विदेशी, कृषिका विद्यार्थी र किसानलाई प्राङ्गारिक उत्पादनमा प्रोत्साहन गर्न आफैँले स्वअध्ययन गर्न फार्म स्थापना र सञ्चालनमा ल्याएको हुँ ।” सबैभन्दा पहिले आफैँले स्वअध्ययनबाट काम गर्न सके प्राङ्गारिक उत्पादन गर्न सकिने र स्वास्थ्यमा हुने हानिलाई न्यूनीकरणमा मद्दत पुग्ने उहाँको बुझाइ छ ।
प्राङ्गारिक उत्पादनले नै विदेशीलाई आकर्षण गर्न सहयोग पुग्ने भएकोले अहिलेदेखि नै यसलाई प्राथमिकताका साथ सबै तहबाट साथ हुन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विदेशीको कृषि अध्ययनको केन्द्र बनाउन हामीले विषादि, विकासे मल प्रयोगलाई घटाउँदै लानुपर्छ । प्राकृतिक तवरबाट खेती गर्नतर्फ किसानलाई प्रोत्साहन गर्नुपर्छ । यसले एक जना किसानलाई मात्र नभई देशलाई नै फाइदा पुग्नेछ ।”
प्राकृतिक उत्पादन प्राथमिकतामा
प्राकृतिक उत्पादनलाई प्राथमिकतामा राखी प्राङ्गारिक खाद्यान्न वृद्धि गर्न ग्लोबल फोरममा पु¥याउन सके नेपालको पहिचानमा समेत टेवा पुग्ने श्रेष्ठ बताउनुहुन्छ । जीव विज्ञान र माटोको अध्ययनबाट नै आफू कृषिमा आकर्षित भएको उहाँ बताउनुहुन्छ । जीव, प्रकृति, वातावरण, वास्तु तथा अन्तरिक्षको विज्ञानअनुसार कृषि पेसा गर्नसके उत्पादन अग्र्यानिक हुने उहाँको बुझाइ छ ।
अध्ययनलाई आफूले प्रयोगमा ल्याउने गरेको र सधैँ अध्ययन र अनुसन्धान गर्दै कृषि कर्म गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तालिमभन्दा स्वअध्ययनले आफूलाई अग्र्यानिक खेतीमा आकर्षित हो । किसानले बाहिर खर्च गर्ने होइन भन्ने मान्यता छ ।” श्रेष्ठको फार्ममा एक सत्न्दा बढी प्रजातिको फलफुल तथा कृषि उत्पादन हुने उहाँ बताउनुहुन्छ । प्राङ्गारिक तथा जैविक विविधतायुक्त खाद्यान्न उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।
जति घाँस उति माटो उर्वर
किसान खेतबारीमा घाँस बढी भएमा दिक्क मान्ने गरेका हुन्छन् । तर, जति खेतबारीमा घाँस उम्रिएको पाइन्छ, उति नै माटो उर्वर हुने किसान श्रेष्ठको भोगाइ छ । वास्तुशास्त्र र धार्मिक मान्यतासँग कृषि उत्पादनसमेत एकापसमा जोडिएको श्रेष्ठ बताउनुहुन्छ ।
प्रकृति, धार्मिक, वास्तुशास्त्र र ज्योतिषशास्त्रसमेत कृषि उत्पादनसँग जोडिएर रहने गरेको उहाँको प्रयोगात्मक विश्वास छ । प्राकृतिक उत्पादन गरिएको ठाउँमा चराचुरुङ्गी, कीरा, फट्याङ्ग्रा आउने र कृषि उत्पादनमा प्राकृतिक मल प्राप्त हुने उहाँ बताउनुहुन्छ । खेती गर्दा खेतबारीको छेउछाउमा रूखबिरुवा लगाएमा विभिन्न रोगको समेत निराकरण गर्न सकिने उहाँको अध्ययनले प्रमाणित गरेको बताउनुहुन्छ ।
भौतिक पूर्वाधारको विकास जरुरी
कृषि उत्पादनलाई प्रवद्र्धन र विकासका साथै आयस्तर वृद्धि गर्नको लागि भौतिक पूर्वाधार विकास गर्नुपर्ने श्रेष्ठ बताउनुहुन्छ । कृषिमा आत्मनिर्भर बनाउनको लागि बजार व्यवस्थापन गर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । कृषि उत्पादन गरेपछि बजारसम्म पु¥याउनको निम्ति सडक, यातायात र सञ्चारको सुविधा हुनुपर्ने उहाँको भनाइ छ । कृषिलाई अनुदान दिनुभन्दा यी तीन क्षेत्रको विकास गर्नसके उत्पादित कृषि उपजको बिक्री वितरणमा सहज हुने प्रयोगात्मक अध्ययनले देखाएको श्रेष्ठ बताउनुहुन्छ ।
प्राङ्गारिक मल उत्पादन र प्रयोग
किसानलाई आफ्नो थोरै जग्गामा लगाइएको खेतबारीबाट धेरै उत्पादन लिने अपेक्षा हुन्छ । छोटो समयमा धेरै उत्पादन गर्नको लागि किसानले फोर्स ग्रोथ गराउने गरेकोमा उहाँको चिन्ता छ । प्राकृतिकरूपमै उत्पादन धेरै गर्न सकिने उहाँको प्रयोगात्मक अध्ययन छ । कृषि उपजको अग्र्यानिक स्वाद ल्याउनका लागि उहाँले माटोलाई उर्वर बनाउन आफैँले प्राङ्गारिक मल उत्पादन गर्नुहुन्छ । माटोलाई आवश्यक पर्ने मल, कीरा फट्याङ्ग्रा भगाउनका लागि औषधिसमेत आफैँ घरमा बनाउने बनाउनुहुन्छ ।
बजारमा आउने गरेको रासायनिक मलको प्रयोग भने खेतबारीमा प्रयोग गर्नु हुँदैन । प्राङ्गारिक उत्पादनका लागि आवश्यक पर्ने मलसमेत आफैँले निर्माण गर्ने विभिन्न तरिका रहेको बताउँदै उहाँले अध्ययन र प्रयोग गर्दै आउनुभएको छ ।
खाद्यान्नको खपत
धेरै ठाउँका किसानले उत्पादन गरेका खाद्यान्न, फलफुलले बजार नपाएको भन्ने गुनासो आउने गरेको छ । तर, उहाँको फार्ममा उत्पादित वस्तुको भने बढिरहेको छ । बजारको मागअनुसारको वस्तु पु¥याउन नसकेको उहाँ बताउनुहुन्छ । फार्ममा उत्पादित वस्तुमा वास्तविक स्वाद भएकोले धेरै ठाउँबाट पहिले नै माग गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
प्रकृतिको चक्रीय प्रणालीलाई अवलम्बन गर्नसके उत्पादनमा वृद्धि हुने होली एग्रोका सञ्चालक श्रेष्ठ बताउनुहुन्छ । एउटै ठाउँमा सधैँ एउटै प्रजातिका कृषिखेती गर्दा पनि उत्पादनमा कमी आउने उहाँको बुझाइ छ । चक्रीयरूपमा कृषि कर्म गर्नसके उत्पादन मनग्य हुने उहाँको अध्ययनले बताउँछ ।
श्रेष्ठ भन्नुहुन्छ, “एक वर्ष धान लगाइएको ठाउँमा अर्को वर्ष मकै लगाउने गर्नुपर्छ । मकै लगाइएको ठाउँमा अर्को वर्ष अरू खेती गर्नुपर्छ । अनिमात्रै उक्त स्थानको माटो मलिलो हुन्छ । उत्पादनमा ¥हास आउँदैन ।” सधैँ एकै प्रकारका खाद्यान्न बाली लगाउनुभन्दा वर्षैपिच्छे फेर्न सकिएमा त्यसबाट उत्पादनमा पर्ने नोक्सानी व्यहोर्नु नपर्ने उहाँ बताउनुहुन्छ ।
रासायनिक मल र विषादिबिनाको खेती
आजकल रासायनिक मलबिना खेती नै हुँदैन भन्ने धारणालाई चिर्दै आएको छ होली ग्रिन एग्रो प्रालि । रासायनिक मल अभावले खेती भएन भन्दै आएका किसानलाई प्राङ्गारिक खेतीतर्फ प्रोत्साहित गर्दै आएको छ । किसानले पर्याप्त नभएको भनी गर्दै आएको गुनासोलाई चिर्नु आवश्यक देखिन्छ ।
उत्पादन बढी लिने आसले किसानले कालोबजारीका रासायनिक मल खरिद गर्ने गरेका छन् । रासायनिक मलबिना खेती सप्रिँदैन भन्ने भ्रम चिर्नुपर्ने सरकारको प्राथमिकता हुनुपर्छ । अधिंकाश किसान रासायनिक मल र विषादिमा बानी परे पनि रासायनिक मलबिना पनि खेती सम्भव छ भन्ने तथ्यलाई केही किसानले भने पुष्टि गरेका छन् ।
महेन्द्र श्रेष्ठले अग्र्यानिक खेती गर्दै आउनुभएको करिब १२ वर्ष भयो । बायोडायनामिक खेती पद्धतिबाट स्वअध्ययन गरेर त्यसैको प्रयोग गरिरहनुभएका श्रेष्ठ रासायनिक मलले देशलाई ठुलो नोक्सानी पु¥याइरहेको बताउनुहुन्छ । रासायनिक मलले एकाध वर्ष केही बढी उत्पादन दिए पनि यो दीर्घकालीन समाधान नभएको र बर्सेनि माटोको उर्वरशक्ति नष्ट गरिरहेको उहाँ बताउनुहुन्छ ।
“रासायनिक मल र विषादीले कालान्तरमा हामीलाई रोगी बनाउँछ । मानिस लागुऔषधको कुलतमा फसेजस्तै रासायनिक मलले माटोलाई दुव्र्यसनयुक्त बनाउँछ । माटोलाई सधैँभरि स्वस्थ र जीवित राख्न दिँदैन ।” श्रेष्ठले घर वरपर, खेतबारी, वनजङ्गलमा नै पाइने झारपात र घरमै पालिएका पशुको गोबरबाट जैविक मल उत्पादन गर्नुहुन्छ ।
गोबर, सिस्नो, आख्लेझारलगायत विभिन्न झारको प्रयोग गरेर तयार पारिने मलले जमिनलाई स्वस्थ बनाउनुका साथै सूक्ष्म जीवाणु बचाउन तथा बढाउन, बोटबिरुवाको जरा मजबुत बनाउन, वास्तविक स्वादयुक्त गुणस्तरीय उपज उत्पादन गर्न मद्दत पु¥याउने बताउनुहुन्छ । “प्राङ्गारिक मल बनाउन चाहिने स्रोत हाम्रै वातावरणमा छन् । मल हुने कच्चा पदार्थलाई हामीले फोहर सम्झेर फालिरहेका छौँ । हाम्रै वरपर औषधीय मूल्यवान झारपात, बोटबिरुवा छन् । खेतीमा आवश्यक हुने जैविक औषधि उत्पादन गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ ।
बजार सीमित व्यक्तिको कब्जामा भएकोले प्राङ्गारिक उत्पादन गर्ने किसानलाई प्रोत्साहन नमिलेको श्रेष्ठ बताउनुहुन्छ । सरकारले नै प्राङ्गारिक खेती पद्दती गर्ने, रैथाने उत्पादन बढाउने र त्यसको बजारीकरण गर्ने नीति लिइनुपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “प्रायः सबै किसानले मकै लगाउँछन् । हामी मकै फलाउँछौँ तर मकैको कुकिज विदेशको खान्छौँ । मकैबाट धेरै चिज बनाउन सकिन्छ तर हाम्रो ध्यान त्यता छैन, मकै केबल पशु आहारामात्रै भइरहेको छ । जबकि पशुलाई हामी घाँसले मात्रै पनि पाल्न सक्छौँ ।”
एक अञ्जुली माटोभित्र छान्नै नसकिने अथाह जीवाणु छन् । यो जीवाणु चाहिँदैन भनेर विष हाल्दा त अरु धेरै जीवाणु मर्ने गर्दछन् । जसले गर्दा उत्पादन गरिएको खानामा विषादी मिसिएको हुन्छ । मानिसको स्वास्थ्य जैविक विविधतासँग जोडिएकाले सचेत हुन आवश्यक रहेको छ । यसको कार्यान्वयनका लागि किसानलाई जानकारीको खाँचो छ भने सरकारले नीति ल्याउन ढिला गर्न नहुनेमा विज्ञको अध्ययनले बताएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *