भर्खरै :

निर्वाचनभन्दा अगाडि र पछाडि विचारमा अस्थिरता स्वाभाविक

निर्वाचनभन्दा अगाडि र पछाडि विचारमा अस्थिरता स्वाभाविक

सन् २०२४ इतिहासकै सबभन्दा ठुलो चुनावी वर्ष हुँदै छ । विश्वका आधा जनसङ्ख्या बसोबास गर्ने दर्जनौँ देशमा यो वर्ष चुनाव हुँदै छ । यो सूचीमा भारत, संरा अमेरिका, इन्डोनेसिया, पाकिस्तान र बङ्गलादेश पनि पर्दछ । आधा अर्ब जनसङ्ख्या भएको र युरोपका २७ देश समावेश भएको युरोपेली सङ्घमा पनि यसै वर्ष संसदीय निर्वाचन हुँदै छ । (लोकरिझ्याइँद्वारा विस्थापित अर्थशास्त्र’–अन्तरा हन्डर–नागरिक– २१ माघ २०८०)
तर, भारत एकातर्फ हिन्दू अतिवादको झन्डा बोक्दै छ भने अर्कोतिर पाकिस्तान, बङ्गलादेश, इन्डोनेसिया आदि इस्लाम धर्म मान्ने देशहरू आफ्नो स्थानमा अडिग छन् । त्यस्तै संरा अमेरिका र युरोपेली देशका इसाइ धर्मालम्बीहरू अन्य धर्म, सभ्यता र तेस्रो विश्वको स्वतन्त्रता र मुक्तिको निम्ति लचक देखाउन तयार छैनन् । यस अर्थमा सन् २०२४ को निर्वाचन वर्षमा दक्षिणपन्थी राजनीति र परम्परावादी झन्डा बोक्नेहरू आफै विभाजित छन् । धर्म, सम्पदा, जातीय भेदभाव र नयाँ प्रजातन्त्रबारे एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका जनता गम्भीररूपले जनताको प्रजातन्त्र र समाजवादतिर लाग्दै छन् ।
जहाँसम्म पश्चिमी देशको प्रजातन्त्र र राजनैतिक स्पष्टताको विषय छ । त्यस हिसाबले बेलायती प्रजातन्त्रमा उदारवाद र अनुदारवादको विषयमा राजा र सामन्तवर्गको प्रभावको अनुदारवादी दलको नारा दुई चुनावपछि उदारवादी दलसँग समानता हुन्छ । यसकारण, बेलायतीहरू ठट्टा गर्ने गर्छन्, हाम्रो दुई पार्टी बन्दोबस्त छ, एक उदारवाद र अर्काे अनुदारवाद । उनीहरू पालैपालो शासन गर्छन् तर परिणाम एउटै हुन्छ ।
अमेरिकीहरू पनि निर्वाचनमा रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टी बताउँछन् । तर, कामदारवर्ग र जातीय विभेदमा शब्द र शैली फरक भए पनि व्यवहार समान हुन्छ । यसकारण, भन्ने गर्छन्, रिपब्लिकन र डेमोक्रेटिक पार्टी एउटै ढ्याकको खुकुरी र त्रिशुलजस्तो । २ सय वर्षभन्दा लामो समयसम्म शासन गरेका अमेरिकी प्रजातन्त्रका दुई शासक दलहरूले फरक भाषा बोले पनि साम्राज्यवादी सोच र व्यवहारमा कुनै अन्तर छैन । यसकारण, दोस्रो विश्वयुद्धपछिको कोरिया युद्ध (१९५०–५३), भियतनाम युद्ध, अफगानिस्तान, क्युवा, इराक, लिबिया र सिरियामा दुवै पार्टीको एउटै दृष्टिकोण छ – दबाउने ।
यसकारण, धर्मको नाममा, सभ्यता र जातीय भेदभावको कारण संरा अमेरिका र भारतको दक्षिणपन्थी एकता टिक्नेछैन र आर्थिकरूपले भारत उठ्दो शक्ति हुनेछ भने संरा अमेरिका शोषण गर्ने दबाउने उद्देश्यमा दृढ रहनेछ ।
एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका बहुमत देशहरू र जनता स्वतन्त्रता, मुक्ति, जनताको प्रजातन्त्र र आर्थिक समानताउन्मुख, समाजवादउन्मुख छन् भने अमेरिका ठीक विपरीत दिशामा छ । यसकारण, निर्वाचनमा सबै महादेशका दक्षिणपन्थीहरू एक नहुने अनेक कारण हुँदा साम्राज्यवादविरोधी धारणाले प्रमुखता पाउने प्रस्ट छ ।
‘मध्यपूर्वमा युद्धको लागि उद्यत अमेरिका’ को स्थितिबारे भन्छ, ‘प्यालेस्टिन–इजरायल युद्धको मूल कारण संज्ञानमा नलिए ‘आक्रमण र प्रत्याक्रमण’ को चक्र दोहोरिरहनेछ । वासिङ्टनले ‘सम्भावित युद्ध’ लाई समाल्न सक्नेछैन । (नयाँ पत्रिका– २३ माघ २०८०)
दक्षिण भारतकै दक्षिणपन्थीहरू निर्वाचनमा एक हुने अनुमान गरेको खण्डमा पाकिस्तान र बङ्गलादेशको विभाजनलाई दुवैले बिर्सन सकेका छैनन्, एउटा भारतीय विस्तारवाद पीडित र अर्काे भारतको संरक्षण प्राप्तिको भावनामा बाँचेको छ ।
दक्षिण एसियामा माल्दिभ्स क्षेत्रफल र जनसङ्ख्या सानो भएर पनि जनताले आ–आफ्नो देशलाई माया गर्नु स्वाभाविक हो, ‘द्विपक्षीय सम्बन्धको एक भागको रूपमा सन् २०१० देखि माल्दिभ्समा सानो सानो सङ्ख्यामा भारतीय सेना तैनाथ छ ।’ ८८ जना भारतीय सेनाको सङ्ख्या खतराको दृष्टिले एकदमै सानो हो । माल्दिभ्सका सेनालाई लडाइँ र जासुसीमा तालिम दिने द्विपक्षीय सम्बन्धको एक भागको रूपमा सन् २०१० देखि त्यहाँ भारतीय सेना तैनाथ गरिएको छ । (नयाँ पत्रिका– २२ माघ २०८०)
सेना ठुलो होस् वा सानो, कुनै देशको स्वतन्त्रता र सार्वभौमिकताको दृष्टिले एउटै हो । यसकारण, सन् २०२४ को विश्वका धेरै देशको निर्वाचनमा विचारको समानता बलियो हुने सम्भावना कम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *