भर्खरै :

समाज विकासका चरणहरू

समाज विकासका चरणहरू

कुनै निश्चित ठाउँमा बसोबास गर्ने मानिसहरूको समूहलाई नै समाज भनिन्छ । जब समाजमा वर्गहरूको स्थापना भयो तब एक वर्गका केही मुट्ठीभर धनीहरूले अन्य बहुसङ्ख्यक गरीब मजदुर र किसानमाथि निरन्तर कानुनी शोषण गर्न समाजबाट अलग्गिएको प्रशासनिक यन्त्रको रूपमा राज्यको सुरुवात गरे । राज्यका स्वरूपहरू फेरिँदै जादा दमन (शोषण) को तरिकाहरू पनि परिवर्तन हँुदै गयो । समाजमा राज्यको यही फेरबदल र उत्पादनका साधनमाथिको प्रभुत्व नै समाज विकासको चरण हुन गयो ।

१. आदिम साम्यवादी समाज
मानव समाजको सुरुवाती चरण त्यस्तो समय थियो, जुनबेला समाज मालिक र नोकरमा विभाजित थिएन । लोग्नेमानिसहरू समूहमा सिकार गर्न जान्थे । महिलाहरू घरधन्दा र पशुपालन गर्थे ,जे जति हुन्थ्यो बाँडीचँुडी खान्थे । त्यसबेला राज्यको कुनै अस्तित्व झल्किँदैनथ्यो । मानिसहरूमाथि नियमितरूपमा दमन गर्ने र उनीहरूलाई आफ्नो वशमा राख्ने धर्म र राज्यजस्ता कुनै यन्त्र नै थिएनन्, उनीहरू त्यसको आवश्यकता नै मान्दैनथे ।
प्रत्येक मानिसहरू श्रम गर्दथे । अरूको श्रमबाट नाफा कुम्ल्याउन उनीहरूलाई कुनै लालसा थिएन । जहाँ महिलाहरूले पुरुष समान अधिकार पाएका थिए । बिस्तारै उनीहरूले पशुपालन र कृषिलाई बढावा दिन थाले । कृषि गर्नेहरू खोला किनारमा बसे जसले गर्दा धेरैजसो मानव सभ्यता नदी किनारमा देखा परे । पशुपालन गर्नेहरू घाँस हुने ठाउँमा गए ।

२. दासयुग
मानिसद्वारा मानिसमाथि गरिने शोषणको पहिलो कुरूप वर्गविभाजनको पहिलो खुड्किलो दासमालिकहरूको उत्पत्ति नै राज्यको घिनलाग्दो रूपमा देखा पर्यो । जब प्राकृतिक विपत्तिले खानाको अभाव हुन थाल्यो तब एक समूहले अर्को समूहको पशु र खेत लुट्न थाले । बिस्तारै ठुलो गाउँले सानो गाउँ कब्जा गर्न थाल्यो । जितिएका मानिसहरू दास भए । दासहरूलाई ईश्वरको नाममा बलिसमेत दिन थालियो । यसरी दास युग जन्मिएको थियो । (Apoloclypto) चलचित्रले दास युगको सुरुवाती चरणहरूको वर्णन गरेको छ ।
जहाँ दासहरूलाई मानिसमा गनिँदैथ्यो । सुरुमा मालिकहरूले दासहरूलाई भोकै काम गराउँदा गराउँदै पिटेर मार्दथे । अलि विरोध गर्न खोज्नेलाई ईश्वरको नाममा बलि दिइन्थ्यो । पछि उनीहरूले दासहरू बेचबिखन गर्न थाले । कानुनले तिनीहरूलाई वस्तुको रूपमा लिएको थियो । जोसँग धेरै दास हुन्थ्यो ऊ नै धनी मानिन्थ्यो । जसले गर्दा दासहरू मरेमा मालिकलाई घाटा लाग्दथ्यो । उनीहरू दासहरूलाई जीवन धान्नको लागि थोरै मात्रामा खाना खुवाउँथे । धेरै खुवाएमा दासहरू बलिया भई मालिककै विरुद्धमा धावा बोल्ने खतरा हुन्थ्यो । कति दासहरू भोक हडताल गर्दथे । त्यस्ताको दाँत फालेर खाना खुवाइन्थ्यो दास नमरोस् भनी । यदि मरेमा मालिकको क्षति हुन्थ्यो । जसरी हाम्रो घरमा गाई वस्तु मर्दा क्षति हुन्छ । (The birth of nation) चलचित्रले त्यसकालीन समाजलाई थप सचित्र वर्णन गरेको छ ।)
यस्तो क्रुरता सहन नसकी दासहरूले विद्रोह गरे, गृहयुद्ध चलाए । (दुई हजार वर्ष पहिलेको रोमन साम्राज्यका विरूद्ध स्पार्टाकसको नेतृत्वमा भएको विद्रोह एक उदाहरण थियो ।) तर, उनीहरूले कुनै चेतनशील बहुसङ्ख्या तथा सङ्घर्षको सञ्चालन गर्ने पार्टीको निर्माण गर्न सकेनन् । आफू कुन लक्ष्य लिएर अगाडि बढ्ने भन्ने कुरा स्पष्टसँग बुझ्न सकेनन् र इतिहासका अधिक क्रान्तिकारी क्षणहरूमा पनि उनीहरू सधँै सत्तारुढवर्गका हातका गोटी बन्न पुगे । लगातारको दास विद्रोहपछि दास युगको ठाउँमा सामन्तवादी युग देखा प¥यो ।

