भर्खरै :

क्यान्टनतिर – ३

क्यान्टनतिर – ३

पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)

१९२७, ११ डिसेम्बरको दिन पहिलोपल्ट चिनियाँ जनताले महादेशमा सोभियत स्थापना गरेका थिए । सोभियत ३ दिनमात्रै चल्न सक्यो । गद्दार च्याङ काइशेक र प्रतिक्रियावादी कोमिङताङ सरकारले आमहत्या काण्ड मच्चाइदियो । त्यस हत्याकाण्डमा ५७०० साम्यवादीहरूले वीरगति प्राप्त गरे । तर, चिनियाँ कम्युनिस्ट पार्टी र अध्यक्ष माओको नेतृत्वमा सहिदको रगतले भिजेको झन्डा फहरिँदै गयो । ‘एक ढल्छ हजार उठ्छन्’ भन्ने उक्ति चरितार्थ हुँदै गयो । त्यही ठाउँ थियो सहिदहरूको लाशले पहाड भएको र रगतको खोलो बगेको । त्यही रक्तप्लवित धरती आज पवित्र ठाउँ बनेको छ । सायद मैले जीवनमा देखेका सबै झिलिमिली बिर्सन सकुँला, तर मैले यो सहिद पार्क बिर्सन सक्तिन । मेरो मुटु असामयिक र अप्राकृतिकरूपले ढुकढुक गर्दै थियो । जीउ सिरिङ सिरिङ हुँदै थियो । शरीरका रौँहरू ठाडाठाडा हुन्थे । मानसमा कोलाहल मचिरहेको थियो, मानौँ समुद्रमा आँधी– बेहरी आउँदाको छाल जस्तै ।
दायाँबायाँ नागबेली बाटो गर्दै चिहानहरू हेर्दै खुड्किलाहरू उक्लिदै गयौँ । चिनियाँ साथीले ‘मैत्री–मण्डप’ औँल्याएर देखाउनुभयो । ‘मैत्री–मण्डप’ पाटीजस्तो राम्रो ठाउँ बनाएको रहेछ । यसै ठाउँमा कोमिङताङ सरकारले सोभियत कन्सुलेटको हत्या गरेको थियो । यसकारण, यो ‘मैत्री–मण्डप’ चीन–सोभियत मैत्रीको प्रतीक मानिन्छ । यो मण्डप बनाउन क्यान्टनका युवक–विद्यार्थीहरूले श्रमदान गरेका थिए । पार्कको चारैतिर रुख र बिरुवाहरू रोपिएका थिए– सहिदहरूको सम्झनामा । यी जम्मै रुख र बिरुवाहरू क्यान्टनका युवक, विद्यार्थी र बालकहरूले रोपेका थिए । अन्तमा हामी ‘सहिद समाधि’ मा पुग्यौँ । सहिद समाधि पार्कको सबभन्दा उँचो ठाउँमा छ । समाधि करिब ५०–६० फिटको गोल घेराको छ । यसको उचाइ करिब १५–२० फिटको छ । गोलाकार समाधि आकाशको निलो रङ्गमा हरियो घाँसको थुम्कोजस्तो देखिन्छ ।
समाधिस्थल घुम्यौँ । सूर्य आकाशमा हाँसिरहेको थियो । बतास बिस्तार बिस्तार बहिरहेको थियो । ‘समाधि मण्डप’ सा¥है राम्रो देखिरहेको थियो । हामी पार्कको जम्मै जसो भाग घुम्यौँ । योग पाइनियोरहरू तलाउमा डुङ्गा खियाउँदै थिए । ठुलठुला हाँस, सुनौला माछाहरू ती तलाउहरूमा पौडी खेल्दै थिए ।
यस सहिद पार्कको निर्माण १९५४ मा क्यान्टनका युवक, विद्यार्थी, मजदुर र किसानहरूले गरेका थिए । साम्यवादको लागि भएको सङ्घर्षमा बलिदान भएका वीर सहिदहरूको सम्झनामा । यहाँ दिनको हजारौँ मानिसहरू आएर सहिदहरूप्रति सम्झना र श्रद्धा व्यक्त गर्छन् ।
सहिद पार्कबाट मोटर दौडिसकेको थियो । तर, मेरो मानसमा सहिद पार्क चलचित्रजस्तै घुमिरहेको थियो ।
लिऊ सिन गंजी कारखाना
दिउँसोको ५ बजेको हुँदो हो । मोटर क्यान्टनको गल्ली हुँदै दौडिरहेको थियो । अन्तमा मोटर क्यान्टनको पुरानो खालको सडकमा गएर अड्यो । मोटरबाट ओर्लेर हामी एक गंजी कारखानामा लगियौं । कारखानाको नाउँ लिऊ सिन कारखाना थियो । हाम्रो सत्कार कारखानाका युवा कम्युनिस्ट लीगका १८–२० वर्षकी सचिव सुश्री बाङ हुले गर्नुभएको थियो । हामीले चीनमा हेरेका सबै कारखानाहरूमध्ये यो कारखाना भौतिक दृष्टिले सबभन्दा पछाडि थियो । गल्लीको सानो पाँच तले घर नै कारखाना थियो । कारखानाले भक्तपुरको तकवा टोपी (भादगाउँले टोपी) बनाउने घरको सम्झना गरायो । यो कारखाना पुरानै थियो । क्रान्तिपछि पार्टी र सरकारले यस कारखानाको उत्पादन बढाउन, काम हलुका बनाउन र उत्पादन छिटो गर्न स्वचालित गर्न, मजदुरहरूको आर्थिक र सांस्कृतिक स्तर बढाउन कारखानाको सुधार र सहयोग गरेको छ । प्राविधिक आविष्कार र प्राविधिक क्रान्तिको आन्दोलनभन्दा अघि कारखानाले दिनको केही सय मात्रै गंजी उत्पादन गर्नसक्थ्यो । तर ‘लामो कुदाइ’ को समयमा प्राविधिक क्रान्ति र प्राविधिक आविष्कार आन्दोलनको सफलतापछि कारखानालाई अर्धस्वचालित र स्वचालित बनाएर दिनको हजारौँ गंजीहरूको उत्पादन गर्न थाल्यो । कारखानामा काम गर्ने जम्मा ६०० भन्दा बढी मजदुरहरू छन् जसमा महिलाहरूको सङ्ख्या बढी छ । क्रान्तिभन्दा अघि सम्पूर्ण काम हातले नै गरिन्थ्यो र क्रान्तिपछि आधा कलपुर्जाले गर्न थाल्यो या गरियो । १९५८ को प्राविधिक अनुसन्धान आन्दोलनपछि बढी कलपुर्जाहरू स्वचालित बनाइयो । तर सबैजसो कलपुर्जा काठकै छ ।
यस कारखानाको जम्मै सिउने कलहरू अमेरिकामा बनेका थिए । क्रान्तिपछि अमेरिकाले कलहरूको कलपुर्जा र सिउने सियोसम्म चीनलाई दिन बन्द गरिदिँदा उत्पादन नै रोक्नुपर्ने अवस्था आएको थियो । तर, त्यस नाजुक अवस्थामा पार्टीको प्राविधिक अनुसन्धानको निर्देशनलाई बुझेर काऊ सङ भन्ने कारखानाका एक मजदुरले तिन दिन तिन रात नसुतिकन सिउने मेसिनको कलपुर्जामा नवीनता ल्याइदियो, जसले गर्दा अमेरिकी कलपुर्जा र सियोमा भरपर्नु परेन । काऊ सङ त्यो कलपुर्जा बनाइरहँदा उनलाई सुत्ने अनुरोध गर्दा उनले उत्तर दिएका थिए –“मजदुरहरूले एक दुई रात नसुतेर केही हुँदैन, कलपुर्जालाई स्वचालित गर्न अरु धेरै रात नसुत्न तयार छु ।” यसरी काऊ सङ्ले तिन चार रात दिन काम गरेर आखिर आफ्नो काममा सफलता पाएका थिए ।
गंजी कारखानाको पाँचौँ तलामा हामीले एउटा स्वचालित गंजी काट्ने कल देख्यौँ त्यसले दिनको हजारौँ गंजी काट्न सक्छ । एक कुशल गंजी काट्ने मानिस या मजदुरले दिनको केही सय गंजी मात्रै काट्न सक्छ । तर, त्यस कलले दिनको हजारौँ गंजी काट्छ । त्यो कल सा¥है साधारण थियो, त्यसमा ३–४ वटा बाइसाइकलको जस्तो दाँतिदार पाङ्ग्रा र सिक्री थियो । त्यो कल एक साधारण बुढा कामदारले आविष्कार गरेको थियो । त्यो चीनमा पहिलो प्रकारको कल थियो । त्यो कल बनाउने मजदुर पहिले एक साधारण कालीगड थियो । आफ्नो प्राविधिक आविष्कारमा लाग्दा ऊ भन्ने गर्दथ्यो, “पुँजीपतिहरूको समयमा जाडो महिनामा पनि पसिना आउने गरी काम गर्नुपथ्यो, तर अहिले पार्टी र सरकारले मजदुरहरूप्रति त्यति ध्यान दिएको बेलामा यति फुर्सतको बेलामा काम गर्न के गा¥हो प¥यो र ?” उसले आफनो मनमा राखेको जस्तो गंजी काट्ने कल बनाउन नसकेसम्म ऊ रात दिन काममा लाग्दै थियो ।”
प्राविधिक आविष्कार र प्राविधिक क्रान्तिको आन्दोलनमा यस कारखानाले १००० भन्दा बढी सुझावहरू दिएको थियो । जसमा धेरैजसो स्वीकार गरियो । आफैँ काट्ने कलमा कपडाका थानहरू मात्र राखिएको थियो । कल आफैँ कटकट गर्दै गंजी काट्दै गइरहेको थियो । काटिएको गंजीको कपडा आफैँ सिउने ठाउँमा गइरहेको थियो । फाल्टु टुक्रा कपडाहरू खररर अर्को ठाउँमा गएर खस्थ्यो ।
सिउने कलहरू पनि अर्ध–स्वचालित थियो । कपडा सफा गर्ने, धुने आदि काम पनि अर्ध–स्वचालित बनाउन मजदुरहरूले धेरै मेहनत गरेका रहेछन् । तैपनि जम्मै कल स्वचालित हुन सकेको छैन ।
कारखानाको सबै विभाग हेरिसकेपछि हामी फेरि सत्कार गृहमा पुग्यौँ । त्यहाँ हामीले केही प्रश्नहरू ग¥याँै । स्वचालित कलले मात्रै उत्पादन कार्य नगरिकन किन हातले पनि काम गरिरहेछ भन्ने मेरो प्रश्नको उत्तरमा का. बाङ हुले भन्नुभयो, “चीन सा¥हैै ठुलो देश हो जसको जनसङ्ख्या ६५ करोड छ । हाम्रो देश भर्खर आफ्नै खुट्टामा उभिन लागेको छ । हामीसँग पर्याप्त मात्रामा कलपुर्जाहरू भइसकेका छैनन् । त्यत्रो ठुलो जनसङ्ख्याको माग पूरा गर्न नयाँ कारखानाहरू र कलपुर्जाहरूको उत्पादनले मात्रै सम्भव छैन । त्यसैले ‘दुवै खुट्टाले हिँड्ने’ पार्टीको नीतिअनुसार हामी नयाँ र पुराना, हातले चलाउने र स्वचालित कलद्वारा कम समयमा बढी र सस्तोले उत्पादन गर्ने पक्षमा छौँ । यसको साथै पार्टी र सरकारले मजदुरहरूको स्वास्थ्यमा विशेष ध्यान दिएको छ । पुरानो कलपुर्जा या कारखानालाई विस्तार–विस्तार नवीकरण र स्वचालित बनाउँदै पनि लानेछ । कम मूल्यमा छिटो र अझ असल माल उत्पादन गरेर समाजवादको निमार्ण गर्ने हाम्रो पार्टीको ‘दुवै खुट्टाले हिँड्ने’ नीति अत्यन्त उचित छ ।”
एक दुई अरु प्रश्न उत्तरपछि हामी का. बाङसँग बिदा लियौँ । बाङ हु १८–२० वर्षकी एक महिला हुनुहुन्थ्यो र उहाँ सा¥है छिटो बोल्नुहुन्थ्यो । उहाँको स्वभाव सा¥है सरल थियो । मुखमा लाली र पाउडर, अत्तर र सिंगारको गन्धसम्म पनि थिएन । उहाँ पार्टीको नीति र निर्देशनलाई राम्रोसँग व्याख्या गर्ने क्षमता राख्नुहुन्थ्यो ।
मोटर पुरानो बजार हुँदै बढ्यो । हामीहरू गइराखेका सडक र बजार दोस्रो विश्वयुद्धमा जापानी आक्रमणले ध्वस्त प्रायः भएको थियो । क्यान्टनको बजारमा मानिसहरूको घुइँचो थियो । मोटर निरन्तर हर्न दिँदै अगाडि बढ्यो । सडक र बजारमा बिजुलीको झिलिमिली थियो । राति फेडरेसनका साथीहरूसँगै खाना खायौँ । एसियाली एकता र नेपाल–चीन मैत्रीको उत्तरोत्तर वृद्धिको कामना गर्याँै । खाना र कुराकानीपछि बिदा लियौँ ।
चीनसँग बिदा
२५ जुलाई दिउँसोको खानापछि हामी हङकङको लागि बिदा भयौँ । चीन र हङकङको सिमानामा पुग्यौँ । एक पुलले जनवादी गणतन्त्र चीन र बेलायतको उपनिवेशको सीमा छुट्याइएको थियो । पुलको आधा भागमा के पुगेका थियाँै धीरा, कणिका (बँगाली साथीहरू) र रत्ना आँखाबाट आँसु झार्दै रुन लागे । स्वास्थ्य निवासका द्वेभाषीसँग हात पालैपालो मिलाउँदै थिए मानौँ आफ्नै घरबाट बिदा हुन गइरहेका छन् । आखिर मेरो पनि धैर्यको बाँध भत्क्यो । आँखामा आँसु छचल्किन थाल्यो । मलाई आश्चर्य लाग्यो, केही महिनाको बसाइले चिनियाँ जनताप्रति कस्तो माया बसेको । यसको कारण हो चिनियाँ जनताले हामीलाई देखाएको भ्रातृभाव र निश्छल मित्रता ।
सानो १५–२० फुट जतिको पुल १५–२० मिनेटमा पार ग¥यौँ । अब हामी जनवादी गणतन्त्र चीनमा थिएनौँ बरु बेलायत अधिनस्थ हङकङ टापुमा । उता पुलको पारि मि.ली हात हल्लाउँदै थिए, यता पुलवारि हामीहरू हात हल्लाउँदै थियौँ आँखा भिजाएर । त्यसबेला मलाई यो राष्ट्रहरूको सङ्कीर्ण घेरादेखि सा¥है घृणा अनुभव भयो र मनमा ठुलो वैराग्य उत्पन्न भयो– कस्तो विषाद ¤
सिमानाको हरियाली साँच्चै मनमोहक थियो । तर मनमा ठुलो दिक्दारी थियो । हामीलाई पुलको वारिमात्रै हेरिरहने इच्छाले छोप्यो । बरोबर सुस्केरा आइरहेको थियो । मलाई त धीरा, कणिका र रत्नाको दुःखित दशा देखेर आश्चर्य लाग्यो । मित्रता गगनचुम्बी पहाडभन्दा पनि उँचो छ, तरबार र बन्दुकभन्दा पनि बलियो छ, लाखौँ कोशको फरक रहे पनि नजिकै हुँदो रहेछ भन्ने कुरो बुझेँ । समय आयो । रेलमा बसँे । रेल छक्छक् गर्दै अगाडि बढ्यो । चीनसँग बिदा लिएँ । आँखाले देख्न छोड्यो मनले भन्यो – बिदा मित्र, बिदा !
हङकङ
रेल पूर्ण रफ्तारले अगाडि बढ्दै थियो । धुवाँ देखिएको थिएन, ट्रेन विद्युत् शक्तिले चलिरहेको थियो । हङकङ मञ्चु सरकार र बेलायतको अफिम युद्धमा चीन हारेर अङ्ग्रेजसँग एक असमान सन्धिमा गुमेको थियो । सन्धिले हङकङ बेलायतको उपनिवेश बन्यो । यो सन्धिलाई चिनियाँ जनता ठुलो ऐतिहासिक कलङ्कको रूपमा मान्छन् । यहाँको जनसङ्ख्या २० लाखभन्दा बढी छ ।
रेलबाट ओर्लेर हामी मोटरबाट एक चिनियाँ अधिकारीद्वारा हङकङको एक ठुलो चिनियाँ होटलमा लगियाँै । होटल १६–१७ तलाको र उँचो दर्जाको थियो । लिफ्ट (करेन्टको भ¥याङ) बाट १०–२० तल्लाका कोठाहरूमा गयौँ । कोठामा एयरकन्डिसनको व्यवस्था थियो र पूर्णतया ऐश आरामले युक्त थियो ।
वास्तवमा हङकङ अत्यन्त चहलपहल पूर्ण ठाउँ हो । राति होटलको कौसीबाट हङकङको झिलिमिली हेर्दा मनमा लाग्यो हङकङले व्योमको झिलिमिली चुनौती दिइरहेको छ । ठूलठुला भवनहरू र खाडीहरूमा स–साना जहाजहरूका बत्तीहरूको प्रकाश पानीमा प्रतिबिम्बित हुँदा एकछिन आँखालाई विश्वास हुँदैनथ्यो कि यो रात हो । वास्तवमा हङकङलाई सुन्दर बनाउन सकिने प्राकृतिक बरदान छ । यो ठाउँ जतिको राम्रो छ उत्तिकै यो ठाउँमा भ्रष्टाचार चरम बिन्दुमा पुगेको छ । बाहिर यस्तो झिलिमिली थियो, होटलको डायनिङग हलमा सेविकाहरूको चहल–पहल भिन्नै ढङ्गको थियो । टेलिभिजनमा बलडान्स चल्दै थियो, रेडियोको लाउङस्पिकरबाट भद्दा प्रेमको गीत आइरहेको थियो ।
खानापछि राति म साथीहरूलाई खबरै नदिइकन बाहिर निस्केँ । बन्दरगाहको किनारमा पुगेँ । जहाँ तहाँ युवक युवतीहरूको चहलपहल थियो । अश्लील र भद्दा प्रेमको खुला बजार थियो ।
दिउँसो पसलहरू घुम्यौँ । दोब्बरभन्दा कम मूल्य कुनै पसलले गरेन । नैतिक दृष्टिले हङकङ ठगी, भ्रष्टाचार, कालोबजार, बेश्यावृत्तिको केन्द्रजस्तै छ । हामी बस्ने होटलको लिफ्टमा काम गर्ने एक सेविकासँग मेरो कुराकानीले के थाहा भयो भने चीनको शासनप्रति हङकङमा बस्ने मानिसहरूको धारणा गलत छ । उनको नाउँ त मैले बिर्सेँ । उनको उमेर भर्खर १८ वर्षको थियो । उनको फेसन पूर्ण युरोपेली ढङ्गको थियो । काटेको कपाल, फ्रक, टाई, लिप्स्टिक, पाउडर र सेन्ट (अत्तर) ले अर्को चञ्चलतालाई चरम सीमामा पु¥याईदिएको थियो । उनको ओठमा सधँै हाँसो खेलिरहन्थ्यो र आँखामा तीखो चञ्चलता । उनी एक चिनियाँ युवती थिइन् । उनी सा¥है राम्रो अङ्ग्रेजी बोल्थिन् । सायद मलाई चिनियाँ सम्झेर होला मसँग चिनियाँ भाषामा कुरा गरिन् । उनले मसँग सोधिन् –“तपाईं कुन प्रान्तको हुनुहुन्छ ?” मैले चिनियाँ भाषामै उत्तर दिएँ, “म चिनियाँ होइन ।” उनी आश्चर्य भइन् । “म पेइचिङबाट आफ्नो देश फर्कदै छु । म नेपालको हुँ । “मैले अङ्ग्रेजीमा बोलेँ । २०–२२ वर्षको एक नेपाली युवक पेइचिङबाट आएको सुन्दा उनी आश्चर्य भइन् । एकछिन टोलाएर सोधिन् – “पेइचिङमा तपाईलाई केही गरेन ?“ “अहँ, हामी त ८–१० महिना आनन्दसित पेइचिङमा बसेर आयौं ।” – मैले उत्तर दिएँ । पेइचिङ हङकङभन्दा धेरै राम्रो, त्यहाँका जनता सा¥है सुखी छन् भनेर सुनाउँदा उनी मेरो कुरा पत्याउन तयार भइनन् । अनि मैले भनेँ, “जाऊ गएर हेर, कम्युनिस्ट चीन कस्तो राम्रो छ पछि थाहा हुनेछ । पुँजीवादको प्रचारको शिकार नहोऊ ।” उनी क्यान्टनकै बासिन्दा थिइन् । क्रान्तिको बेलामा उनको आमाबाबु हङकङ भागेका थिए । त्यसबेला उनी सानै थिइन् । क्यान्टनको विषयमा पनि उनले मेरो प्रभाव या बयान सुन्दा आश्चर्य मानेर मतिर एकटक हेर्दै थिइन् । मलाई उनीदेखि कम आश्चर्य लागेन । चीनको यस्तो नजिक ठाउँमा बसेर पनि पुँजीवादी प्रचारको कारणले साँचो कुरा पनि थाहा पाउन नसक्नु कस्तो विडम्बना !
बैङ्ककतर्फ
२६ जुलाई भात खाइसकेपछि बैङ्ककको लागि हङकङ हवाई अड्डा गयौँ । हवाई अड्डामा मलाई सा¥है नराम्रो लाग्यो । त्यहाँका कर्मचारीहरूको व्यवहार सा¥है भद्दा र अशिष्ट थियो । नेपाली भन्ने थाहा पाएपछि झन् तिरस्कारपूर्ण ढङ्गले मेरो सुटकेश र अरु मालसामानहरू खोलेर हेरे । खोलिसकेपछि सुटकेश लातीले हिर्काएर एक ठाउँबाट अर्को ठाउँमा पु¥याइयो एयरबाय्समेत जबरजस्ती हेरेको घटनाले मलाई सा¥है खटक्यो । तर म हेर्दै थिएँ कुनै युरोपेलीलाई त्यसो गर्ने साहससम्म तिनीहरूले गरेनन् । अनि मैले सोचेँ, यहाँ तिनीहरूको राज चल्छ, चाहे यो एसिया नै किन नहोस् । हामी नेपाली गोर्खाहरू तिनीहरूकै फौजमा बसेर कत्ति सेवा गछौँ– गोरखा भर्तिकेन्द्रबाट । न हेपोस् पनि कसरी ¤
बैङ्कक हवाई अड्डा
दिउँसो करिब २ बजे बैङ्कक हवाई अड्डा ओल्यौँ। हङकङबाट करिब ११ बजेतिर उडेको थियो । हवाईजहाज धेरै ठुलो थियो । हवाईजहाजमा पनि मैले परिचारिकाहरूको व्यवहार पक्षपातपूर्ण देखेँ । युरोपेली या पश्चिमीहरूलाई बढी आदर गर्ने चलन र देशको आकार र शक्ति हेरेर गर्ने व्यवहार सा¥है दुःखलाग्दो थियो । सायद युरोपेली या शक्तिशाली देशका यात्रुहरूले पनि भाडा त्यत्तिकै तिरेका होलान् । एसियाली कर्मचारीहरूमा पनि यस्तो गुण देखिनु दासताको भावना भन्न सकिन्छ किनभने आ–आफ्नो देश आफ्नो लागि राम्रै हुन्छ ।
हवाईजहाजमा मेरो सीटसँगै युरोप (सायद असट्रेलिया) का एक महिला डाक्टर थिइन् । २०–२२ वर्षको एक युवक र युवती । पेइचिङबाट फर्केको थाहा पाउँदा उनी अलि हतास भएको अनुभव भयो । चीनको विषयमा मेरो उत्तर सुन्दा उनी रुखबाट खसेकी जस्तै भइन् । तिनले मलाई र रत्नालाई तलदेखि माथिसम्म हेरिन् । डाक्टरजस्तो शिक्षित व्यक्ति पनि साँचो कुरासँग परिचित नहुनु सा¥है दुःखको कुरो थियो । उनको भनाइअनुसार पेइचिङमा सधैँ लडाई र काटमार मात्रै हँुदो हो । उनलाई थाहा छैन कि पेइचिङजस्तो शान्त राजधानी सायद कुनै देशमा छ कि छैन ¤ रातो चीनको हौवाले उनी खूब तर्सेकी थिइन् । यो सब पुँजीवादी प्रचारको करामत हो भन्ने कुरो मैले अनुमान गरेँ । सौभाग्यवस उनीसँग कलकत्ताबाट गौचरसम्म पनि सँगै उड्याँै । मैले कलकत्ताबाट नेपाल आउँदा पनि केही भन्ने मौका पाएँ । सायद आफ्नो देशमा पुगेर उनले आफ्ना घरका मानिस र साथीहरूलाई नयाँ कुरो आश्चर्य मानेर भन्ने छन् ।
बैङ्कक सा¥है गरम थियो । यहाँ पनि हङकङकै चहल पहल थियो । लिप्स्टिक र पाउडर, मुस्कान र आँखाको इसारामा पूर्ण अश्लीलता लुकेको थियो । म सम्झन्छु, नैतिक दृष्टिले बैङ्कक भ्रष्ट छ ।
केही घण्टाको आरामपछि, विमान कलकत्ताको लागि उड्यो । बादल भित्र र बाहिरका दृश्यहरू हेर्दै करिब ५–६ बजेतिर साथीहरू र बङ्गाली साथीहरूका आफन्तहरू आइरहेका थिए । तर कलकत्ता उत्रनुपर्ने रत्नाको सुटकेश हराएको थियो । तत्कालको दौडधुप पछि सुटकेश बम्बई उडिसकेको कुरा भोलिपल्ट बल्ल पत्ता लाग्यो । तर, चीनमा कहिले यस्तो घटना घटेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *