जेलेन्स्कीको ‘विजय योजना’ र यसको वास्तविकता
- आश्विन १८, २०८१
यस बाल विकास स्कूलको ३६ औँ वार्षिकोत्सवमा अभिभावक मित्रहरूसँग यसरी बृहत् भेटघाट गर्न पाउँदा ज्यादै खुसी छु । आजको यो दिन बालबालिकाहरूको दिन हो । आजको यो दिन अभिभावकहरूको दिन हो । आजको यो दिन शिक्षिकाहरूको दिन हो । आज एउटा उत्सवको दिन हो । यो बृहत् संयुक्त कक्षा पनि हो । यो बृहत् सामूहिक परीक्षा पनि हो । रमाउँदै यो कक्षामा बस्नेछौँ । खुसीपूर्वक यो परीक्षा दिनेछौँ । यो महत्वपूर्ण अवसरमा केही विगतको स्मरण, केही वर्तमान र भविष्यको छलफल गर्नु सान्दर्भिक ठान्दछु ।
एक समय थियो, स्कूल जाने हाम्रा केटाकेटीसँग पोशाक हुँदैनथ्यो । जसोतसो झुत्रैले भए पनि आङसम्म ढाकेर हिँड्थे केटाकेटी ! लाज छोप्न धौधौ पथ्र्यो ! खुट्टामा जुत्ता हुँदैनथ्यो, मोजा त परको कुरा ! झोला हुँदैनथ्यो ! पुस्तक, कापीकलम हुँदैनथ्यो । नुहाउन साबुन हुँदैनथ्यो ! पढ्न घरमा बत्ती हुँदैनथ्यो ! परीक्षा दिनसमेत समय हुँदैनथ्यो ! दिउँसो खाजा खान खानेकुरा हुँदैनथ्यो ! मानिसका बच्चाबच्ची भन्न पनि मुस्किल पथ्र्यो ! विद्यार्थी भन्नु त नाममात्र थियो ! विद्यालय भन्नु पनि नाममात्रै थियो ! यो एकादेशको कथा होइन ! यो कुनै दूरदराजको कथा पनि होइन ! राजधानी छेवैको यही समाजको आजभन्दा ५०, ६० वर्ष अगाडिको यथार्थ हो ! हाम्रा अग्रजहरूको जीवनकालको भोगाइ हो ।
त्यस स्थितिको अन्त्य गर्ने हाम्रा अगुवाहरूले सङ्कल्प गर्नुभयो । समाज परिवर्तनका निम्ति एउटा बलियो इन्जिनको आवश्यकता पथ्र्यो । १८, १९ सालतिर त्यो इन्जिन बनाउन पार्टपुर्जा सङ्कलन सुरु भयो । १२, १३ वर्ष लगाएर ३१ सालतिर परिवर्तनको इन्जिन तयार भयो । तत्पश्चात्, समाज चलायमान बन्यो । हाम्रो समाजले गति लिन थाल्यो । त्यही क्रममा इन्जिनको एउटा महत्वपूर्ण पार्टपुर्जाभँैm यो विद्यालयको पनि स्थापना भयो । ठाउँ ठाउँमा अरु धेरै विद्यालय स्थापना भए । हाम्रो समाज एक हिसाबले आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक मोटरजडित साइकलभैmँ अगाडि बढ्यो । देशभित्र र बाहिरका संवेदनशीलहरू, राजनीतिक पर्यवेक्षकहरू तथा समाज विकासका अध्येताहरूले यहाँ ‘क्रान्ति अगाडि क्रान्ति’ को अनुभव गर्न थाले । आज हाम्रा अग्रजहरूको सङ्घर्ष तथा तपस्याको उपलब्धि चारैतिर अनुभव गरिँदै छ । सफलताको सुगन्ध टाढा टाढासम्म पुग्दै छ ।
५०, ६० वर्षअगाडिको स्थितिको ठीकविपरीत बालबालिकालाई उच्च प्राथमिकता दिनेतर्पm हाम्रो समाज विस्तारै अगाडि बढ्दै छ । नयाँ पुस्ताका निम्ति राम्राराम्रा शिक्षालयको बन्दोबस्त हुँदै छ । शिशुस्याहारदेखि उच्च शिक्षासम्मको बन्दोबस्त यहीँ हुँदै छ । देशवासीका सन्तान आफ्नै ठान्ने विराट सोचबमोजिम हाम्रो भक्तपुर हिँड्दै छ । यहाँ सबैभन्दा राम्रो चिज बालबालिकालाई भन्ने सोचको क्रमशः विकास हुँदै छ । सन्तानको उचित लालनपालन तथा हुर्काई अभिभावकको पहिलो सरोकारको विषय बन्दै छ । आफ्नो व्यस्त दैनिक कार्यतालिकाको यथोचित बन्दोबस्त मिलाउँदै हरेक दिनको एउटा निश्चित समय बालबच्चालाई दिने भावना तथा संस्कारको विकास हुँदै छ । यसलाई हाम्रो समाजको आशाको किरण तथा उज्यालो पक्ष मान्न सकिन्छ । हाम्रो सोचाइको शैली एवम् जीवनशैलीमा आइरहेको यो सकारात्मक परिवर्तन हो ।
बालबालिकाको शिक्षादीक्षा, चौतर्फी विकास तथा असल हुर्काइ र त्यस प्रक्रियामा अभिभावक, शिक्षकशिक्षिका अर्थात् घरपरिवार र विद्यालयको भूमिकाबारे छलफलका निम्ति यहाँहरूसमक्ष थप केही कुरा राख्ने अनुमति चाहन्छु ।
१) हाम्रा नानीबाबुहरूलाई राम्रो बनाउने हामी सबैकै साझा चाहना हो । त्यसको निम्ति हाम्रो साझा प्रयास पनि उत्तिकै आवश्यक हुन्छ भन्नेबारे हाम्रो सहमति आवश्यक हुनु स्वाभाविक हो । अभिभावक र शिक्षकबिच समन्वय, सहकार्य तथा आपसी सहयोग बालबालिकाको विकासमा अनिवार्य हुन्छ । अभिभावक शिक्षक सिद्धहस्त कालिगड बनेको खण्डमा अनुपम कलाकृति निर्माण सम्भव हुनेछ । केवल सुन्दर कलाकृतिको चाहनामात्र पर्याप्त हुँदैन ।
२) घरपरिवार र विद्यालयबिच दूरी नहुनु नै बालबालिकाको विकासको पहिलो ढोका खुल्नु हो । घरपरिवारमै बेमेल भए बालबच्चाको विकासमा नकारात्मक प्रभाव पर्नु अनौठो भएन ! घर र विद्यालय एउटै चुम्बकका दुई धु्रव बनेको खण्डमा बालबालिका त्यसका सिकार बन्नेछन् । तसर्थ, हरेक असमझदारीमा बेलैमा अन्तरसंवाद आवश्यक हुन्छ । आपसी विश्वास तथा आदानप्रदानको माध्यमबाट बालबच्चाको हुर्काइमा सकारात्मक परिवर्तनहरू ल्याउन सम्भव हुनेछ । रोग लाग्दा जसरी अस्पताल र डाक्टर भेट्न जान्छौँ त्यसरी नै बालबच्चामा केही समस्या सुरु हुँदा शिक्षक र स्कूलमा जानु मनासिब हुन्छ । स्कूलले अभिभावकसँग सरसल्लाह गर्नु उपयुक्त हुन्छ । बालबच्चाको समस्याबारे अन्यत्र बोल्नु कसैको निम्ति पनि फाइदाजनक हुँदैन ।
३) हाम्रा नानीबाबुहरू राम्रा बनाउने हो भने सर्वप्रथम उचित वातावरण तयार गर्नतिर हाम्रो यथोचित ध्यान जान आवश्यक छ । सुरक्षित वातावरण पहिलो आवश्यकता हो भने सफा, स्वस्थ तथा सुरम्य वातावरण अर्को महत्वपूर्ण पक्ष हो । सिकाइ सम्भव बनाउने मात्र नभई सिकाइलाई छिटो, छरितो, रमाइलो बनाउने चिजबिजको उपलब्धता एवम् प्रयोग वातावरणकै अभिन्न अङ्ग हो । आधुनिक खेलौना तथा वस्तुले मात्रै शैक्षिक, बौद्धिक विकासमा टेवा पु¥याउँछ भन्ने भ्रम हटाई हाम्रा मौलिक, परम्परागत, वरपर उपलब्ध, आपैmँले निमार्ण गरेका आदि चिजबिजमार्पmत पनि बालबालिकाको चौतर्फी विकासको गतिलाई तीव्रता दिन सम्भव हुनेमा शङ्का नहोला !
४) नेपाली बालबच्चाको हुर्काइमा पनि नेपालीपन नै झल्कियोस्, कुनै पश्चिमा या विदेशी शैलीको नक्कलबाजी नहोस् भन्नेतर्पm ध्यान पु¥याउन सकिए हामीलाई बेग्लै आनन्द र आत्मसन्तुष्टिको आभास मिल्ने निश्चत छ । हाम्रा बालबच्चा सुरुदेखि नै यसरी हुर्किऊन् कि तिनीहरूको मनमस्तिष्कमा जन्मभूमि होस् र मातृभूमिले सदासर्वदा गर्व गर्नलायक बनून् । कुनै पनि बालबालिकाको चौतर्फी विकासबारे निर्णय धेरै हदसम्म उसले पाउने वातावरणले गर्दछ ।
५) बालबालिकालाई मुखले बोलेर दिइएका निर्देशन या दबाबभन्दा पनि उसको अगाडि गरेर देखाइएका कुराको बढ्ता प्रभाव हुन्छ । तसर्थ, सिकाइमा प्रक्रियामा क्रियाकलाप, अभ्यास तथा प्रयोगविधिको बेग्लै महत्व हुन्छ । बालबच्चा आपैmँलाई अनुभव हासिल गर्न दिनु सिकाइ प्रक्रियाको विशिष्ट पक्ष हो । यस विषयमा हामी सबैले हरबखत उचित ध्यान पु¥याउन आवश्यक छ । खेलविधि शिक्षण सिकाइको सबैभन्दा प्रभावकारी विधि बनेको हामी सबैलाई अवगत नै छ । यो विधि घरमा, विद्यालयमा र बाहिर सँगसँगै लान आवश्यक छ । हरेक खेल सिकाइ र हरेक सिकाइ खेल बनाउन सके बालबालिकाको हुर्काइ तीव्र हुनेछ । यो यथार्थलाई आँखा चिम्लिनु सरासर गलत हुन्छ ।
६) हाम्रा नानीबाबुहरूलाई शैक्षिक, सामाजिक तथा सांस्कृतिक हिसाबले अझ माथि उठाउन तथा परिवार र समाजको असल सदस्य बनाउन घरपरिवार, विद्यालय र समाजले पनि महत्वपूर्ण भूमिका निर्वाह गरे या आ—आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरे सुनमा सुगन्ध हुनेछ । यीमध्ये कुनै एकको उदासिनता या अलगावले बालबालिकाको विकासमा नकारात्मक असर गर्दछ । एकआपसमा दोषारोपण त आत्मघाती नै हुन्छ ।
७) हाम्रो शरीरको कुनै भागमा इन्फेक्सन या सङ्क्रमण भयो भने हाम्रो सिङ्गो शरीरले मिलेर लड्छ र सङ्क्रमणमुक्त अर्थात् स्वस्थ हुन्छ । सानो सङ्क्रमणलाई बेलैमा ध्यान नपु¥याए त्यो पैmलिन्छ. जोखिम निकै बढ्छ र अनेक समस्याको कारण बन्न पुग्छ । शरीरको कुनै अङ्गको समस्या समयमै उपचार गर्ने प्रयास नगरे लामो अवधिपछि त्यो अर्बुद रोगमा परिणत हुने सम्भावना रहन्छ । हाम्रो समाज पनि एउटा जीवित प्राणीभैmँ हो । समाजका रोग तथा समस्यासँग हामी सबै मिलेर बेलैमा जुझ्नुपर्छ र स्वस्थ बनाउनुपर्छ । हामीले साझा प्रयास गरेको खण्डमा कुनै पनि समस्याले अर्बुदको रूप धारण गर्नेछैन ।
८) आजको सामाजिक परिवेशमा हामी सबैले केवल आफ्ना एकदुई सन्तान राम्रा बनाउने या अगाडि बढाउने विचार त्यागेर समग्रमा समाजका सबै बालबच्चाबारे सोचविचार पु¥याउने फराकिलो संस्कार विकास गर्न आवश्यक छ । तब, हामीले निराश बन्नुपर्ने छैन । समाजकै बालबच्चाहरू राम्रा बनेको खण्डमा स्वतः हाम्रा छोराछोरी राम्रा बन्नेछन् । एक्लो दौडमा जित्ने मानसिकताले कसैको हित गर्दैन । साथै, मुहान सफा राख्नुपर्नेबारे विमति नहोला ¤ राम्राराम्रा शिशुस्याहार, बालोद्यान, स्कूल, कलेज, शिक्षक, पुस्तकालय आदि आवश्यक हुनुको कारण यही नै हो ।
९) शिक्षकशिक्षिका स्वयम्ले नियमित लेख्न र पढ्न आवश्यक छ । शिक्षकशिक्षिका अध्ययनशील तथा सिर्जनशील भए त्यसको छाप जरुर विद्यार्थीमा पर्नेछ । दोस्रो अभिभावक मानिने शिक्षकशिक्षिकाहरूको भूमिकालाई कम आँक्न मिल्दैन । साथै, शिक्षक सक्रिय भए विद्यार्थी कहिल्यै अल्छि हुँदैनन् । शिक्षक सिर्जनशील भए विद्यार्थीको प्रतिभा हराउँदैन या ओइलाउँदैन बरु सजिलै जग्मगाउँछ । शिक्षिकाको हाँसोमा सयौँ बालबालिकालाई खुसी तुल्याउने र प्रेरणा दिने तागत हुन्छ । बालबालिकाको निम्ति शिक्षकशिक्षिका साथी, संरक्षक, पथप्रदर्शक मात्र होइन ‘रोलमोडल’ हुन् । शिक्षकशिक्षिकाहरूले बालबालिकाहरूलाई जीवनमा कहिल्यै नबिर्सिने प्रभाव दिन सक्छन् । जथा शिक्षक तथा विद्यार्थी भन्नु गलत नहोला !
१०) आमा र बाबाहरूले नियमित लेखनपठन कार्यलगायत रचनात्मकतामा लाग्न आवश्यक भएको बारे व्यापक छलफल चल्दै छ । “तिमी मलाई असल आमा देऊ म तिमीलाई असल देश दिन्छु ।” यो पुरानो भनाइको सान्दर्भिकता आज झन् बढेको छ । गहिराइसम्म पुगेर त्यस भनाइलाई बुझ्न सकेको खण्डमा सबैको निम्ति श्रेयष्कर होला ! आमा र बाबाहरू नै लेखन तथा पठनसंस्कृतिका बाहक बनेको दिन केटाकेटीहरूमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । केटाकेटीका प्रथम गुरु आमाबुबा हुन् भन्नेबारे धेरै सहमत छन् । परिवर्तन आपूmबाट थाल्नु र उदाहरण आपैmँ बनेर देखाउनुको बेग्लै महत्ता हुन्छ । आमाबुबा शिक्षकझैँ र शिक्षकहरू आमाबुबाझैँ बन्न सके कलिला नानीबाबुहरू उत्साहित हुनेछन् र मनोबल बलियो हुनेछ । आमाबाबाको रचनात्मक गतिविधिमा सक्रियताको सिको अरु कसैले भन्दा पहिला बालबच्चाले नै गर्ने अनुसन्धानले प्रमाणित गरेको यथार्थ हो ।
यी केही विषयमा यहाँहरू सम्पूर्णको ध्यानाकर्षण गर्दै पुनः यस विद्यालयको ३६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
(नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले माघ २० गते भएको बाल विकास स्कूलको ३६ औँ वार्षिकोत्सव समारोहमा व्यक्त विचार ।)
Leave a Reply