३. सामन्तवादी समाज
सामन्तवादमा दास मालिकहरू, सामन्ती र जमिनदार भए भने दासहरू भूदास हुन गए । सामन्तवादलाई जोगाइराख्न त्यतिखेरको राज्यले यन्त्रको रूपमा काम गरी गरिब किसानहरूलाई बारम्बार मुद्दा मामिलामा फसाई सास्ति दिने र कमारा कमारी बनाउन सहयोग गर्दथ्यो । भूदासहरू दिनभर जमिनदारको जग्गामा काम गरी बचेको बिहान बेलुकीको समयमा जमिनदारले दिएको एक टुक्रा जग्गामा काम गरी आधा पेट भर्दथे ।
जमिनदारले जग्गा बिक्री गरे सँगसँगै उनीहरू पनि बिक्री हुन्थे । घरमा पालिएका कुखुरा, खसीहरू बेला बेला जमिनदारलाई खुसी बनाउन दिनुपथ्र्याे । केवल जमिनदारहरूमात्र पूर्णाधिकार सम्पन्न हुन्थे, भूदासहरू भने अधिकारविहीन हुन्थे । यसरी हेर्दा शोषणको रूप त बदलियो तर शोषण भने यथावत् रहन गयो । बिस्तारै टाठा बाठाहरूले व्यापारमा हात बढाए । व्यापारीहरू जमिनदार र राजालाई तिर्नुपर्ने करदेखि वाक्क भई रुष्ट हुनथाले । बिस्तारै उनीहरू भूदासहरूको राज्य र जमिनदारप्रतिको असन्तोषलाई फाइदा उठाई पुँजीवादमा होमिए । (फ्रान्सेली राज्य क्रान्ति यसको गतिलो उदाहरण हो ।)

४. पुँजीवादी समाज
मध्ययुगको अन्त्यतिर विश्वमा व्यापारको विकास भयो, बहुमूल्य धातुहरू सुन, चाँदी विनिमयको साधन बने । मौद्रिक परिचालनले एउटै व्यक्तिको हातमा बृहत् सम्पत्ति केन्द्रित बनायो । त्यसबेला पँुजीपतीहरूले स्वतन्त्रताको नारा लिएर सामन्ती प्रथाको विरोध गरे । तर, त्यो स्वतन्त्रता ती व्यक्तिहरूको लागि मात्र थियो, जो सम्पत्तिका मालिक थिए । धनी सामन्ती किसानहरूले उद्योग कलकारखाना खोले, त्यहाँ पुग्नको लागि बाटो बनाइयो । बाटोले जग्गाको मूल्य बढ्यो । जग्गा धेरै हुने धनी किसानले जग्गाबाट करोडाँै धन कमाए ।
पुनः उनीहरूले धन व्यापारमा लगाए । गरिब किसान भने साहुको ऋण तिर्न नसकी, कृषिबाट गुजारा नचलेर वा जमिनदारहरूले सुनियोजित तवरले मजदुर पूर्ति गर्न घर जलाइदिएपछि उनीहरू किसानबाट मजदुरमा परिवर्तन भए । (हिन्दी दो बिगाहा जमिन चलचित्रले किसानहरू कसरी मजदुरमा परिवर्तन भए भन्ने सबिस्तार वर्णन गरेको छ ।) किसानहरू कारखाना मालिककहाँ काम गर्न गए । रोजगार थोरै तर मजदुरहरू धेरै भएकाले पँुजीपतिहरूले थोरै मूल्यमा काम गराउन थाले । (चर्चित रसियन साहित्यकार म्याक्सिम गोर्कीले आमा उपन्यासमा रसियाको मजदुरहरूको अवस्थालाई छर्लङ्ग उतारेका छन् ।)
प्रविधिको विकासले एउटा मेसिनको सहायताले १०० कामदारले गर्ने काम एक मजदुरले गर्न सकिने भयो । तर, प्रविधिले मजदुरले गर्ने कामको समय घटाएन, तलब बढाएन । मजदुरहरू कामबाट निकालिए । मजदुरहरूको क्रयशक्ति घट्यो । बजारमा सामान बिक्री हुन छाड्यो । तब व्यापारीहरूले टनका टन चामल र अन्य सामान समुन्द्रमा फ्याँकी, सामानको हाहाकार बनाई पुन अचाक्ली पैसा असुल्न थाले । एकातिर मानिस सामान किन्न नसकी भोकै मर्छन्, अर्कोतिर खाद्यान्न समुद्रमा फालिन्छ । एकातिर बिरामीहरू औषधि किन्न नसकी मरिरहेका हुन्छन् अर्कोतिर औषधिको म्याद गुज्रिएर फोहोरमा फ्यालिन्छ । पुँजीवादको कालो अनुहार यति भयानक र निर्दयी हुन्छ कि त्यो भनेर वा लेखेर सकिँदैन ।
बेरोजगारी वृद्धि हुनु पुँजीवादी समाजको दिनचर्या हो । जसले गर्दा पुँजीपतिले जतिसक्दो सस्तोमा ज्यामी किन्न पाउँछ । शिक्षा, स्वास्थ्य केवल व्यापारका साधन बन्छन् । सरकार वेश्यालयबाट समेत कर उठाउन थाल्दछ । बलात्कारी, हत्यारा, तस्कर, ठेकेदार, माफिया, बिचौलियाहरू न्यायालय किन्ने क्षमता राखी सांसद, मन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न पाउँछन् । किसान भोको पेट सुत्छ । मजदुर आफूले उत्पादन गर्ने सामान आफैँ प्रयोग गर्न असमर्थ हुन्छ । अरूका घरहरू बनाउने ज्यामीहरूको आफ्नो घर कहिल्यै बन्दैन । गरिब बिरामीहरू बाटोमा जीवनको भिख माग्दछन् । जहाँ दिनरात काम गर्ने मजदुरका सपना कहिल्यै पूरा हुँदैनन् । पुँजीवादमा पनि शोषणको रूप त बदलियो तर शोषण भने यथावत नै रहन गयो । जब मानिसहरूले आफूमाथि भएको शोषण चिनेर त्यसको अस्तित्व मेटाउन सच्चा क्रान्तिकारी बिचार बोकेको पार्टीमा सामेल भई क्रान्ति गर्दछन्, तब पुँजीवादी व्यवस्थाको ठाउँमा समाजवादी व्यवस्थाले पाइला चाल्दछ ।

५. समाजवादी समाज
समाजवादी व्यवस्थामा उत्पादनका साधन र राज्य सर्वहारावर्गको हातमा रहन्छ । जहाँ सबैको जीवन अमूल्य मानिन्छ । सबैलाई सबै चिजमा समान अधिकार दिइन्छ । हत्या, बलात्कार, मानव बेचबिखन सदाको लागि निर्मूल हुन्छ । क्षमताअनुसारको काम र काम अनुसारको ज्यालाको बन्दोबस्त हुनाले, काम गर्नेले भरिपेट खान पाउँछ, उसका आकाङ्क्षा पूरा हुन्छन् । काम नगर्नेहरूलाई काममा लगाइन्छ । अरूको श्रममा रजाइँ गर्ने पुँजीपतिहरू त्यहाँ रहन नपाउने हुँदा समाजवादमा अप्रत्यक्ष मानवीय शोषण (बेचबिखन) को अन्त्य हुन्छ ।
मार्च १८७१ मा पेरिसका सर्वहारावर्ग र क्रान्तिकारी जनताले गरेको सशस्त्र विद्रोहले महान् पेरिस कम्युन अस्तित्वमा आयो । जसले त्यहाँ नागरिकहरूको विरुद्ध सरकारको रक्षा गर्ने सेना हटाई, सरकारको विरुद्ध नागरिकको रक्षा गर्ने सेना भर्ती गर्यो । कम्युनका कुनै पनि सदस्य र कर्मचारीको तलब अरू मजदुरहरूको तलबभन्दा बढी हुनेछैन भनी लागु ग¥यो । सम्पूर्ण बैङ्क, विद्यालय, अस्पताल, कारखाना, जमिन, महलहरू र राज्य नै सम्पूर्ण मजदुर किसानहरूको हातमा सुम्पिदियो । यसरी पेरिस कम्युनले मानिसद्वारा मानिसमाथि गरिने शोषणको अन्त्य गरिदियो । धनी र गरिबको भेद हटाइदियो ।
अक्टोबर ७ मा लेनिनको नेतृत्वमा रुसमा भएको समाजवादी क्रान्तिले पनि त्यहाँको राजा (जार) र पँुजीपतिको सम्पूर्ण आधिपत्य खोसेर अस्पताल, विद्यालय, कारखाना, खेतहरू, बैङ्क सबै जनताको हातमा सुम्पिदियो । संसारको सबैभन्दा ठुलो र सबभन्दा गरिब देशले सर्वप्रथम अन्तरिक्ष यान प्रक्षेपण गर्यो । प्रथम पटक कृत्तिम तवरले पानी पार्ने काम गर्यो । निःशुल्क शिक्षा र स्वास्थ्यको बन्दोबस्त गर्यो । वेश्यावृत्ति शून्यमा झार्यो । हिटलरजस्तो तानाशाहको रवाफलाई निमिट्यान्न पार्यो । संसारका सम्पूर्ण समाजवादमा लम्कने चाहने देशलाई दिल खोलेर सहयोग गर्यो । विश्वमै शोभियत सङ्घ एक नम्बरको देशको रूपमा उदायो । जहाँ नाफालाई नभई, मानवता र भाइचारालाई प्रमुख धर्म मानियो । समाजवाद भनेको सबै समस्याको उपचार हो भन्ने कुराको प्रमाणित सोभियत सङ्घले गरेर देखायो ।

६. साम्यवादी समाज
साम्यवादी समाज समाजवादको विशिष्ट रूप हो । जहाँ मानिसद्वारा मानिसमाथि गरिने शोषणको अन्त्य भई सबैले प्रकृति र समाजका चिजहरू समान तवरले उपयोग गर्न पाउँछन् । साम्यवादी समाज धनी र गरिब नभएको अति चेतनशील र उत्कृष्ट समाज हुने हुँदा हत्या हिँसा, चोरी, लुटपाट, बलात्कारजस्ता घटना हँुदैनन् । जसले गर्दा सेना, प्रशासन र जेलहरूको आवश्यकता नै रहँदैन† राज्यको अस्तित्व नै रहँदैन । सम्पूर्ण मानिसहरूमा परिष्कृत चेतना हुने हुँदा मानवतालाई नै धर्मको रूपमा हेरिने हुँदा जातीय, धार्मिक युद्धहरूको अन्त्य हुन्छ । मानिसहरू आफ्ना सन्तानको सुनौलो भविष्यको लागि समाजलाई थप योगदान पु¥याउन लालायित हुन्छन् । प्रविधिको विकासले शारिरिक परिश्रमको अन्त्य हुन्छ । जहाँ युद्ध हैन भाइचारा स्थापना भई संसारले अकल्पनीय विकास हासिल गरी मानिसहरूले कल्पना गर्ने स्वर्गको नमुना यसै पृथ्वीमा देखिन्छ ।
यसबाट के बुझिन्छ भने जबसम्म शोषण कायम रहन्छ तबसम्म समानता असम्भव छ । मजदुर मालिकसँग समान हुन सक्दैन । भोका अघाएकासँग समान हुन सक्दैन । प्रकृतिको यति विविधताले भरिएको, सुन्दर र उब्जाउ देशमा मानिसहरू बेरोजगारी, बिरामी र अशिक्षामा पिल्सिनु भनेको दुःखद कुरा हो । तर, पँुजीवादको जग यस्तै शोषणमा टिकेको हुन्छ । पुँजीवाद गरिबहरूको पेट काटेर, उनीहरूका सन्तानको चाहना लुटेर आफ्ना ठुला ठुला आलिसान महल बनाउनुमा गर्व गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *