भर्खरै :

विदेशबाटै पेचिङचिर

विदेशबाटै पेचिङचिर

दोस्रो खण्ड (३ भाद्र २०५२–११ भाद्र २०५२)

विदेशबाटै पेचिङतिर
३ भदौ २०५२ (19 August 1995) १०.३० बजे [Choson Minhang (korean Airway)] को विमान उडान नं. JS -151 प्योङयाङबाट पेचिङको निम्ति उड्यो । हवाईजहाजमा चढ्ने अनुमति पत्र (Boarding Pass) को अर्कोपट्टि वायुपङ्खी घोडा (छोलिमा) र जापानी उपनिवेशवादबाट कोरियालाई मुक्त गरेपछि कोरियाली जनताका मुक्तिदाता किम इल सङलाई १९४५ मा जनताले स्वागत गरेको ठाउँ र पछि त्यहाँ बनाएको ‘विजयद्वार’ तथा पेचिङको केही भागको सुन्दर चित्र थियो ।
हवाई अड्डामा कोरियाली मजदुर पार्टीका सचिव किम योङ सुन, बाल सांस्कृतिक टोलीको नेतृत्व गरी नेपाल आएका सांस्कृतिक उपमन्त्री छन योन ओक र कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिको परराष्ट्र विभागको सेक्सन अफिसर लि बिदाइ दिन आउनुभएको थियो ।
विमान परिचारिकाले भनिन्, “पेचिङ १००० किलोमिटर टाढा छ र १ घण्टा ३० मिनेटको यात्रा हुनेछ । पेचिङमा १२ बजे पुग्नेछ ।”
दिउँसो १२ बजे हामी चीनको पेचिङ ओल्र्यौं । अरु विदेशी मित्रहरू आ–आफ्ना गन्तव्यस्थानमा लागे र चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय समितिको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका खान र उपनिर्देशिका वाङ फेङ मलाई लिन हवाई अड्डामा पुग्नुभएको थियो । त्यही उहाँहरूले कार्यक्रमको एकप्रति (Inlinerary in china) मलाई दिनुभयो ।
१२.४५ मा ४० किलोमिटर पार गर्दै वानशोउ अतिथि सदन (WANSHOU GUEST HOUSE) पुग्यौँ र २३१५ नं. कोठाको साँचो लिएँ । एक बजे खाना खाएँ र कार्यक्रम अनुसार २.३० बजे स्वर्गको मन्दिर (The Temple of Heaven) तिर लाग्यौँ । सँगै खान पनि हुनुहुन्थ्यो ।
सन् १४२० मा ह्वाङ छियान तियान (Hung Qian Dian) सम्राटले बाली राम्रो होस् भनी ईश्वरलाई प्रार्थना गर्न बनाइएको यो मन्दिरको क्षेत्रफल २७४ हेक्टर अर्थात्् ४९३२ रोपनीभन्दा बढी छ ।
सन् १५२२ मा सम्राट चियाङ ची अर्थात्् मिङ वंश (१५२२–१५६६) ले स्वर्गीय साम्राज्यको भवन अथवा (The Hall Of Imperial Heaven) को निर्माण गरेका थिए ।
सम्राटले पूजा गर्दा बाजागाजा बजाइन्थ्यो । त्यो पूजा गर्ने चोकको क्षेत्रफल मात्रै ६४०.५ वर्ग मिटरमा बनेको छ । विभिन्न किसिमका बाजा बजाउनेहरू पहिले ३०० जना थिए भने छिङ वंशमा ६०० पुगेको थियो । विभिन्न किसिमका बाजाहरू अलग्गै एउटा पुरानो भवनमा प्रदर्शित थिए । काठको बाजा, से (Harp_ Bon Pipe, Ocarina, Shang, Jien (drum), Qin छिन (Lute) Ya (काठको बाजा), लहरे सारेगमको ताल दिने ढुङ्गाहरूको बाजा, तामाको त्यस्तै बाजा, विभिन्न किसिमका घण्टाहरू आदि प्रदर्शित थिए । बाँसुरी मात्रै १०–१२ किसिमका थिए । हाम्रो ‘करुणामय’ देवजस्तै प्राचीन चीनमा पनि वर्षा र राम्रो बालीको निम्ति देव देवताको पूजा गर्ने गरिन्थ्यो र वर्षा र बाली देवताको निम्ति भव्य मन्दिर बनाइएको रहेछ । पूजा सामग्रीमा धूप बाल्ने ठुल ठुला फलामे मकल वा धुपदानी मात्रै होइन बाछा समेत हवन गर्ने वा यज्ञमा बलि चढाउने प्रचलन पनि देखियो ।
दासयुग र सामन्ती व्यवस्थामा बनाइएका अनेकौँ ऐतिहासिक स्मारकहरूलाई संरक्षण गर्न सरकारलाई धौ धौ थियो । आज त्यहाँका मानिसहरूको घुइँचो देख्दा अचम्म लाग्छ । हाम्रो देशको बिस्केट वा घोडाजात्रामा जस्तो । विदेशी यात्रुहरूलाई ३०–३५ युआन अर्थात् ५–६ डलर शुल्क लिइन्छ भने चिनियाँहरूलाई कम । पुराना इँटहरूको ठाउँमा ठुल ठुलो चौकुने सिमेन्टका इँटाहरू छापिएका छन् । झिङ्गटीहरू चिनियाँ माटाका पक्की र टलकदार छन् । मन्दिरका मुख्य मुख्य ढुङ्गाहरू सिँगमरमरका छन् । परेवा र अरु चराचुरुङ्गीबाट मन्दिरलाई जोगाउन पाखा, बलेनीहरूमा तारका जाली राखिएका छन् ।
४.३० बजेतिर पेचिङको दृश्यावलोकन गर्दै वानशोउ अतिथि सदन फर्केँ । चीनमा अहिले हप्ताको दुई (शनिबार र आइतबार) बिदा रहेछ । यसकारण रात्रिको कार्यक्रम बनेन ।
विश्वका गुफाहरूको झ्याल
४ भदौ २०५२ (20 August 1995) बिहान ८ बजे खान र नयाँ बहिनी साओ तावसँग She Hoe (शे हव) भन्ने गुफा हेर्न गयौँ । बाटामा अनेक कलकारखाना पर्दोरहेछ । ट्रक र मोटरहरूको लामा लामा लाम थियो । ढुङ्गा र चुनको खानी, गिट्टी चुन र सिमेन्टका कारखानाहरू हुँदै, एकपछि अर्को घुम्ती र पहाड हुँदै बल्ल १० बजे हामी त्यो ठाउँ पुग्यौँ । मानिसहरूको घुइँचो चीनमा अब भन्नै पर्दैन ।
दसै बजे हामी गुफा प्रवेश गयौँ । एउटा टिकटको ३२ युआन अर्थात् झण्डै ५ डलर पर्दछ । चुनको खानी भएको हुनाले पानीले चुन गल्दै बग्दा भित्र अन्य विभिन्न प्रकारका चट्टानहरू विभिन्न आकारमा रहेका छन् – हात्ती, बाँदर, परी, झुल, पर्दा, फुल आदि । भित्र फूल, बाटा, जालीजस्तै फलामे पाटा, रेलिङ र खुड्किल्ला बनाउँदै घुम्न हुने गरी बनाइएका छन् र बिजुलीको राम्रो प्रबन्ध छ । यसरी यस गुफालाई पनि पर्यटनको एउटा क्षेत्र बनाउन सुरु गरिएको छ । हामी पूरै डेढ घण्टा अर्थात् ११.३० मा बाहिर निस्क्यौँ । भित्र चिसो भएको हुनाले गर्मी, थकाइ र खुट्टा दुःखेको अनुभव भएन ।
अन्तमा, त्यहाँ इटाली, फ्रान्स, हँगेरी, बुल्गेरिया, क्यानाडा, अमेरिका आदि ठाउँका गुफाहरूका चित्रहरू समेत राम्रोसँग प्रदर्शित थिए । यस गुफाको नाम दिइएको थियो– विश्वका गुफाहरूको झ्याल (Window of World Caves) । १२.४५ बजे हामी वानशोउ अतिथि सदन पुग्याँै ।
अचानक हपेमा
२१ अगष्ट (४ भदौ) को दिन ढलको फोहर पानी उपचार केन्द्र हेर्ने सिलसिलामा हामी पेचिङबाट हपे प्रान्त अर्थात् ७० किलोमिटर टाढा पुग्यौँ । ८ बजे हिँड्यौँ र ९ बजे पुग्यौ । त्यहाँको स्थानीय सरकार र गृह । निर्माण शाखासँग हाम्रो गाइडको कुराकानी भयो । तर, त्यसबारे देखाउन लायक बन्दोबस्त छैन भनी उत्तर पाए । फोहर फाल्ने कार्यमा त्यस क्षेत्रमा नयाँ प्रयोग गर्दो रहेछ, फोहरलाई खाल्डोमा फाल्ने र त्यसमाथि माटोले पुर्ने काम सुरु मात्रै भएकोले त्यो पनि देखाउन लायक नभएको गाइडलाई बताइयो ।
यसकारण, हामी पुनः Oxidization Pond हेर्न भनी पेचिङ फक्यौँ । संयोगले नाउँ उस्तै परेकाले हामी हपे प्रान्त पुगेछौँ । उता पेचिङमा त्यस्तै नाउँको उपचार केन्द्रमा प्रोटोकलहरू हामीलाई पर्खिराखेका रहेछन् । हामी ११.३० मा पेचिङ पुग्यौँ । तर, दिइएको समय गुज्रिसकेको हुनाले हामीले अर्को दिनको निम्ति त्यस कार्यक्रमलाई स्थगित ग¥यौँ । शिशु भान्छा घरमा खाना खायाँै । चिनियाँ शैलीको भान्छा घरको आफ्नै विशेषता छ ।
दुई पार्टी वार्ता
दिउँसो २.३० बजे चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय समितिको अन्तर्राष्ट्रिय लायाजो विभागको उपमन्त्री लि चेनरेनसँग दुई पार्टीसम्बन्धी वार्ता भयो । लि चेनरेनले पुरानो साथीलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै दुई पार्टी सम्बन्ध झ्न बलियो हुँदै जाने आशा गर्नुभयो र दुई देशको मित्रताबारे जोड दिनुभयो ।
त्यस्तै उहाँले एमाले र नेपाली काङ्ग्रेससँग पनि राम्रो सम्बन्ध भएको बताउनुभयो । उहाँ ‘शान्ति र निःशस्त्रीकरण’ भन्ने एक गैरसरकारी संस्थासँग पनि सम्बन्धित हुनुहुन्छ । एमाले र नेपाल मजदुर किसान पार्टी दुवै पार्टीलाई हामी त्यतिकै महत्व दिन्छाँै । दुवै सरकारी नेताहरूको भ्रमणको आदानप्रदान हुँदै छ, आर्थिक सहयोगमा पहिलेभन्दा फरक कम्पनीलाई ऋण दिने र तिनीहरूले उत्तरदायित्व वहन गर्नुपर्ने गरिएको छ । जडीबुटी, रस, सडक, पर्यटन, उद्योग आदिको विकासबारे र दुवै देशको स्थितिबारे छलफल भयो ।
उहाँले आफ्नो १९९४–१९९५ को देशको स्थितिबारे बताउनुभयो । त्यसको सार सङ्क्षेप यस्तो हुन्छ – यस दशकको अन्तसम्म देशको विकासको स्तर दोस्रो दर्जामा पुग्ने अर्थात् प्रतिव्यक्ति आम्दानी ६०० डलर पुग्नेछ । १९८० को भन्दा प्रतिव्यक्ति आम्दानी दोब्बर हुनेछ, १९७८ (अर्थात् १६) वर्षभित्र प्रतिव्यक्ति आम्दानी १.५५ मा वृद्धि भएको थियो र पछि ८.९ देखि १० प्रतिशतको हाराहारीमा पुग्यो । ८ देखि ९ प्रतिशत बढाउने योजना थियो ।
त्यस्तै जीवनस्तरमा पनि विकास हुँदै छ । सहरी जनताको जीवनस्तर ६.३ प्रतिशतले वृद्धि भएको छ भने किसानको आम्दानी १.४७ प्रतिशतले मात्रै वृद्धि भएको छ ।
विदेशी व्यापारमा ठुलो प्रगति गरेको छ । १९७९ मा २४ अरब डलरको व्यापार थियो भने अहिले २३६ अरब डलरको व्यापार हुन्छ । त्यसबेला (१९७९) मा विदेश व्यापारमा चीन ३३ नम्बरमा थियो भने अहिले ११ नम्बरमा छ ।
व्यापारमा खुला नीति छ भने राजनीतिमा स्थिरता आएको छ । वर्तमान राष्ट्रपति तेस्रो पुस्ताको हुनुहुन्छ, तङ श्याओ फिङको युगको काम अब नयाँ पुस्ताले लिइसकेको छ । पश्चिमीहरूले अनुमान गरेजस्तै तङ पछि चीनमा नीतिहरूमा कुनै हेरफेर आउने छैनन् र सन् २००० पछि पनि नीति यथावत रहनेछ । तर, यसको अर्थ समस्याहरू समाप्त भयो भन्ने चाहिँ होइन । समस्याहरू निम्न छन् –
क) ठुलो र मध्यम दर्जाका उद्योगहरूको उपलब्धि कम देखा पर्दै छ, त्यसकारण त्यसलाई बढाउनु छ ।
ख) १० वर्षअघि उद्योग र कृषिको भूमिका ४ र १ को अनुपातमा थियो । अहिले ५ भाग उद्योगको र १ भाग मात्र कृषिको रहेको छ ।
ग) चीनमा वर्षमा एक करोड जनसङ्ख्या बढ्छ ।
घ) सुख्खा र बाढीजस्ता प्राकृतिक प्रकोपले अन्नमा कमी ल्याउँछ । आत्मनिर्भर भए पनि
त्यसमा अझ जोड दिँदै जानु छ ।
ङ) मूल्यवृद्धि २१ प्रतिशतले बढेको छ, त्यसलाई १५ प्रतिशतमा घटाउन आवश्यक छ ।
बरफ एकैचोटि जम्दैन भनेजस्तै समस्याका समाधानहरू पनि एकैबाजि गर्न सकिँदैन । १९९२ को चिनियाँ कम्युनिस्ट पार्टीको चौधौँ महासम्मेलनले चिनियाँ शैलीको समाजवाद र समाजवादी बजार अर्थतन्त्र लागु गर्ने निर्णय गरेको थियो । १९९३ को तेस्रो केन्द्रीय समितिको सम्मेलनले ५० वटा निर्णयहरू लिएको थियो । त्यसमध्ये आर्थिक (वित्तीय) कर प्रणाली, बैङ्किङ, मूल्यवृद्धि नियन्त्रण, विदेशी मुद्रा, व्यापारमा सुधार आदि हुन् ।
समाजवादी अर्थ व्यवस्था के हो र अहिले चिनियाँ कम्युनिस्ट पार्टीको आर्थिक नीति के हो भन्नेबारे ली चेनरेनको भनाइलाई यसरी राख्न सकिन्छ –
क) १९९५ मा आर्थिक निर्माणलाई केिन्द्रत गर्ने र विकासको गतिलाई तीव्र पार्ने ।
ख) मुद्रास्फीति २१ बाट १५ मा झार्ने योजना छ । त्यसो गर्न सके जनताको जीवन र सामाजिक जीवनमा सुधार भई एक दुई वर्षभित्र मूल्यमा १० प्रतिशतले घट्नेछ ।
ग) समाजवादी विशेषता भएको विकास भन्नुको अर्थ हो माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आधार बनाई विकास गर्ने ।
घ) तङको विचारलाई पार्टीको तेस्रो सम्मेलनले अनुमोदन ग¥यो र ठोस व्यवहारको आधारमा आधुनिकीकरण भएको हुनाले त्यसको उपलब्धि पनि भएको छ ।
ङ) समाजवादी समाजको सिंहावलोकन गर्दा समाजवादी आन्दोलनको लामो अनुभवले के देखाउँछ भने वामपन्थी अवसरवादमाथि सुधार आवश्यक छ ।
किनभने, सोभियत सङ्घ र पूर्वी युरोपमा समाजवादको विघटनबाट शिक्षा लिनु आवश्यक छ । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई सैद्धान्तिक आधार मान्ने समाजवादमा पार्टीको नेतृत्वलाई मान्ने, सर्वहारा हुकुमलाई कायम राख्ने, सुधार र निर्माणलाई चालू राखेमा सोभियत सङ्घ र पूर्वी युरोपका घटनाहरू दोहरिने छैनन् । समाजवादी समाजलाई कसरी बुझ्ने भन्ने विषयमा उहाँले भन्नुभयो, “ठोस व्यवहारमा माक्र्सवाद–लेनिनवादलाई लागु नगर्दा पूर्वी युरोपमा समाजवादको विघटन भयो र समाजवादको बाटो बाङ्गोटिङ्गो भयो । यसकारण, शत्रुवादी हुनु भएन, विकासवादी सिद्धान्तलाई लागु गर्नुप¥यो ।”
चीनमा समाजवादलाई जोगाउन र विकास गर्नेबारे उहाँले भन्नुभयो–
क) विश्व कम्युनिस्ट आन्दोलनमा नोक्सान नपु¥याउन र त्यसको गुणलाई अगाडि बढाउनु
पर्छ । त्यसो भनेको
– श्रमशक्ति मुक्त गर्ने ।
–श्रमशक्ति विकास गर्ने र शोषण हटाउने ।
–गरिब र धनीको भेद हटाउने । त्यसको अर्थ सबैलाई धनी बनाउने नीति लिने ।
–समाजवादको अर्थ गरिबी होइन बरु समाजवादले गरिबी हटाउँछ ।
श्रमशक्तिलाई विकास गर्न सकेन भने साम्राज्यवादलाई हटाउन सक्दैन र समाजवादप्रति जनताको विश्वास घट्छ । अहिले चीनमा ८ करोड जनता गरिबीको रेखामुनि छन् । यस वर्ष पश्चिमी चीनका १ करोड जनतालाई गरिबीको रेखाभन्दा माथि उठाइनेछ र सन् २००० सम्ममा ८ करोड जनता गरिबीको रेखाभन्दा माथि उठनेछन् । त्यसको अर्थ हो – देशका सबै मानिसले राम्रोसँग खान र लाउन पाउनेछन् ।
समाजवादी अर्थ व्यवस्थाको निर्माणबारे धेरैलाई थाहा थिएन ।
योजना र बजारबारे थाहा थिएन, पुँजीवादी व्यवस्थाको मूल्यलाई प्रभाव पार्ने अन्य
तत्व पनि छन् । ती हुन् –
१) समाजवादी समाजमा भूमिको स्वामित्व राष्ट्र वा समूहको हुन्छ ।
२) राष्ट्रिय सम्पत्तिलाई निजीकरण गरिएको छैन र गरिन्न ।
३) चीनमा अहिले ८८ प्रतिशत उद्योग सरकारको स्वामित्वमा छ ।
४) निजी वा संयुक्त लगानीमा ११ प्रतिशत मात्र रहेको छ ।
गाउँले क्षेत्रमा भूमिलाई सामुहिक स्वामित्वमै राखिएको छ, निजी होइन । १६ वर्षदेखि नयाँ बन्दोबस्त गरिएको छ र अहिले सामुहिक स्वामित्वको आधारमा १० करोड जनताले काम पाएका छन् । काम परिवारकै जिम्मेवारीमा दिइएको छ ।
समाजवादको अर्को लक्षणबारे उहाँको भनाइको सारसङ्क्षेप हो–
१) वितरण व्यवस्था – कामअनुसारको ज्याला दिइन्छ, श्रमअनुसार वितरण
२) दामासाहीले अथवा हचुवा ढङ्गले होइन ।
मानिस धनी हुनेछन् तर साम्राज्यवादको दलाल हुने खालको पुँजीपतिवर्ग उठेको छैन ।
करको बन्दोबस्त गरिँदै छ – सबैलाई नियन्त्रण गर्न नियमहरू बनाउनु पर्दछ ।
राज्य शक्ति पार्टीको हातमा हुन्छ – सार्वभौमिकता सरकारको हातमा रहन्छ ।
पहिले अति केन्द्रित मात्रै होइन हुकुमी योजना हुन्थ्यो, त्यसको ठाउँमा अहिले निर्देशित योजना लागु छ, जो आवश्यक पनि छ ।
आवश्यक प¥यो भने हस्तक्षेप पनि सरकारले गर्नसक्छ । हो, आर्थिक विकास र आर्थिक गतिविधि बढ्दा केही नकारात्मक परिणामहरू पनि देखापरेका छन् ।
पार्टीकै ठुला नेताहरू (पेचिङ महानगरका मेयर वा सचिवस्तरकै मानिसहरू समेत) भ्रष्टाचारीमा परेका छन् । पार्टीले यसबारे गम्भीररूपले कारबाही गर्दै छ र पार्टीमा शुद्धता ल्याउन पार्टीका नेता र कर्यकर्ताहरूको निम्ति नयाँ नयाँ नियमहरू पनि बनाउँदै छ–
– पार्टी सदस्यले सरकारी पैसा खान नपाउने ।
– राम्रो विदेशी गाडी होइन राष्ट्रिय गाडीमा चढ्ने ।
– प्रान्तीय तहको पार्टी नेतासमेतलाई त्यो नियम लागु गर्ने ।
– सबै गाउँ र जनतामा गएर काम गर्नुपर्छ ।
– प्रजातन्त्र र केन्द्रीयता हुनुपर्छ ।
– सङ्गठन र नैतिकतामा ध्यान दिने ।
– गुण र प्राविधिक ज्ञान भएको नयाँ पुस्ता तयार गर्ने ।
– पार्टी र पार्टी निर्णयप्रति बफादार रहने कार्यकर्ता तयार गर्ने ।
– जनतासँग मिलेर समाजवादको निर्माण गर्ने ।
– गाउँस्तरमा पार्टी अलि खुकुलो छ । त्यसलाई ३ वर्षभित्र बलियो बनाइनेछ ।
पार्टीमा नयाँ शताब्दीको निम्ति नयाँ तयारी पनि गरिँदै छ । नयाँ समाजको निम्ति नयाँ मानिसको खाँचो पनि छ । यसकारण, पार्टीले तलका कार्यहरू गर्नेछ –
१) पार्टी स्कूलको बन्दोबस्त,
२) पार्टी कार्यकर्ता गाउँमा पठाउने,
३) अन्तर्राष्ट्रिय सम्पर्क बढाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *