वाग्मती प्रदेश स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण होस्
- भाद्र १७, २०८१
सरकार र प्रहरी प्रशासन देश, समाज र जनताप्रति जिम्मेवार नबन्दा देशमा अमानवीय, आपराधिक, हिंसात्मक गतिविधि बढिरहेकोमा शङ्का छैन् । आर्थिक प्रलोभन देखाएर नेपाली चेलीबेटी वेश्यालय पु¥याइने, बेचबिखन गर्ने, बेपत्ता पार्ने, अपहरण गर्नेजस्ता आपराधिक र अमानवीय घटनाहरू दोहोरिरहेका छन् । आर्थिक प्रलोभनमा विदेश पुगेका कति चेलीबेटीहरू दुःखको आँसु पिएर कष्टकर जीवनमात्र होइन मर्नु र बाँच्नुको स्थितिमा पुगेका महिलाहरूको खबर प्रकाशमा आइरहेको छ । जीवनमरणको दोसाँधमा पु¥याउने नेपाली चेलीहरूलाई दर्दनाक बनाउने काममा मानव तस्कर, म्यानपावर कम्पनी र त्यस्तै आपराधिक क्रियाकलापमा संलग्न पेशेवर अपराधीहरू सक्रिय देखिएका छन् । माघ २७ गते प्रकाशित ‘राजधानी’ दैनिकमा ‘मानव तस्करको जालो’, धमाधम बेचिँदै नेपाली महिला’ शीर्षकको समाचार छापियो । कुवेतमा बेचिएकी एक महिला आठदिनसम्म खान नपाएर कमजोर अवस्थामा पुगेकोले उद्धार गर्न आग्रह गरिएको समाचार पनि पत्रिकामा छापिएको थियो ।
बिहानदेखि रातभर काम गरे पनि खान नदिने, शारीरिक र मानसिक यातना दिने, एजेन्टलाई लाखौँ पैसा नदिए मरेपछि लास नेपाल पठाउने र मुलुक फर्कने अधिकांश नेपाली चेलीलाई मानव तस्करहरूले घर मालिकसँग मोटो रकम लिएर बिक्री गर्ने गरेको कुरा कुबेत पुगेकी एक महिलाको क्रन्दनबाट थाहा हुन्छ । यस्तै वेदना, पीडितको अनुभव सँगालेर नै एक चर्चित गायकले लुट्नसम्म लुट कान्छा…, नेपालमै हो छुट भन्ने गीत गाएको हुनुपर्छ । नेपाली चेलीहरूको जीवन सुरक्षित छैन । बालबालिकाहरू कहिले कहाँ बेपत्ता पार्छन् र बेचबिखन हुन्छ निश्चित हुँदैन । कहिले लोभलालच देखाएर त कहिले जबरजस्ती विदेश पुयाएर मानव अङ्ग झिक्ने र बेच्ने गरेको पनि पाइन्छ ।
शासकहरू आफैँ अनियमितता, भ्रष्टाचार र आपराधिक क्रियाकलापमा संलग्न भएको कारण देशमा आपराधिक घटनाहरूको सङ्ख्या बढेको हो । नाबालिकालाई देह व्यापारमा लगाउने व्यक्ति तथा एजेन्टलाई सरकारले कानुनी दायरामा ल्याउन सकेको छैन न त त्यसतर्फ ध्यान नै गएको छ । मुलुकी ऐनमा देह व्यापार गर्न र गराउन नपाइने बन्दोबस्त छ । कानुनतः नाबालिका किशोरीलाई संरक्षण गरिएको छ । तर, सरकार जिम्मेवार नहँुदा काठमाडौँ उपत्यकाकै क्याफे, गेस्टहाउस तथा अन्य केन्द्रहरूमा बालबालिकाहरूको श्रम र शारीरिक शोषण भइरहेको छ । यस्तै घटनाका कारण कति किशोरीहरू बलात्कृत हुन्छन् त कति आत्महत्या गर्न बाध्य हुन्छन् । यस्ता आपराधिक घटना नदोहो¥याउन सरोकारवाला निकायले निरन्तर जनचेतना जगाइराख्नु आवश्यक छ । यतातर्फ सरकार गम्भीर हुनुपर्छ ।
माघ २७ गतेको ‘नागरिक’ दैनिकमा ‘देह व्यापारको दलदलमा’ र ‘कसरी जोगाउने बालिका ?’ शीर्षकको समाचार छापिएको छ । समाचारमा बालिका तथा किशोरीहरूको यौन शोषण, यातना आदिको चर्चा छ । ‘बालबालिकाहरूको दुरूपयोग जघन्य अपराध’ भनेर संविधानमा लेखेर के गर्ने ? यो शासक या ठुला दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताले गाउँगाउँ र बस्ती बस्तीमा राजनीतिक कक्षा सञ्चालन नगर्दा या नैतिक पाठ नसिकाउँदाको फल हो । गाउँठाउँमा नागरिक भावना नजगाउँदा, सांस्कृतिक स्तर उठाउने, लोभलालचमा फस्न नहुने, भ्रष्टाचार गर्न नहुने, कमिसन खान नहुने, देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने विचार नदिँदा यो समस्या देखिएको हो । घर व्यवहार चलाउन या जोहो गर्न समस्या भएका, अशिक्षित, गरिब, विपन्न परिवारको घरघरमा राजनीतिक चेतना दिन नसक्दा समस्या देखिएको हो । राजनीतिक शिक्षा नदिई जसरी भए पनि निर्वाचन जित्ने सत्ताकेन्द्रित राजनीतिले गर्दा जनताका छोराछोरी फन्दामा परे । निर्वाचनमा विचार बाँड्नुभन्दा पैसा बाँड्ने, भोज खुवाउने, लोभलालच देखाउने, धाक धम्की दिने शासक र ठुला दलको कारण जनता राजनीतिकरूपले सचेत भएनन् । जनता सचेत भएका भए कुनै पनि नेता, मन्त्री, सांसद, ठेकेदारहरूको लोभलालचमा फस्ने छैनन्, जनता चनाखो भई तिनीहरूको विरोध गर्नेछन् । यसरी पटकपटक सरकारमा पुगेका दलहरू सत्ताकेन्द्रित भए र भागबन्डामा लागे । फलतः जनताले दुःख पाए । अतः शासकहरू जिम्मेवार बन्नुपर्छ ।
Leave a Reply