भर्खरै :

हाङचाउतिर – २

हाङचाउतिर – २

पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)

फिङफङ कमकर स्वास्थ्य निवास
२० जुलाई बिहान ८ः३० बजे मोटर फिङफङ कमकर स्वास्थ्य निवासतिर दौड्यो । मोटर हाङचाउका राम्रा राम्रा दृश्यावलोकन गर्दै पहाड र जङ्गलको नागबेली सडक हुँदै शाङ्घाई मजदुर सङ्घको फिङफङसँगै कमकर स्वास्थ्य निवासमा पुग्यो । स्वास्थ्य निवास पश्चिमी झीलको दक्षिणतिरको एक पहाडमाथि स्थित छ । स्वास्थ्य निवास सा¥है राम्रो ठाउँमा बनेको छ । स्वास्थ्य निवासको चारैतिर हरियाली देखिन्छ र यसको प्राङ्गणको फोहरा र सजीसजावटले शारीरिक थकाइलाई समेत बिर्साउने खालको छ ।
क्रान्तिको समयमा यस स्वास्थ्यनिवास बनेको ठाउँमा च्याङ काईशेकको ग्रीष्म दरबार बनाउन जम्मै मालसामानहरू जोडिराखेको थियो । शाङ्घाईका मजदुरहरूले हाङचाउलाई मुक्त गरेपछि १९५४ अगस्टमा शाङ्घाई मजदुर युनियनले स्वास्थ्य निवास बनाउन सुरु गर्यो र १९५५ अगस्ट महिनामा सिध्याएको थियो । अपरेटिस, ब्रोन्काइटिश, आम हाइप्रोटेसन, नर्भस डिजिज आदि रोगहरूको उपचार गरिन्छ । यसको क्षेत्रफल ७६०० वर्गमिटर छ ।
यहाँ हरेक पूर्वी र पश्चिमी प्रकारको उपचार गरिन्छ । फिजियोथेरापी (प्राकृतिक), प्राचीन चिनियाँ उपचारहरू जस्तै चँच्यु (सुई घोच्ने), मेडिटेसन (पूर्ण आराम अथवा ध्यान) आदि बाहेक यहाँ पश्चिमी नयाँ नयाँ उपचारहरू पनि हुन्छ ।
यहाँ देशका हरेक ठाउँका मजदुरहरू आराम गर्न अथवा उपचार गर्न आउँछन् । एक हप्तासम्म आराम गर्न मजदुरहरूलाई सबै सेवाहरू निःशुल्क हुन्छ जो मजदुर सङ्घले नै मिलाएको हुन्छ । त्यसबाहेक आराम गर्नुपर्यो भने हप्ताको ५ युआन तिर्नुपर्छ । यात्रा र अरु सेवाहरूको लागि आधा पैसामात्र तिरे पुग्छ । त्यसको लागि कारखानाबाट जम्मै चाहिने कुराहरू मिलाइसकेको हुन्छ या मिलाइदिन्छ ।
यस स्वास्थ्य निवासमा २५० शøया छन् । स्वास्थ्य निवासका प्रशासन, उपचार, प्रयोगशाला, रसायन आदि विभागहरूमा काम गर्ने स्टाफहरूको सङ्ख्या १५० भन्दा बढी छ । सन् १९५९ सम्ममा यस स्वास्थ्य निवासले १९३७ बिरामीहरूलाई निको पारे र ६५०० मजदुरहरू यहाँ आएर आराम गरे ।
सत्कार गर्ने बैठक सा¥है नौलो किसिमको थियो । हामीलाई स्वास्थ्य निवासका अधिकारीले स्वागत सत्कार गर्नुभयो र कुराकानीमा हाम्रो स्वास्थ्य निवास (I.U.S. sanatorium) को विषयमा पनि प्रश्नहरू गर्नुभयो ।
आफ्नो कुराको सिलसिलामा उहाँले भन्नुभयो, “क्रान्तिभन्दा पहिले मजदुरहरूलाई यस्तो स्वास्थ्यसम्बन्धी कुनै प्रकारको पनि सहुलियत थिएन र कारखानामा काम गरेर बिरामी भयो अथवा दुर्घटना भएर घाइते भयो भने कामबाटै निकालिदिन्थ्यो । तर, अहिले क्रान्तिपछि पार्टी र सरकारले मजदुरहरूको स्वास्थ्यमा सा¥है ध्यान दिन्छ र बिरामी भयो भने अथवा दुर्घटना भयो भने निःशुल्क उपचार र भत्ता पाउँछन् । देशमा समाजवादको निर्माणको सुरु सुरुमै यस्तो सहुलियत पाएर मजदुरहरू उत्साहित भएर काम गर्छन् र पछि त्योभन्दा पनि राम्रो गर्न सकून् भनेर आफूले काम गरेर पाएको ज्याला पनि पार्टीलाई चन्दा दिन्छन् ।
“गएको सालसम्ममा १९३७ रोगीहरू र ६५०० आरामका लागि आएका मजदुरहरूको सेवा गथ्र्यो र यसपालि पनि लामो कुदाइमा भाग लिएर १२००० कामदारहरू आराम गर्न आउनेछन् । यस्तो सहुलियतको व्यवस्था महिला मजदुरहरूलाई पनि उस्तै छ । ६ पटकसम्म सुत्केरी भएकीले एक आईमाई कारखानाबाट निकालिएकी थिइन् । क्रान्तिभन्दा पहिले सुत्केरी र काम गर्न नसक्ने कामदारहरूलाई कुनै प्रकारको सहुलियत थिएन बरु कारखानाबाटै निकालिदिन्थ्यो । तर, अहिले क्रान्तिपछि ६ बालकका आमा पनि सुत्केरी हुँदा ५६ दिनसम्म सुत्केरी बिदा पाउँछिन् । स्वास्थ्य राम्रो भएपछि मात्रै काम गर्न पठाउँछन् र बिदाको भत्ता पनि पाउँछ । यहाँ आराम अथवा उपचार गर्न आउने यस्ता मजदुरहरू नै छैनन् जसको वजन २–४ किलोग्राम नबढेको होस् । स्वास्थ्य निवासको ९ वटा बस छ, जसले मजदुरहरूको निःशुल्क सेवा गर्छ । अहिले हाङचाउमा मात्रै मजदुरहरूको ४ स्वास्थ्य निवास र २ आराम निवास छन् जसमा १२०० शøयाभन्दा बढी छ । पार्टी र सरकारले जनताको स्वास्थ्यमा बढी ध्यान दिएको छ, जसले गर्दा सरकार र युनियनहरूले चलाएको जम्मै स्वास्थ्य निवासहरू गरेर हाङचाउमै २२ वटा जति छन् ।”
स्वास्थ्य निवासको विषयमा अधिकारीको तर्फबाट सुनिसकेपछि हामीले त्यस सम्बन्धमा प्रश्नहरू गर्न थाल्यौँ । के सबै मजदुरहरू एउटै प्रकारको सहुलियत पाउँछन् भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, “मजदुर नियमअनुसार ८ वर्षसम्म काम गरिसकेका मजदुरहरूको उपचार निःशुल्क हुन्छ र ८ वर्षभन्दा कम वर्ष काम गरिसकेका भए नियमअनुसार र समयअनुसार ६० देखि १०० प्रतिशतसम्म निःशुल्क सहुलियत पाउँछन् ।”
अधिकारीसँगको छलफलपछि हामी स्वास्थ्य निवासका हरेक विभागहरू हेर्न गयौँ । स्वास्थ्य निवास सा¥है राम्रो थियो र व्यवस्था पनि त्यतिकै राम्रो थियो । हाम्रो स्वास्थ्य निवास (अन्तर्राष्ट्रिय युवक विद्यार्थी स्वास्थ्य निवास) मा नभएका पानी उपचारजस्ता अरु प्रकारका उपचारका विभागहरू पनि हे¥यौँ ।
उपचार र आराम गर्न आइरहेका मजदुरहरूसँग पनि कुराकानी ग¥यौँ । कोही उत्तरबाट आएका थिए भने कोही दक्षिणबाट । त्यहाँ देशको कुना काप्चाको इस्पात, फलाम, जुत्ता, कपडा आदि कारखानाहरूबाट आएका मजदुरहरू थिए । उनीहरू कोही आरामसँग बसिरहेका थिए त कोही अखबार हेर्दै थिए, कोही बुद्धिचाल खेल्दै थिए कोही त पिङपङ खेल्दै थिए । कोही आफ्नो परिवारलाई पत्र लेख्दै थिए त कोही हाङचाउका सुन्दर दृश्यहरू हेर्दै थिए । स्वास्थ्य निवासका स्टाफहरू आ–आफ्नो काममा व्यस्त थिए ।
सबै विभागहरू हेरिसकेपछि सुन्दर फिङफङ सँगै स्वास्थ्य निवासका अधिकारीलाई धन्यवाद दिएर बिदा लियौँ ।
मोटर अर्को कार्यक्रमको लागि कुड्न थाल्यो ।
प्राचीन मन्दिरहरू
२० जुलाईमा दिउँसोको खानापछि हामी पाऊ चु पागोडा, योह फाईको मन्दिर र चिहान, पहेँलो ड्रागन गुफा, जेड फोहरा, लिन इन मन्दिर, चिन–त्ज मन्दिर, बाघे मूल (Tiger Spring), ६ तले पागोडा, यू हान हिल, नौ कुण्ड र अठार खहरे, ड्रागन कुवा, तेन चु मन्दिर र अरु गुफाहरू घुम्न गयौँ ।
पाउ चु पागोडा (मन्दिर) – ४३ मिटर उँचो छ । पहिले यो बनाउँदा ९ तले थियो । यो ९६८ (सन्) मा सुङ वंशको कार्ड पाऊको समयमा राजा ‘चेनच्युको रक्षा मन्दिर’ को नामले प्रार्थना गर्न बनाइएको थियो । तर, शेन्स पिङ (सन् ९९८–१००३) को समयमा ७ तल्ले ग¥यो । पछि सूत्र वंश र युन वंशले पनि मर्मत गरे । यो मन्दिर चिनियाँ गृह निर्माण शैलीमा आधारित छ ।
योह फाई मन्दिर र चिहान – दक्षिणी सुङ वंशको समयमा (सन् ११०३–११४१) जब चीन विदेशी आक्रमणहरूसँग मुकाबला गर्दै थियो, योह फाई त्यसबेलाका एक नामी राष्ट्रिय वीर थिए । शक्तिशाली सेनाको नायक भएर योह फाईले आफ्नो शत्रुहरूको विरोधमा गरेको लडाइँमा खुब बहादुरीसाथ देशको रक्षा गर्दै रहे । तर, पछि उनी विश्वासघातद्वारा मारिए । मन्दिर सन् १२२१ मा बनाइयो जुन ‘इमानदारी र बहादुरीको मन्दिर’ कहलाइन्थ्यो । साथै योह फाईको चिहानसँगै उसका जनरलहरूको पनि मूर्ति छन् । त्यसको तल अगाडि पट्टि योह फाईलाई विश्वासघात गर्ने चिनस्वे, उनकी स्वास्नी र अरु विश्वासघातीहरूको मूर्ति बनाई फलामको बारभित्र राखिएका छन् ।
योह फाईको मन्दिर र चिहानमा चिनियाँ जनता श्रद्धापूर्वक हेर्न आउँछन् र विश्वासघाती चिनस्वेहरूको मूर्ति हेरेर घृणा गर्छन् ।
पहेँलो वज्र (मना) र ड्रागन गुफा – पाऊ शिह शान पहाडको उत्तरी भागमा पर्छ । त्यहाँको ढुङ्गा अथवा धारालाई ड्रागनको आकारले बनाइएको छ र त्यसबाट पानीको निर्मल धारा खसिराखेको छ । यो हाम्रो ढुङ्गेधाराजस्तै हो । हाम्रो ढुङ्गेधारामा राम्रो कलाले सिँगारेको हुन्छ, त्यस्तै यस गुफालाई सिँगारेको छ । ड्रागनको तल सानो मनोहर कुण्ड बनाइएको छ । त्यहाँ एउटा देवताको मूर्ति पनि छ । दृश्य धेरै मनोरम छ । चारैतिर हरियाली छाएको छ । त्यहाँ हामीले एक दुईवटा फोटो पनि खिच्यौँ ।
चिङ लिन मन्दिर – जो उच्वान मन्दिरले प्रसिद्ध छ । त्यहाँ एउटा सानो पोखरी बनाइएको छ, चारैतिर ढुङ्गाहरू छापिएका छन् । त्यसभित्र स–साना पानीका मूलहरू फोहराजस्तै उठ्छन् । यो सन् ४८२ मा बनाइएको थियो । यसलाई ‘मोती फोहरा’ पनि भनिन्छ । यो चौकुने पोखरीको बिच एउटा सानो देवल बनाएको छ, जसमा सुनौला माछाहरू खेलिरहेका हुन्छन् । यसलाई मिङ वंशको बेलाको (सन् १५५५–१६३६) एक ख्यातिप्राप्त कालीगड तुङ ची–चाङले खुब राम्रो एउटा माछाको आनन्द अधिराज्य भनेर लेखेको थियो । सूर्यको किरणमा यहाँ उठ्ने पानीको फोहराहरू सा¥है राम्रा देखिन्छन् ।
लिन इन मन्दिर – यो एक राम्रो बौद्ध मन्दिर हो । सन् ३२६ भन्दा पहिले चिन वंशको शेन होको पालामा हुइ लि भन्ने एक महन्तले बनाएको थियो । १६०० वर्षको इतिहासमा धेरैचोटि यसको मर्मत भइसकेको छ । यो लिन इन मन्दिर लिन इन पहाडको काखमा बनेको छ । यसकारण, यो लिन इन मन्दिर प्रसिद्ध छ । यो मन्दिर हाङचाउको सबभन्दा ठुलो बौद्ध मन्दिर हो, चिङ वंश (सन् १६४४–१६६१) को शुन चिहको पालामा ३३.६ मिटर उँचो गरी बनाएको थियो । तर, नयाँ जनसरकारले ऐतिहासिक र पुरातात्विक ठाउँ र वस्तुहरूको संरक्षणको लागि एक मर्मत दल पठाएर पुनः निर्माण र नवीकरणको आन्दोलन सुरु ग¥यो । १९५६ मा त्यस दलले आफ्नो काम सिध्यायो । यस मन्दिरको मुख्य कोठाभित्र १९.६ मिटर उँचो शाक्य मुनिको एउटा ठुलो राम्रो मूर्ति छ । यो मूर्ति श्रीखण्डको काठमा कुँदिएको छ । यो बुद्धको मूर्ति हेर्दा धेरै राम्रो र विशाल देखिन्छ । आजसम्म मैले त्यत्रो बुद्धको मूर्ति देखेको छैन । मतलब मैले देखेको बौद्ध मूर्तिहरूमा यो सबभन्दा ठुलो हो । मूर्तिको पछाडि भागमा एउटा ठुलो चित्र लेखिएको छ । चित्रमा ठुलो समुद्र छ र समुद्रको टापुमा एक बालक देखिन्छ । कोठाको वरिपरि बौद्ध धर्मका सूत्रहरू पनि लेखिएका छन् । माथिको त्यस चित्रको मतलब होला, संसारको व्यावहारिक दुःख र पीडाको महासागरमा आफू बच्ने एउटैमात्र उपाय बुद्ध धर्मरूपी टापु ।
मन्दिर असाध्यै सफा थियो । धूप बाल्ने चलन त्यहाँ पनि रहेछ । धूप अहिलेसम्म पनि बाल्दै छ, मूर्तिको अगाडि । ठुलो मूर्तिको अगाडितिर एउटा सिंहमरमरको राम्रो बुद्धको मूर्ति छ । यो त्यस मूर्तिको मोडेल हो । त्यो नवीकरण गर्दा पूर्वी कला विश्वविद्यालयका प्राध्यापकहरूले बनाएका थिए । यही मोडेलअनुसार त्यो ठुलो मूर्तिको नवीकरण गरिएको हो । भनिन्छ, यस मन्दिरको पुनर्निर्माणमा प्रधानमन्त्री चाउ एन लाई आफैँले खुब चाख लिनुभएको थियो । मन्दिरको चारैतिर ठुलठुला रुखको हरियालीले मन्दिरलाई झन् आकर्षक र मनोहर बनाइदिएको छ । साथै मन्दिरको अगाडि लन फोहरा (चिसो फोहरा) पनि छ । जसको मधुर आवाज मन्दिरबाट पनि सुन्न सकिन्छ । यस मन्दिरको दक्षिण पूर्वतिर ‘आकाश जाने गुफा’ जस्ता गुफाहरू पनि छन् । ती गुफाहरूमा सूर्यको प्रकाश छिर्छ ।
‘आकाश जाने गुफा’ सँगै एक अर्को गुफा छ । त्यस गुफामा बुद्धका धेरै राम्रा राम्रा मूर्तिहरू कुँदिएका छन् । यो सबभन्दा पहिले चु वंश (सन् ९५१) मा बनाएको थियो । साँच्चै यो गुफालाई बुद्ध गुफा भनेको खण्डमा केही अत्युक्ति नहोला । यी सबै कुराले लिन इन मन्दिरलाई धेरै आकर्षक बनाएको छ ।
चिन जु मन्दिरको निर्माण सन् ९५४ मा भएको हो । यस मन्दिरको अर्थ हो पवित्रता र परोपकारिताको मन्दिर । यो नान पिङ पहाडको तल बनेको छ । चिन जु मन्दिर चि कुङ भन्ने एक बौद्ध महन्तलाई उपहार दिएको थियो । त्यो महन्त सा¥है परोपकारी थियो । त्यसबेला मानिसहरू उसलाई बहुला पनि भन्थे ।
मन्दिरको अगाडि एउटा चोक छ । चोकमा एउटा इनार छ । त्यो इनारलाई जादुको इनार भने पनि हुन्छ । त्यस इनारको विषयमा एक किंवदन्ती छ । एकचोटि यो मन्दिर आगो लागेर भस्म भयो । पछि मन्दिर बनाउन काठ वा टिम्बाको कमी भयो वा त्यसले रोक्यो । अनि चि कुङले खुब रक्सी खायो र तीन दिन तीन रात सुत्यो । पछि उसले उठेर भन्यो, टिम्बा या काठ आउँदै छ । सबैले इनारमा काठ देखे । मन्दिर पूरा नभएसम्म त्यही इनारबाट काठ झिकियो । इनार हे¥याँै । इनारमा अहिले पनि काठ देखिन्छ ।
चिन जू मन्दिर अगाडि एउटा ठुलो पहाड छ । त्यसलाई चिनियाँहरू सायद अस्ताचल पहाड भन्दछन् । यो पहाडमै एउटा लेई फग भन्ने देबल पनि छ । यो सन् ९६० मा निर्माण भएको थियो भन्ने विश्वास छ । त्यहाँ बौद्ध धर्मसम्बन्धी अनेक प्रकारका लिपिहरू छन् ।
त्यस पछि हामी ‘बाघेमूल’ हेर्न गयौँ । ‘बाघेमूल’ पश्चिमी झीलको एक प्रसिद्ध सुन्दर ठाउँमध्ये एक हो । भनिन्छ, एकचोटि जोडा बाघले यहाँ गुफा खनेछ । खन्दा खन्दा यहाँ पानीको स–साना फोहरा निस्केछ । त्यसबेलादेखि यस ठाउँको नाम बाघेमूलले प्रख्यात भयो । यहाँ हरियाली र चरा चुरुङ्गीहरूको कलरब अनि मन्द पवनले मनलाई नै आनन्द पार्छ । यहाँ पानीमा खनिज पदार्थको मात्रा बढेकोले होला पानी घोलजस्तो बाक्लो छ । पूरा भरेको ग्लासको पानीमा पैसा राखेर हेर्दा त्यो पैसा डुब्दैन न त पानी नै विस्थापित भई पोखिन्छ । तर, पानीको सतह ग्लासको घेराभन्दा माथिसम्म गएको देखिन्छ ।
सँगै एउटा बुद्धको मन्दिर पनि छ, जो सन् ८१९ मा लाङ वंशको लाँन होको पालामा बनेको थियो । मन्दिरका ढुङ्गाहरूमा कुँदेका बुट्टाहरू सा¥है मिहीन र कलात्मक छन् । हामी यहाँ एकछिन आराम गर्यौँ । यहीँ चिनियाँ साथीले एकदम पानीले भरेको गिलासमा पैसा राख्दा पैसा नडुबिकन पानीमै उत्रिरह्यो र पानी पनि ग्लासबाट पोखिएन । यही थियो ‘बाघेमूल’ को पानीको गुण ।
षष्ठशील मन्दिर – यो हाङचाउमा हेर्न लायक ठाउँमध्ये एक हो । यो योह लुङ पहाडमा स्थित छ । यसको क्षेत्रफल करिब १.३ माऊ (०.२ एकड) छ र ५९.८९ मिटर उँचो छ । यो सुइ वंशको काई पाउको तेस्रो वर्ष (सन् ९७०) मा बनाएको थियो । पछि दक्षिणी सुङ वंश र चिह्न वंशको क्वाङ शुले पनि जीर्णोद्धार ग¥यो । अन्तमा क्रान्तिपछि यसको राम्रो मर्मत भयो र राम्रो संरक्षण पायो ।
बाहिरबाट हेर्दा यो मन्दिर १३ तला जस्तो देखिए तापनि भ¥याङ ७ वटामात्रै भएकोले यसलाई ७ तले नै मानिन्छ । मन्दिरको भित्री चैत्यमा सन् ११३२ र ११५९ को बौद्ध ग्रन्थसम्बन्धी कुराहरू र राम्रो कलात्मक चित्रहरू कुँदिएका छन् । खास गरेर यो मन्दिर बनाउनुको तीन लक्ष्य थियो – पहिलो, शेह ली (शारीरा भन्ने भगवान् बुद्धको अस्थि) राख्न, दोस्रो बाधाहरूबाट बच्न र तेस्रो अगाडिको चेताङ नदीहरूको डुङ्गाहरूलाई दिशा देखाउन ।
ल्यु हो अथवा षष्ठशीलको माने हो बुद्ध धर्मको ६ नियम अथवा ६ नियमको प्रतीक यो मन्दिर । नियम यसप्रकार छन् –
क) हिंसा नगर्नु,
ख) साँचो बोल्नु,
ग) पाप नचिताउनु,
घ) लोभ नगर्नु,
ङ) असल चिताउनु र
च) धनको सदुपयोग गर्नु ।
यो मन्दिर सा¥है राम्रो स्थानमा रहेको छ । यो येहलुङ पहाडमा रहेको छ । यहाँबाट उत्तर दक्षिणका सबै राम्रा हरियाली दृश्यहरू देखिन्छन् । यसको तलतिरबाट चेताङ नदी बगिरहेको छ । जो सा¥है रमाइलो देखिन्छ । मन्दिरभित्र बिजुली जडान गरेको छ । त्यसले सबै सामानहरू पनि राम्रो देखिने र सुरक्षित हुनेछ । यस मन्दिरले मलाई भक्तपुरको पाँचतले देवल (न्यातापोल्हँ) को सम्झना गरायो । यो मन्दिर पेचिङको पाताचुको मन्दिरसँग मिल्दोजुल्दो छ । मन्दिरबाट चेताङ नदीको माथि रेल हिँडेको हेर्न खुब आनन्द लाग्छ ।
षष्ठशील मन्दिरपछि हामी पश्चिमी झील र चेताङ नदीको बिचको ३०० मिटर उँचो व्हाङ पहाडमा गयौँ, त्यहाँबाट हाङचाउ र पश्चिमी झील अनि चेताङ नदी राम्रैसँग देखिन्छ ।
नौ खहरे १८ धारा – ड्रागन वेल (नागको कुवा) को दक्षिणी खोँचमा पर्छ । नाग–कुवा एक चाखलाग्दो ठाउँ हो । यो पहाडी ठाउँ लुङ चिङ हरियो चियाको लागि प्रसिद्ध छ । लुङ चिङ मन्दिर जसलाई शेङ शो यान पनि भनिन्छ, त्यसको १००० वर्षको इतिहास छ । यसको ख्याति मिङ वंश (ई. सन् १४३६–१४४९) को चेन तुङको पालामा थियो । यो नाग कुवालाई लुङ हुङ स्रोत पनि भनिन्छ । यो ठाउँमा पहिले देशमा सुब्बा पो भने मानिसहरू पानी माग्न आउँथे र अनि पानी पर्छ भन्ने किंवदन्ती छ । यसले हाम्रो देशको ‘हरहर माद्यो’ भनेर पानी माग्ने चलनको सम्झना गराउँछ । हाम्रो यहाँ पनि जङ्गलको वासी अथवा नागपोखरीमा गएर पानी माग्ने चलन छ ।
यही नाग–कुवाको दक्षिणी खोँचमा नौ खहरे १८ धारा पर्छ । त्यस नौ वटा खहरे र १८ धाराको पानी चेताङ नदीमा गएर मिल्छ । यस खहरेको पानी सा¥है निर्मल छ । खहरे र धाराको कलकल र झरझरले त्यस्तो शीतल हरियाली भएको ठाउँमा कस्तो रमाइलो होला, कल्पना गर्न सकिने कुरा हो । साँच्चै त्यस रमणीय स्थलमा अपार आनन्द आउँछ । यो ठाउँमा धेरै मानिसहरू र योङ पायनियोरहरू घुम्न आउँदा रहेछन् । बिदाको दिनमा र घुम्न आउने ठाउँको रूपमा यसको उपयोग भएको देखिन्छ । यहाँ पसल र आराम गर्ने ठाउँहरू पनि बनाएका रहेछन् ।
तैनच्यु मन्दिर– यो बौद्धहरूको एक तीर्थ स्थान हो । यो मन्दिर तीन मन्दिरहरू या तीन भागमा विभाजित छ । पहिलो सन् ३३० मा पहिलेको चिन वंशको र शिन हो को पालामा बनेको थियो । त्यसको नाम ‘फान चिन यान’ हो, जसको अर्थ बौद्ध सूत्रहरूको अनुवाद गर्ने संस्था ।
बिचको मन्दिर शुङ वंश (सन् ५९७) को काई हाङको पालामा बनेको थियो ।
चेन च मन्दिरको नाउँ फाहशी मन्दिर हो । जो तेनचु खान चिनयान कहलाउँछ । त्यसको अर्थ हो बौद्ध सूत्रहरूको संस्था । यो चिङ वंशको (सन् ८५१–९३२) चिङ लुङको पालामा ‘बौद्ध अधिराज्य’ को नामले प्रसिद्ध थियो । त्यही नाउँले एउटा मन्दिर बनायो । यहाँ अनेक देशहरूबाट बौद्धहरू श्रद्धापूर्वक यात्रा गर्न आउँछन् । यस सम्बन्धमा यहाँ एउटा शिलालेख पनि छ । यहाँबाट अनेक स–साना पहाड र छहराहरू पनि देखिन्छन् ।
यस्तै प्रकारले हामी सँध्या बादल गुफा भन्ने सधै कुहिरो जस्तो उठिरहने र राम्रा राम्रा चित्रहरू कुँदिएका ठाउँ हेर्न गयौँ, शुई इह जसको मतलब हो गीतको गुफा जहाँबाट सधैँ पानी झरेको आवाज आइरहन्छ । ६ ढुङ्गाको गुफा जहाँ शाक्यमुनि कुँदिएका आदि गुफाहरू पनि हामीले हेर्याँै ।
यसरी हामीले पूरा एकदिन हाङचाउका ऐतिहासिक मन्दिरहरू र रमणीय स्थलहरू हे¥यौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *