वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
दोस्रो खण्ड (३ भदौ २०५२–११ भदौ २०५२)
रात्रि भोज
छलफलपछि लि चेनरेनले आयोजना गर्नुभएको भोजमा पेचिङको एसिया होटलमा ६ बजे पुग्याँै । भोजमा शाही नेपाली राजदूत तुल्सीलालजी पनि आमन्त्रित हुनुहुन्थ्यो । ८ बजे वानशोउ अतिथि सदन पुगेँ ।
च्याङ ग्वानहुवासँग दिवा भोज
५ भदौ (22 August) मङ्गलबार बिहाँन ७.१५ मै एक नेपाली साथीको फोन आयो । तल लिन गएँ । राष्ट्रिय समस्याबारे कुराकानी भयो । चियापछि उहाँसँग पेइचिङको मेट्रोमा गयौँ । उहाँ आफ्नो काममा जानुभयो । खानसँग म दृश्यावलोकन गर्दै फर्कँे । ११ बजेसम्म बजार घुमेँ ।
च्याङ ग्वानहुवा चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय समितिको अन्तर्राष्ट्रिय लायजो विभागको पुराना उपमन्त्री हुनुहुन्थ्यो । अहिले उहाँ ६५ वर्ष पुग्नुभयो । यसकारण उहाँले त्यस पदबाट अवकास पाउनुभएको छ ।
तैपनि उहाँ अहिले चिनियाँजन राजनैतिक परामर्श सम्मेलनको राष्ट्रिय स्थायी समितिका सदस्य, चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको परराष्ट्र मामिलासम्बन्धी समितिका उपाध्यक्ष, चिनियाँ जनताको शक्ति तथा निःशस्त्रीकरण सङ्गठनको उपसभापति र चिनी–ल्याटिन अमेरिकी मैत्री सङ्घका अध्यक्ष हुनुहुन्छ ।
उहाँले ‘पुरानो साथी’ भनेर दिल खोलेर स्वागत गर्नुभयो । दुई पार्टीबिचको मित्रतालाई अझ बलियो बनाउने कुराकानी भयो । त्यसपछि उहाँसँग देश विदेशका कम्युनिस्ट आन्दोलनबारे चीनको सहभागिता र अगुवाइपनबारे कुराकानी ग¥र्याैँ ।
अहिले संसारमा संरा अमेरिका, युरोप (पश्चिम जर्मनी), जापान, चीन र रुस शक्तिशाली देशकै रुपमा रहेको, सोभियत सङ्घ टुक्रे पनि रुस ठुलोे प्राकृतिक स्रोतको धनी भरिएको र एक आणविक शक्ति र सैनिक शक्तिको रुपमा रहिरहेको कुरा उहाँले बताउनुभयो । उहाँले आफ्नो रुस भ्रमणबारे पनि कुरा गर्दै जानुभयो । बोस्निया (सर्भिया) – हर्जगोविनाको लडाइँमा रुस एक पक्षको रुपमा रहेको उहाँले बताउनुभयो ।
उहाँले आफ्नो रोमानिया भ्रमण, चे चेस्क्युको विरोध, पार्टीको नाम फेरेको, लडाइँबाट देशलाई जोगाएको हुनाले वर्तमान नेतृत्वप्रति जनता सन्तुष्ट भएको आदि कुरा बताउनुभयो ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे हामीले आफ्नो राय पनि प्रस्टरुपले राख्याँै ।
निङपोको भ्रमण
अपराह्न ५ बजे हवाईजहाजले पेचिङको धरती छोड्यो । ६.४५ बजे हवाईजहाजले निङपोको भूमि छोयो । हवाई अड्डामा निङपो नगरपालिका जन सरकारको परराष्ट्र मामलाका विभागीय प्रमुख चेन होङवई (Chen Hongwei, Division Chief of Foreign Affairs Office, Ningpo Municipal People’s Government) ले स्वागत गर्नुभयो ।
७.१५ मा हामी प्रवासी चिनियाँहरूको निङपो ह्वा छियाओ होटल (Ningpo Hua Qiao Hotel) मा पुग्यौँ । ७.३० बजे तेस्रो तलाको आधुनिक भोजन कक्षमा पुग्यौँ । होटलको बन्दोबस्तमा निङपोको केही विशेषता देखेँ ।
चेन होङवेईले निङयोबारे परिचय दिनुभयो र भोलिको कार्यक्रमबारे छलफल भयो । त्यसपछि कोठामा पुगे ।
चीनको समुद्री किनाराको बिचमा र याङ्सी नदीको दक्षिण किनारामा पर्ने निङपो (Ningpo) चीनको १४ वटा मुख्य बन्दरगाह नगरमध्ये हो । तीन वटा काउन्टी समावेश भएको निङपो ९,३६५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ र ५२ लाख जनता बसोबास गर्छन् । १९८४ मा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारले निङपोलाई नयाँ विशेष आर्थिक क्षेत्र घोषणा गरेपछि यसले ठुलोे आर्थिक विकास गर्दै छ ।
कृषि, मत्स्यपालन, विदेश व्यापार र सांस्कृतिक क्षेत्रमा निङपो पहिलेदेखि एक गनिएको नगर हो । मध्य नगरको क्षेत्रफल १,०३३ वर्ग किलोमिटर छ भने सहरमा मात्रै झन्डै १२ लाख जनसङ्ख्या छ ।
निङपो ७००० वर्ष पुरानो इतिहास भएको प्राचीन नगर हेमुङ संस्कृतिको पाषाण युगीन (Neolithie Hemung Culture) जातिको यो जन्मथलो हो । यो क्षेत्र ७७० देखि ४७६ क्राइस्टेली वर्षभन्दा पहिले नै अर्थात् चीनको वसन्त र शिशिर युगको यो (Yue) राज्य अन्तर्गत थियो ।
१३८१ तिर अर्थात् मित्र वंशको बेला यस ठाउँको नाम “निङपो“ अर्थात “शान्त छाल“ राखिएको थियो । अफिम युद्धपछि यसलाई पनि विदेश पारको निम्ति “पाँच सन्धिका बन्दरगाह“ को रुपमा लिइएको थियो ।
संयुक्त विकास क्षेत्रमा
६ भदौ २०५२ (23 April 1995) बुधबार ८ बजे बिहान कार्यक्रमअनुसार आर्थिक र प्राविधिक विकासको क्षेत्रको संयुक्त विकास इलाका (The United Development Area of Ningpo Economic and Technical Development Zone) तिर हिड्यौँ । निङपो नगरबाट १८ किलोमिटर टाढा त्यो ठाउँमा जान ४५ मिनेट जति लाग्यो ।
बाटोमा निङपो नगर जन–सरकारको विदेश मामला विभागको क्षेत्रीय प्रमुख चेन हेङवेईले भन्दै जानुभयो “यहाँ धान दुई बाली हुन्छ, तोरी र कपास पनि हुन्छ । यो शहर तीनवटा नदीले विभाजित र तीनवटा काउन्टीको भाग मिलेर बनेको छ । फलाम गाली इस्पात बनाउने र अन्य कारखानाहरू अहिले द्रुतत्तर गतिले विकास हुँदैछ । पहिले यहाँ विश्वविद्यालय थिएन । अहिले यहाँ विश्वविद्यालय, प्राविधिक महाविद्यालय र अन्य दुई उच्च शिक्षण संस्थाहरू गरेर जम्मा ४ वटा उच्च शिक्षाका केन्द्रहरू छन् । संयुक्त लगानीको क्षेत्रमा सिङ्गापुर, हङकङ, ताइवान, जापान र अमेरिका आदि देशका पुँजी र प्राविधिकको विस्तार गर्दैछ ।
९ बजेतिर हामी त्यस संयुक्त क्षेत्रमा पुग्यौ । आर्थिक र प्राविधिक विकास क्षेत्रको संयुक्त (दल) कम्पनीका पहिलो उपाध्यक्ष निर्देशक मेङ चाओचेन (Meng Zhaochen, Director First Vice President) ले हाम्रो स्वागत गर्नुभयो । त्यस क्षेत्रको बारेमा एकछिन वृत्तचित्रबारे बताउनुभयो । त्यसपछि हामीले ती क्षेत्रहरू अवलोकन ग¥यौ ।
निर्देशक र प्रथम उपाध्यक्ष मेङ चाओचेनले भन्दै जानुभयो, “१९८४ को अक्टोवरमा यस क्षेत्रलाई नयाँ आर्थिक नीतिको क्षेत्र घोषणा गरेपछि सरकारले पूर्वाधारको निम्ति काम सुुरु ग¥यो र १९९२ मा संयुक्त लगानीको कार्य सुुरु भयो । ३५ किलोमिटर टाढा हवाई अड्डा छ, १८ किलोमिटरपछि नगर पुग्छ, १३ किलोमिटर टाढा बन्दरगाह छ, उद्योगको निम्ति २१ लाख किलोवाट र २० लाख किलोवाटको विद्युत् कारखाना नजिकै छ र कारखानाको आफ्नै १२,००० किलोवाटको विद्युत् उत्पादन गर्ने केन्द्र पनि छ । त्यो विद्युत् उत्पादन केन्द्र ६ करोड युआनको लागतमा बनाइएको थियो ।
चीन सरकार, चीनको खनिज संस्थान र चीनको मेसिनरी संस्था मिलेर त्यस क्षेत्रको बन्दोबस्त गरिएको हो । सुुरुमा २८ करोड युआन लगानी गरिएको थियो । यसको पश्चिमी भागमा ५ वटा उच्चस्तरीय वैज्ञानिक कारखानाहरू छन् । आवास क्षेत्र, बैङ्क, बीमा कम्पनी, कानुनी सेवा, भन्सार, बजार, व्यापारी क्षेत्र, होटल, विदेशीहरूको निम्ति भिन्नै होटल, कम्पनीले नै विदेशी लागानीकर्ताहरूको निम्ति आवास, मजदुर बस्ती, गोदाम, बन्दरगाह आदि सबैको सेवा नजिकै उपलब्ध छ ।
यसमा उद्योग खोल्नेहरूमा हङकङ, अमेरिका, लिविया, जापान, दक्षिण कोरिया, ताइवान आदिका छन् । यहाँ जम्मा १७०० कारखाना छन् । त्यसमध्ये ३०० मा विदेशी लगानी छ । ७० प्रतिशत विदेशी लगानी हो । वर्षमा ७० करोड नयाँ चिनियाँ मुद्रा (RNB) को उत्पादन मूल्य थियो भने १९९४ मा यस उद्योग क्षेत्रले सरकारलाई १८ करोड युआन कर बुझायो । कारखाना मात्रै ६ लाख वर्ग किलोमिटरमा निर्माण भएको छ ।
पूर्वी क्षेत्रको २.१७ वर्ग किलोमिटरमा इन्डोनेसियाको एउटा उद्योगपतिले कागज उद्योग खोल्दैछ । तलतिर होटल र पसलहरूको बन्दोबस्त छ ।
कारखाना र बस्तीको फोहर पानीलाई सफा गरी समुद्रमा पठाउने देशको एउटा अत्याधुनिक बन्दोबस्त छ । त्यसले दैनिक ४०,००० टन पानी सफा गर्छ ।
त्यसपछि हामी विदेशीहरू बस्ने, ५०,००० मजदुरहरू बस्ने आवास क्षेत्र आदि हेर्न गयौँ । तर प्रदूषित पानी सफा गर्ने प्रविधि सबै आधुनिक र भित्र हुने भएकोले उपचार पोखरीको रुपमा देखिएन र ढललाई खोल्दा ठुलो जोडले पानी बगेको देखियो र कसिङ्गरलाई २–३ तलामाथि कलले नै उठाउने बन्दोबस्त छ ।
उच्चस्तरीय वैज्ञानिक कारखाना
त्यसपछि हामी साह्रै शक्तिशाली चुम्बकीय सामान बनाउने कारखाना हेर्न गयाँै । अत्यन्त आधुनिक यस कम्पनी चिनियाँ विज्ञान प्रतिष्ठानको र अत्यन्त राम्रो प्रबन्धको बन्दोबस्तमा यसको विकास भएको हो ।
चुम्बक बन्ने फलामका टुक्राहरूलाई टुक्राउने, धुलो पार्ने, पोका पार्ने, फेरि टुक्राउने र अनि स–साना चुम्बकीय मेसिनरी सामान उत्पादन गर्ने ५–६ वटा कोठाहरू हे¥याँै । यहाँ रेडियो, टी.भी., माइक आदिको निम्ति चुम्बकीय सामानहरू बन्ने रहेछ ।
३ पुस्तादेखि घडी, माइक, उपचारसम्बन्धी वस्तु, टेप रिकर्डर आदि बनाउने परिवार र अमेरिकी पुँजी मिलाएर यस कारखानाको स्थापना गरिएको हो ।
“यस कारखानामा देश पार्टीका र सरकारका ठुलठुला नेताहरू पनि पुग्नुभएको छ ।” मेनेजरले भन्दै जानुभयो ।
निङपो बन्दरगाह (Port of Ningpo)
दिउँसो १२ बजेको थियो । हामी बन्दरगाहको कार्यालयमा पुग्यौँ । निङपो बन्दरगाहको सामानको बन्दोबस्त गर्ने कार्यालय (Ningpo Port Authority Beiluom Container Terminal Co.) का पार्टी समितिका सचिव लोऊ युनछिन (Lou Yunqing), त्यस कार्यालयको विदेश विभागको उपनिर्देशक लि श्युसिङ (Li Shuixing) र विदेश विभागकै फेङ– सिय ज्याङ (Fengxiang Jang) ले हाम्रो स्वागत गर्नुभयो ।
पार्टी सचिवले अफिसमै बन्दरगाहका नक्शा र नमूना सबै देखाउनु भयो र त्यसपछि स्थलगत निरीक्षणमा गयौं । बन्दरगाहमा त्यसरी सामान वसार्ने बन्दोबस्त नजीकबाट मैले पहिलो पटक हेर्न पाएँ । पार्टी सचिवले भन्दै जानुभयो, “यो बन्दरगाह चीनको गहिरो पानी भएको ४ बन्दरगाहमध्ये एक हो । यहाँ ४८ वटा ५०० टन ओसार्ने Berth छन् । १०,००० टन ओसार्ने १८ वटा Berth छन् । १ लाख टन फलामे धुलो, १,५०,००० टन कोरा तेल ओसार्ने बन्दोबस्त छ । १९९४ देखि ३ र ४ लाख टन ओसार्न सक्ने गरिएको छ ।
यस बन्दरगाहमा वर्षमा ३ लाख यात्रुहरू आवतजावत गर्छन् । १९९३ मा यहाँबाट ५ करोड ३२ लाख टनभन्दा बढी मालसामान ओसार पसार ग¥यो । यस बन्दरगाहको ७३ देशको ३८० भन्दा बढी बन्दरगाहहरूसँग व्यापारिक सम्बन्ध छ ।
यस बन्दरगाहकै अगाडि पूर्वतिर ठुलोे टापु भएको र गहिरो पानी भएको हुनाले आँधीबेहरीबाट यो बन्दरगाह सुरक्षित छ ।”
फलामे धुलो ब्राजिलबाट आउने रहेछ र मोटर र अन्य सामान दक्षिण कोरियातिर जान जहाजमा राख्दै थियो । फलामको धुलो जहाजबाट हेरिसकेपछि हामी अफिसमै गयौँ । त्यही दिवाभोजमा मजदुरहरूको जीवनबारे कुरा गर्दै गयौँ । पार्टी सचिव लेऊ युन छिनले मेरो प्रश्नको उत्तरमा भन्नुभयो, “त्यस बन्दरगाहमा ८००० मजदुरहरू काम गर्छन् । मजदुरहरूको तलब महिनाको १००० देखि २००० युआनसम्म पुग्छ, खान र बस्नलाई ४०० युआन भए पुग्छ ।” ३१ वर्षीय द्वेभाषीको काम गर्ने फेङ स्याङले भन्नुभयो, “सुुरुमा मेरो तलब ४९ युआन थियो र अहिले ७०० युआन पुगेको छ । प्राथमिक स्कूलका शिक्षकले महिनामा ६÷७ सय युआनसम्म पाउँछ र माध्यमिक शिक्षकले ८०० युआन पाउँछ ।” लोऊ युन छिनले मेरो प्रश्नको उत्तरमा थप्दै जानुभयो “निङपोलाई स्वतन्त्र व्यापारको क्षेत्र घोषणा गरेपछि उत्पादन बढ्दै छ र त्यस्तै मजदुरहरूको ज्याला पनि बढ्दै छ, हरेक मजदुरले वर्षमा सालाखाला १५,००० युआन कमाउँछ । पार्टी समितिहरूको साधारण सभा महिनाको एक पटक हुन्छ, मजदुर सङ्गठनहरूको बैठक हरेक हप्तामा एक–दुई चोटि बस्ने गरिन्छ । पार्टी सदस्यहरूले पार्टी साहित्य, तङ श्याओ पिङका रचनाहरू पनि पढ्नुपर्छ । पार्टी र मजदुर सङ्गठनहरूका आर्थिक निर्माण, योजना समयमा पूरा गर्ने, दस्तावेजहरू पढ्ने, बरोबर माथिबाट नेताहरू आउनु हुन्छ र कक्षा सञ्चालन हुन्छ, ‘तथ्यमा सत्य खोज्ने’ भन्ने मासिक पत्रिका पढ्छौँ । ‘तथ्यमा सत्य खोज्ने’ मासिक पत्रिका पहिले’ रातो झन्डा’ भन्ने पार्टीको सैद्धान्तिक मुखपत्र हो ।” पार्टी गतिविधिको प्रश्नको उत्तरमा उहाँले भन्नुभयो – “पार्टीमा केन्द्रीयता पनि छ, प्रजातन्त्र पनि ।” निङपो बन्दरगाहका कामरेडहरूलाई धन्यवाद दिँदै हामीले बिदा लियौँ र एक बौद्ध विहारतिर लाग्यौँ ।
तियान तोङ बिहार (TIAN TONG TEMPLE)
समयको अभावमा निङपोका पार्टी र मजदुर साथीहरूसँग छिटछिटो बिदा लिदै हामी १६०० वर्ष पुरानो ‘शाक्य मुनि’ को तियान तोङ बिहारको निम्ति हिँड्याँै । तियान तोङको शाब्दिक अर्थ सोध्दा भनियो ‘स्वर्गकी छोरी ।’
अत्यन्त ठुलो बिहारका संरक्षक हुनुहन्छ स्यु स्याङ । उहाँं चिनियाँ मिल सङ्घको उपाध्यक्ष हुनुहुन्छ । भिक्षु सङ्घको अध्यक्ष शाङघाईमा बस्नुहुन्छ । धूप र बत्ती ठाउँ ठाउँमा बालिदै थिया े। यहाँ जापानबाट पनि पहिलेदेखि धेरै भिक्षुहरू आएर दीक्षा वा शिक्षा लिन्थे ।
१९१४ मा तोया भन्ने एक भिक्षु यहाँबाट दीक्षित भएर फर्केपछि उनले जापानमा जोड्स भन्ने
एक नयाँ धार्मिक सम्प्रदाय (Sect) नै स्थापना गरेका थिए ।
६५ वर्षीय भिक्षु स्यु स्याङले शाक्य मुनिको देशको नेपाली मित्रलाई आफ्नो विहारमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो र प्रश्नको उत्तरमा उहाँले भन्दै जानुभयो, “आहिले यहाँ ७० जना भिक्षु बस्नुहुन्छ, सबभन्दा कम उमेरको उपासक २० वर्षभन्दा कमको हुनुहुन्छ । छिङ वंशको ३ पुस्ताको दस्ताबेज यस बिहारमा सुरक्षित छ, चच्याङ प्रान्तमा नगर स्तरको ४ वटा र १ वटा प्रान्तीय स्तरको बुद्ध धर्मसम्बन्धी पत्रिका चिनियाँ भाषामा निस्किन्छ । यहाँबाट तालिम दिएर देशका विभिन्न बौद्ध सङ्घ–संस्था र विहारहरूमा भिक्षुहरू पठाउने गरिआएको छ । नयाँ भिक्षुहरूको शुल्क, बिहारमा आउने श्रद्धालुहरूको प्रवेश शुल्क र दक्षिणा, देशविदेशबाट आउने चन्दा आदिले यसको खर्च चल्छ ।”
बाहिरबाट हेर्दा सानो देखिने तर भित्र जाँदै गर्दा तह–तह धेरै क्षेत्र ओगटेको र विशिष्ट चिनियाँँ शैलीका भवनहरू अत्यन्त आकर्षक पनि भइरहेको देखें । र भव्य देखिन्छ । ठाउँ ठाउँमा मर्मतको कार्य पनि भैरहेको देखेँ ।
Leave a Reply