भर्खरै :

व्यवसायीहरूको भेषमा ठगी गर्नेहरू राजनीतिक दबाबमा : जनता होसियार !

व्यवसायीहरूको भेषमा ठगी गर्नेहरू राजनीतिक दबाबमा : जनता होसियार !

काठमाडौँका दैनिक पत्रिकाहरूको शीर्षकहरूले देशको शासनको स्थितिलाई सङ्केत गर्छ भन्ने भनाइ र समझदारी व्यवहारले सिद्ध गर्छ भनेमा फरक पर्नेछैन ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सार्वजनिक हुँदा लेखियो – ‘भ्रष्टाचार रोक्न सरकार असफल ।’ ‘नागरिक’ दैनिक १७ माघ २०८०
‘चौधरी ग्रुपमाथि ठगी आरोपमा प्रहरी अनुसन्धान, अरूण चौधरीसहित तीन जना पक्राउ ।’ ‘नागरिक’ दैनिक १९ माघ २०८० ।
नेपाल उद्योग परिसङ्घले आपत्ति जनायो –‘व्यवसायीलाई आतङ्कित पारियो ।’
बाँसबारी छाला जुत्ताको जग्गा विवादमा व्यवसायी अरूण चौधरी पक्राउ, ‘अन्नपूर्ण पोस्ट’– १९ माघ २०८० ।
१९ माघ २०८० को ‘नेपाल समाचारपत्र’ मा ‘व्यवसायीहरूले ‘चौधरीलाई ४ दिन हिरासतमा राख्नु अनुमति’ दिएकोमा ‘उद्योगी चौधरी पक्राउप्रति निजी क्षेत्र आक्रोशित ।’ ‘आरोप प्रमाणित नहुँदै पक्राउ गर्नु गलत’ भन्दै व्यवसायीहरूले देशको सामान्य ऐन कानुनको विरोध गरेको देखिन्छ । सारा जनतालाई लागु हुने ऐन कानुन व्यवसायीहरूलाई लागु हुन्न भन्ने माग तिनीहरू सारा जनताभन्दा माथि सम्झन्छन् – जो गलत दृष्टिकोण हो ।
त्यतिमात्रै होइन ‘चौधरीको पक्राउले सम्पूर्ण उद्योगी व्यवसायीको मानमर्दन भएको परिसङ्घले टिप्पणी ग¥यो ।
त्यस टिप्पणीले प्रश्न खडा गर्छ, – के देशका सम्पूर्ण उद्योग व्यवसायीहरूको प्रतिनिधि अरूण चौधरीले गर्न सक्छ ? यदि उनको अपराध साबित भयो भने के देशका सबै उद्योग व्यवसायीहरू अपराधी साबित हुनेछन् ?
यसबाट थाहा हुन्छ – अरूण चौधरी सारा नेपाली जनतालाई लाग्ने ऐन कानुन उनलाई लाग्ने छैन भन्ने अडानमा छन् ।
१९ माघ २०८० को ‘नयाँ पत्रिका’ ले लेख्यो, ‘बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना, व्यवसायी अरूण चौधरी हिरासतमा, चौधरीका साझेदार सञ्जय ठाकुर र बासँबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा पनि पक्राउ, जग्गाको वर्तमान मूल्यअनुसारको बिगो कायम गरी मुद्दा चलाउने सीआईबीको तयारी’ शीर्षक, उपशीर्षकले नयाँ कुरा पुष्टि हुन्छ – ‘नियोजितरूपमा सरकारी जग्गा हताएको अनुसन्धानबाट पुष्टि भएको छ । हत्याएको जग्गामा चौधरी ग्रुपले चलाउँदै छ विद्यालय ।’
१९ माघ २०८० को ‘नागरिक’ दैनिक ले लेख्यो, ‘चौधरी ग्रुपमाथि ठगी आरोपमा प्रहरी अनुसन्धान, अरूण चौधरीसहित तीन जना पक्राउ ।’
२० माघ २०८० को ‘नयाँ पत्रिका’ ले लेख्यो, ‘बाँसबारी छाला जुत्ता प्रकरण, पब्लिक कम्पनीको समझदारी, निजी कम्पनी बनाएर हिनामिना ।’
‘पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पतालमा भर्ना, च्याम्पियन फुटवेयरले ८ लाख लगानी गरी हडप्यो १० रोपनी ।’ ‘राजधानी’, २० माघ २०८० ।
‘अनुसन्धान चाँडै सकाउन सीआईबीलाई दबाब’ शीर्षकमा थप व्यक्ति तानिने सम्भावना भएको हुँदा चौधरी समूह राजनीतिक दबाबमा उत्रेको सङ्केत गरेको छ (‘नागरिक’ दैनिक, २० माघ २०८०)
तर, ‘अन्नपूर्ण पोस्ट’ ले यसरी हडपियो बाँसबारीको सरकारी जग्गा’ बारे खुलासा ग¥यो । ‘अन्नपूर्ण पोस्ट’, २० माघ २०८० ।
नेपालमा अनुसन्धानले अपराधीहरू पक्राउ पर्नासाथै राजनीतिक दबाब बढ्यो । अर्को शब्दमा शासक दलहरूलाई गुहारेर वा लेनदेनमार्फत देशको ऐनकानुनलाई धुजाधुजा पार्दै गएको हुँदा जनतामा निराशा र आक्रोश बढ्दै गएको हो । अहिलेको सरकार भनेको नेपाली काङ्ग्रेसको हो । अपराधीहरू छोड्दै गएको यसै सरकारले हो । यसकारण, १७ माघ २०८० को ‘नागरिक’ दैनिकले लेख्यो – ‘यसकारण सुध्रिनुपर्छ काङ्ग्रेस ।’
देश र जनताका शत्रुहरूसँग पैसाका चलखेल भोक लाग्यो भनी विष खानु बराबर हो । यसकारण, सारा नेपाली जनता सचेत होऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *